Notice Park
Bansgadhi Municipality
Guidelines

बाँसगढी नगरपालिकाको जिन्सी समाान लिलाम सम्बन्धी कार्यविधि २०८३

Summary

बाँसगढी नगरपालिकाको सम्पति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि,२०८३ प्रस्तावना: नगरपालिका ,वडा कार्यालय तथा अन्तर्गतका कार्यालयमा रहेका सम्पति तथा भौतिक संरचना,मेसिनरी औजार तथा भारी उपकरण र सवारी साधन (घोडा,साईकल,बाहेक) तथा नगरपालिकाले जफत गरेका वा कानूनी कारबाहीका क्रममा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bansgadhi Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बाँसगढी नगरपालिकाको स्थानीय राजपत्र बाँसगढी नगरपालिका द्वारा प्रकाशित खण्ड १० अंङ्क ५ राजपत्रमा प्रकाशन मिति 2003 102125 भाग २ बाँसगढी नगरपालिकाको सम्पति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि,२०८३ प्रस्तावना: नगरपालिका ,वडा कार्यालय तथा अन्तर्गतका कार्यालयमा रहेका सम्पति तथा भौतिक संरचना,मेसिनरी औजार तथा भारी उपकरण र सवारी साधन (घोडा,साईकल,बाहेक) तथा नगरपालिकाले जफत गरेका वा कानूनी कारबाहीका क्रममा नगरपालिकाको नियन्त्रणमा आइ तोकिएको म्याद भित्र सम्बन्धित धनीले फिर्ता नगरेका जुनसुकै किसिमका वारिसे वा वेवारिसे मालसामान लिलाम गर्न स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा १०२ (२) बमोजिम कार्यपालिकाले यो कार्यविधि बनाएको छ। १. सक्षित्त नाम र प्रारम्भः क) यस कार्यविधिको नाम "बाँसगढी नगरपालिकाको सम्पत्ति तथा जिन्सी मालसामान लिलाम सम्बन्धी कार्यविधि, २०८१" रहेको छ। a) यो कार्यविधि नगर कार्यपालिकाबाट स्वीकृत भएपछि लागु हुनेछ। २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:- क) "प्रमुख" भन्नाले बाँसगढी नगरपालिकाको नगर प्रमुखलाई सम्झनु पर्छ। ख) "उप-प्रमुख" भन्नाले बाँसगढी नगरपालिकाको नगर उप-प्रमुखलाई सम्झनु पर्छ। ग) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले बाँसगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ। घ) "कार्यपालिका" भन्नाले बाँसगढी नगरपालिकाको नगरकार्यपालिकालाई सम्झनु पर्छ। ङ) "कार्यालय" भन्नाले बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्दछ। च)"मुल्याङकन समिति" भन्नाले सम्पती तथा जिन्सी मालसामानको लिलाम विक्री गर्ने प्रयोजनको लागि मुल्याङकन गर्न कार्याविधिको दफा ६ (१) बमोजिमको समिति सम्झनु पर्छ। छ) सम्पत्ति भन्नाले कार्यालयको श्रेस्तामा आम्दानी बाँधिएका एक वर्षभन्दा बढी अवधि खप्ने सम्पति सम्झनु पर्छ। ज) "लिलाम" भन्नाले नगरपालिकाले जफत गरेका वा कानूनी कारवाहीका क्रममा नगरपालिकाको नियत्र्णमा आई तोकिएको म्यादभित्र सम्बन्धित धनिले फिर्ता लगेको जुनसुकै किसिमका वारिसे वा वेबारिसे मालसामान वा जिन्सी निरिक्षण गर्दा टुटफुट तथा बेकम्मा भई पुन प्रयोग गर्न नसकिने वा प्राविधिकबाट निरीक्षण गर्दा कुनै जिन्सी मालसामान मर्मत गरी पुनः प्रयोग गर्न सकिने भए तापनि सामानको पार्टपुर्जा नपाईने र मर्मत गर्दा उक्त सामानको बजार मूल्यको १५ प्रतिशत भन्दा बढि खर्च हुने वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने भनि प्रतिवेदनमा उल्लेख भएको दफा २ (क) (१) बमोजिमका सामानहरु सम्झनु पर्छ। ३. उद्देश्यः यो कार्यविधिका उदेश्यहरु