विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सूचना २०८३/०६/३०
Summary
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधान बमोजिम सङ्घीय संसदले बनाएको तल लेखिए बमोजिमको ऐन “सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। संवत् २०८३ सालको ऐन नं. १२ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावना : वैज्ञानिक विधि र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b50699b3-0166-4d5b-bf73-af862ccfe12d.pdfPDF · 28 pages · 21.9 MBOpen
Key details
- Organization
- Ministry of Science, Technology and Innovation
- Industry
- Ministry
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७६) काठमाडौं, असोज ३० गते, २०८३ साल (अतिरिक्ताङ ४८ भाग २ नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधान बमोजिम सङ्घीय संसदले बनाएको तल लेखिए बमोजिमको ऐन “सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। संवत् २०८३ सालको ऐन नं. १२ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावना : वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन तथा संरक्षण श्रृङ्खला कायम गर्दै, विश्लेषण तथा परीक्षण गरी कसुरको अनुसन्धान तथा न्याय सम्पादनमा सहयोग at र विधि आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ। खण्ड ७६) अतिरिक्ताङ ४८ नेपाल राजपत्र भाग २ मिति २०८३।०६।३० विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी, गुणस्तरीय, विश्वसनीय र विशिष्टिकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसद्ले यो ऐन बनाएको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) ऐन, २०८३” रहेको छ। (२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतिसौं दिनदेखि प्रारम्भ हुनेछ। २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “अदालत”, भन्नाले सर्वोच्च अदालत, उच्च अदालत-वा जिल्ला अदालत सम्झनुपर्छ र सो शब्दले कुनै खास किसिमका मुद्दाको कारबाही र किनारा गर्न कानूनबमोजिम अधिकारप्राप्त अन्य अदालत, न्यायिक निकाय a अधिकारीलाई समेत जनाउँछ। (aq) “कार्यकारी निर्देशक” भन्नाले दफा २० बमोजिमको कार्यकारी निर्देशक सम्झनुपर्छ | (ग) "तोकिएको" वा “तोकिएबमोजिम” भन्नाले यस ऐनअन्तर्गत बनेको नियममा तोकिएको ar तोकिएबमोजिम सम्झनुपर्छ | आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।