Notice Park
Siddhartha Bank Ltd.
Press Release

सिद्धार्थ बैंक द्वारा लाभांश घोषणा

Summary

वितरणयोग्य मुनाफा एवं पूँजी समायोजन कोष बाट बैंकका साधारण शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशतको लाभांश तथा अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siddhartha Bank Ltd.
Industry
Health
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रेस विज्ञप्ती सिद्वार्थ बैंकद्वारा लाभांश घोषणा FAT ०१ २००३ मिति २०८३ असोज १ गते बसेको बैंक सञ्चालक समितिको ४८२औं बैठकले आ.व. २०5२/०८३ को वितरणयोग्य मुनाफा एवं पूँजी समायोजन कोष बाट बैंकका साधारण शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशतको लाभांश तथा अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मिति देखि २०८३ आषाढ मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) समानुपातिक रुपमा प्रदान गरिने छ । साधारण शेयर तर्फ बैंकको हाल कायम रहेको चुक्ता पुँजी रु. १४,७९,४४,७९,१९५/- (अक्षरेपी चौध अर्ब उनान्असी करोड चौवालीस लाख उनानअसी हजार एक सय पन्चानब्बे रुपैँया मात्र) मा १० प्रतिशत बराबरको रु १,४७,९४,४७,९२०/-( एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सड्चालिस हजार नौ सय बिस रुपैंया मात्र) बोनस शेयर तथा १० प्रतिशत बराबरको रु १,४७,९४,४७,९२०/-(एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सडचालिस हजार नौ सय बिस रुपैंया मात्र) नगद लाभांश प्रस्ताव गरेको हो । साथै, अग्राधिकार शेयर रु. ३,५०,००,००,००० (अक्षरेपी तीन अर्ब पचास करोड मात्र) AT 5.२५ प्रतिशतका दरले १०,७५,८९,०४१/- (दश करोड पचहत्तर लाख उनान्नब्बे हजार एकचालिस रुपैंया मात्र) को नगद लाभांश शेयर बाँडफाँड भएको मिति देखि समानुपातिक रुपमा प्रस्ताव गरेको हो । उपरोक्त बमोजिमको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात्‌ तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ । बैंकले आर्थिक वर्ष २०5२/०३ मा रु ३ अर्व ४७ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु ११ करोड अर्थात्‌ ३.३२% को वृद्धि हो । यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई ३.५२% मा सिमित गर्न सफल भएको छ । २००३ असार मसान्तमा बैंकको चुक्ता ait रु. १४ अर्व ७९ करोड र अग्राधिकार शेयर रु. ३ अर्ब ५० करोड रहेको छ भने जगेडा कोष रु. १५ अर्व ५८ करोड रहेको छ । बैंकको नेटवर्थ रु. ३६ अर्व oo करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. ५ अर्व ९१ करोड ले वृद्धि भएको छ । यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रति शेयर रु. २२४.८5९ रहेको छ, जुन गत आ.व.मा रु. २१९.७७ थियो । यो गत आ.व.को तुलनामा २.३३ प्रतिशतले वृद्धि हो । साथै, यस आर्थिक वर्षमा बैंकको प्रति शेयर आम्दानी रु. २२.७८ रहेको छ, जुन गत आ.व.मा रु. २२.७६ रहेको थियो ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report