निम्न बमोजिम रहेका छनः क) जिन्सी निरीक्षण गर्दा टुटफुट तथा बेकम्मा भएका जिन्सी मालसामानहरुको लिलाम बिक्री गरी कार्यालय परिसर सफा राख्ने तथा लिलामका माध्यमबाट नगरपालिकाको आम्दानीको श्रोत बृद्दि गर्ने। ख) कार्यालयले कानून बमोजिम जफत गरेका मालासामनहरुको समयमा नै उचित व्यवास्थापन गर्ने | ग) कानून विपरित गतिविधि गरेको कसुरमा नगरपालिकाले नियत्णमा लिएका जुनसुकै मालसामान तथा चौपाया सम्बन्धित धनिले तोकिएको जरिवाना तिरी फिर्ता नलिएको वा तोकिएको अवधि भित्र हकदाबी नै पर्न नआएको बेवारिसे मालसामान वा चौपायाको उचित व्यवस्थापन गर्ने | ४. लिलाम विक्री गर्नेः (१) देहायका मालसामानहरु लिलाम बिक्री गर्न सकिनेछ। क) वेकम्मा हुन पुगेका सम्पति तथा सामाग्रीहरु, ख) जुन सुकै कारणबाट जफत गरिएका सम्पति तथा सामाग्रीहरु, ग) कानून विपरित गतिविधि गरेका कसुरमा नगरपालिकाले नियन्त्रणमा लिएका तर सम्बन्धित धनीले तोकिएको समयमा तोकिएको जरिवाना बुझाई फिर्ता नलिएको वा हकदावी नपरी वेबारिसे ठहर भएका जुनसुकै मालसामान तथा चौपायाहरु, घ) कार्यपालिकाको निर्णय अनुसारका सम्पति तथा सामाग्रीहरु, ङ) लिलाम बिक्री गर्ने निर्णय गर्दा व खरिद भएको मितिले सवारी साधनको हकमा बीस बर्ष,मोबाईल,कम्यूटर,ल्यापटप,प्रिन्टर,फोटोकपी मेशिन,सर्भर लगायत सूचना प्रविधिजन्य मालसामानको हकमा पाँच वर्ष,फर्निचरको हकमा दश बर्ष, र अन्य मेशिनरी औजारको हकमा पन्ध्र बर्षभन्दा कम अवधि भएको मालसामान प्राविधिकवाट निरिक्षण गराई प्रतिवेदन लिएर मात्र लिलाम गर्नुपर्ने वा नपर्ने एकिन गर्नुपर्छ। च) घर, जग्गा जस्ता स्थिर सम्पति नेपाल सरकारको निर्णय बेगर लिलाम बिक्री गर्न पाईने छैन। तर पुरानो घर भत्काई नयाँ बनाउन वा अन्य कुनै कारणले पुरानो घर भत्काउँदा निस्किएको सामाग्री यो कार्यविधिको प्रकृया पुरा गरी लिलाम बिक्री गर्न बाधा पुगेको मानिने छैन। (२) कार्यालयले प्रत्येक आर्थिक बर्ष सकिएको तीन महिनाभित्र जिन्सी निरिक्षण गराउनु पर्दछ । जिसी निरीक्षण समितिले दिएको आफ्नो प्रतिवेदनमा बेकम्मा भई लिलाम गर्न मनासिव ठहरिएका सामानहरु स्पष्ट किटान गर्नुपर्दछ। सामान्यतया निम्न अवस्थामा सामान वेकम्मा मान्न सकिन्छः क) सामान जुन कामको लागि राखिएको हो सो काममा प्रयोग गर्न नसकिने भएको | ख) खरिद गरिएको मितिबाट ae वर्ष पुरा भएको र सामान बिग्रिएको सो को मर्मत गर्दा नयाँ सामानको मूल्यको २५ प्रतिशत वा सो भन्दा बढि लाग्ने देखिएको । ग) अनुसूची-३ मा उल्लेख ह्वासकट्टीको दर लगाई सामानको कितावी मुल्य निकाल्दा परल मुल्यको ५ प्रतिशत वा सो भन्दा कम मात्र रहन गएको ( शुरु मुल्य र सुरु साल नखुलेको अवस्थामा यो मापदण्ड प्रयोग गर्न सकिनेछैन। घ) अघिल्लो आर्थिक वर्षमा सामान मर्मतमा गरिएको खर्च र सो आ.व मा सो सामानको ह्वासकट्टी हुने रकम जोड्दा नयाँ सामानको मुल्यको ४० प्रतिशत वा सो भन्दा बढी हुन गएको, द्रष्टव्यः " परम मुल्य भन्लाले शुरुमा खरिद गर्दाको इन्भ्वाइस मुल्य,ढुवानी खर्च र सामानको कुनै भागमा नयाँ उपकरण जडान गरिएको भए सो समेतको खर्च जोडिएको मुल्य सम्झनुपर्छ। यदि भन्सार छुट सुविधा प्राप्त गरिएको भए इन्भ्वाइस मुल्यमा भन्सार शुल्क समेत जोडी परल मुल्य कायम गर्नु पर्दछ। " ५. विवरण तयार गर्नुपर्ने१) कार्यालयको जिन्सी शाखाले सम्पति