Notice Park
Inland Revenue Department
Gen Info

"स्मारिका" प्रकाशनका लागि लेखरचना उपलब्ध गराउने सम्बन्धी सूचना २१ असोज, २०८३

Deadline 25 Oct 2026The deadline has passed.

Summary

आन्तरिक राजस्व विभागले कर दिवस-२०८३ को अवसरमा मिति २०८३ मंसिर १ गते स्मारिका प्रकाशन गर्न लागेको हुँदा उक्त स्मारिकामा लेखरचना समावेश गर्न इच्छुक लेखक महानुभावहरूबाट सार्वजनिक प्रशासन, अर्थतन्त्र एवं राजस्व परिचालनसँग सम्बन्धित विषयमा नीतिगत एवं संरचनागत सुधार तथा राजस्व प्रशासनसँग सम्बन्धित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Inland Revenue Department
Industry
Department/Divisions
Category
Gen Info
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

"स्मारिका" प्रकाशनका लागि लेखरचना उपलब्ध गराउने सम्बन्धी सूचना आन्तरिक राजस्व विभागले कर दिवस-२०८३ को अवसरमा मिति २०८३ मंसिर १ गते स्मारिका प्रकाशन गर्न लागेको हुँदा उक्त स्मारिकामा लेखरचना समावेश गर्न इच्छुक लेखक महानुभावहरूबाट सार्वजनिक प्रशासन, अर्थतन्त्र एवं राजस्व परिचालनसँग सम्बन्धित विषयमा नीतिगत एवं संरचनागत सुधार तथा राजस्व प्रशासनसँग सम्बन्धित समसामयिक विषयवस्तु समावेश गरी अनुसन्धानमूलक, विश्लेषणात्मक र तथ्यपरक लेखरचना २०८३ साल कात्तिक ९ गतेसम्म विभागको इमेल ठेगाना [email protected] A प्राप्त हुने गरी उपलब्ध गराउनु हुन अनुरोध छ। लेखरचना सम्बन्धी शर्तहरू देहायबमोजिम छन्‌ : देहायः १) लेखरचना नेपाली वा अंग्रेजी भाषामा उपलब्ध गराउन सकिनेछ। नेपाली भाषाको लागि Unicode को Kalimati र अंग्रेजी भाषाको लागि Times New Roman फन्ट (Font) मा उपलब्ध गराउनुपर्नेछ | साथै, आफ्ना लेखरचनाहरूको शुद्धाशुद्धी परीक्षण गरी बुझिने गरी पठाउनुहुन समेत अनुरोध छ। २) लेखरचनाका साथ लेखकले आफ्नो संक्षिप्त बायोडाटा (नामथर, इमेल, मोबाइल नं., हाल कार्यरत वा संलग्न संस्था/निकाय, सेवा निवृत्त भए निवृत्त हुँदाको पद तथा आफ्नो अनुभवको विषयप क्षेत्र), पासपोर्ट साइजको फोटो र स्थायी लेखा नम्बर छुट्टै पानामा उल्लेख गरी पठाउनुपर्नेछ। ३) अन्यत्र प्रकाशन भइसकेका लेखरचना भए त्यस्ता रचना प्रकाशन गरिने छैन। ४) उपलब्ध लेखरचनाहरू सम्पादक मण्डलले निर्णय गरी प्रकाशन गरिनेछ र प्रकाशित लेखरचनालाई नियमानुसार पारिश्रमिक उपलब्ध गराइनेछ | ५) यस सम्बन्धमा विस्तृत जानकारी आवश्यक भएमा विभागको योजना तथा मानव संसाधन विकास शाखा, इमेल [email protected] मा तथा शाखा अधिकृत श्री खगेन्द्र प्रसाद दाहाल (मोबाइल नं. ९८६२६५५८००)लाई सम्पर्क गर्न सकिने व्यहोरा अनुरोध Fl आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौं |

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Deadline 25 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.