तथा जिन्सी निरिक्षण प्रतिवेदनमा लिलाम बिक्री गर्नुपर्ने भनि पहिचान भएको सम्पति तथा जिन्सी मालसामानको विवरण अनुसूची १ बमोजिम ढाँचामा तयार गर्नुपर्नेछ | (२) उपदफा (१) बमोजिम विवरण तयार भएपछि कार्यालयको जिन्सी शाखाले त्यस्तो विवरणमा उल्लेखित सम्पति तथा जिन्सी मालसामानको लिलाम विक्री प्रक्रिया सुरु गर्ने स्वीकृतिको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ र त्यसरी पेश हुन आएमा प्रमुख प्रशासकीय अधिकृतले लिलाम बिक्रीको प्रक्रिया अघि बढाउन स्वीकृत दिन सक्नेछ। तर स्थायी भवन संरचना भत्काइ लिलाम विक्री गर्दा वा जुनसुकै कारणबाट जफत भएका मेशिन,उपकरण वा मासामान लिलाम बिक्री गर्दा व कानून विपरित गतिविधि गरेको कसुरमा नगरपालिकाले नियत्र्णमा लिएका जुनसुकै मालसामान तथा चौपाया सम्बन्धित धनीले तोकिएको जरिवाना तिरी फिर्ता नलिएको वात तोकिएको अवधि भित्र हकदावी नै पर्न नआएको वेवारिसे मालसामान व चौपाया लिलाम विक्री गर्दा कार्यपालिकाको स्वीकृति लिनुपर्ने छ। (३) कार्यपालिकाको निर्णय वा सैद्धान्तिक स्वीकृत वेगर प्रकृयाका भवन संरचना भत्काउन र उक्त भवनमा प्रयोग भएका मालसामान लिलाम गर्न सकिने छैन। कार्यपालिकाको निर्णय वा सैद्धान्तिक स्वीकृत बमोजिम भत्काईने भवन संरचनाबाट निस्कने मालसामानहरुको लिलाम विक्री गर्दा कार्यालयको प्राविधिक कर्मचारीबाट प्रारम्भिक मूल्याङकन गराई दफा ६ बमोजिमको मूल्याङकन समितिमा छलफलको लागि पेश गर्नुपर्ने छ। ६, मुल्याङकन गर्नुपर्ने१) यस कार्यविधि बमोजिम लिलाम गर्नु पर्ने सम्पति तथा जिन्सी मालसामानको मूल्याङकन गर्न देहाय बमोजिम समिति रहनेछः क) कार्यपालिकाले तोकेको कार्यपालिकाको सदस्य - संयोजक ख) कार्यालयको पूर्वाधार विकास शाखा प्रमुख - सदस्य ग) कार्यालयले तोकेको सम्बन्धित विषयको विशेषज्ञ - सदस्य घ) आर्थिक प्रशासन शाखा प्रमुख - सदस्य ङ) जिन्सी शाखाको प्रमुख - सदस्य सचिव समितिले आवश्यकता अनुसार अन्य २ जना सम्म सदस्य आमन्त्रण गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिमको समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः क) दफा ५ मा उल्लेखित लिलाम बिक्री गर्नुपर्ने सबै वर्गका मालसामानगरु लिलाम विक्री गर्न प्रयोजनको लागि न्यूनतम मूल्याङ्कन कायम गर्ने ख) समितिले न्यूनतम मूल्य कायम गर्दा देहाय कुरामा ध्यान दिनु पर्छः अ. प्रचलित बजार मुल्य, आ. लिलाम बिक्री हुने सामानको अवस्था उपयोगिता सेवा आयु हासकट्टी र अवशेष मूल्य, इ. सवारी साधन वा मेसिन औजार भए बनेको साल मोडल आउटडेटको अवस्था , ई. भन्सार छुट प्राप्त मालसामानको मूल्य कायम गर्दा भन्सार मूल्य समाबेश गरी सो मुल्यमा समेत हासक्ट्टी गर्नुपर्ने व्याहोरा, उ. मूल्याङकन गर्दा सम्बन्धित विशेषज्ञबाट परिक्षण गराई लिलाम बिक्री गर्न लागेको सरसामान पुनः प्रयोग हुन सक्ने नसक्ने वा मर्मत गर्दा लाग्ने लागत समेतलाई दृष्टिगत गरी मूल्य कायम गरी अनुसूची-२ बमोजिमको ढाँचामा कार्यालयलाई प्रतिवेदन पेश गर्नुपर्नेछ । ग) लिलाम बिक्री गर्नु पर्ने मालसामानको पहिचान एवम्‌ यकिन गर्ने। घ) सम्पति तथा जिन्सी मालसामानको मूल्याङ्कन गर्दा अनुसूची-३ बमोजिम घट्दो हासकट्टी दर कायम गरी मूल्याङ्कन गर्नु पर्नेछ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report