प्रतिवादी कृष्णबहादुर खन्गाहा रहेको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
Summary
विषयः प्रतिवादी कृष्णबहादुर खन्गाहा रहेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा प्राथमिक तह…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cefe9334-fdbb-46ec-af56-757288b476d7.pdfPDF · 1 page · 590 KBOpen
- 16ff7c9b-c3fa-44f4-ac03-b4b814725788.pdfPDF · 2 pages · 664 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Court Order
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
cefe9334-fdbb-46ec-af56-757288b476d7.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति मिति: २०८३।०६।२० गते। विषयः प्रतिवादी कृष्णबहादुर खन्गाहा रहेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतबाट मिति २०८३।०३।२४ गते आरोपपत्र खारेज हुने गरी भएको फैसलाउपर चित्त नबुझी मिति २०८३ ।०६। २० गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने
16ff7c9b-c3fa-44f4-ac03-b4b814725788.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट चित्त नबुझी मिति २०८३/०६/२० गते सर्बोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दाको विवरणः- सि.न प्रतिवादीहरु मुद्दा आयोगको माग दावी तथा विशेष विशेष अदालतको फैसला र आधार आयोगबाट सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु अदालतको फैसला प्रतिवादी झुट्टा शैक्षिक आयोगको माग दावी फैसलाः «जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं.२ बस्ने प्रतिवादी कृष्णबहादुर कृष्णबहादुर | योग्यताको जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) विनयी | प्रतिवादी उपरको आरोपदावी खारेज हुने गरी भएको | खन्गाहाले श्री भवानी मा.वि. नवलपरासीमा मिति २०५९/०८/०१ देखि लागू हुने गरी अस्थायी प्रावि. खन्गाहा मु.नं | प्रमाण-पत्र त्रिवेणी गाउँपालिका वडा नं.२ बस्ने | फैसला। तहको शिक्षकको राष्ट्रसेवक ओहदा पाउन तथा उक्त पदमा बहाल हुन र मिति २०७५/१२/२९ देखि (०६२-हर- [पेश गरी कृष्णबहादुर खन्गाहाले श्री भवानी मा.वि. | विशेष अदालतले फैसला गर्दा लिएका आधारहरुः | सोही श्री भवानी मा.वि. को प्रावि. तहको स्थायी शिक्षकमा नियुक्ति पाउन, उक्त शिक्षक ओहदामा रही लाभ ०१४८) भ्रष्टाचार नवलपरासीमा मिति २०५९/०८/०१ देखि «प्रतिवादी कृष्णबहादुर खन्गाहा उपर सरकारी बिगो | सुविधा पाउने उद्देश्यले निज प्रतिवादी कृष्णबहादुर खन्गाहाले भारतीय बोर्ड Nagaland Board of School Education, फैसला मिति | गरेको । लागू हुने गरी अस्थायी प्रा.वि. तहको | हिनामिना भएको भन्ने दाबी रहेको देखिएन | Kohima बाट जारी भएका भनिएका Admit Card, Mark-sheet and Migration Certificate लगायतका योग्यता सम्बन्धी २०८३।०३ शिक्षकको राष्ट्रसेवक ओहदा पाउन तथा उक्त - प्रतिवादीले मिति२०५९/८/१ देखि शिक्षक पदमा | झुट्टा विवरण एवं सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेश गरी हाल मणिसंगम मा.वि. विनयी त्रिवेणी गाउँपालिका- ।२४ पदमा बहाल हुन र मिति२०७५/१२/२९ देखि सोही श्री भवानी मा.वि. को प्रा.वि. तहको स्थायी शिक्षकमा नियुक्ति पाउन, उक्त शिक्षक ओहदामा रही लाभ सुविधा पाउने उद्देश्यले निज प्रतिवादी कृष्णबहादुर खन्गाहाले भारतीय बोर्ड Nagaland Board of School Education, Kohima बाट जारी भएका भनिएका Admit Card, Mark-sheet and Migration Certificate "लगायतका योग्यता सम्बन्धी झुट्टा विवरण एवं सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेश गरी हाल 'मणिसंगम मा.वि. विनयी त्रिवेणी गाउँपालिका- २, नवलपरासी (बर्दघाट सुस्ता yd) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत रही ओहोदा, लाभ र सुविधा समेत प्राप्त गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा निज प्रतिवादी कृष्णबहादुर खन्गाहालाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइ आरोप पत्र दायर भएको देखिन्छ। रही कार्यरत रहेको देखिएको, निज उपर मिति २०७२/१२/२२ मा उजुरी दर्ता भएको देखिएको, निज उपर मिति २०८३।०२।११ मा आरोप पत्र दर्ता भएको देखिएको, सरकारी बिगो हानी नोक्सानीको दाबी नभएको प्रस्तुत मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३ को उपदफा (२) को हदम्याद नाघी आरोपपत्र दर्ता भएको देखिँदा हदम्यादको अभावमा प्रस्तुत आरोपदाबी खारेज हुने ठहर्छ। २, नवलपरासी (बर्दघाट सुस्ता पुर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत रही ओहोदा, लाभ र सुविधा समेत प्राप्त गरि भ्रष्टाचारजन्य कसुर गरेको Fact in Issues रहेको प्रस्तुत मुद्दामा यि प्रतिवादी कृष्णबहादुर खन्गाहा उपर विशेष अदालतमा आरोप पत्र दर्ता गर्दा नै आरोप पत्रको सि.न ९(छ) मा प्रस्तुत मुद्दाको हदम्यादका सम्वन्धमा “प्रस्तुत मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३ को उपदफा (२) र प्रमिला राई Ae) res नेपाल सरकार भएको फौ.पु.इ.नं. ०६७-८-००२९ ले.का.प. २०६६ अंक १० नि.नं. ८६९७) प्रतिपादीत नजिर fara बमोजिम हदम्याद भित्रै पर्दछ” भनि दावी गरिएकोमा विशेष अदालतबाट फैसला गर्दा हदम्यादको सन्दर्भमा दावी गरिएको नजिर सिद्धान्तको विवेचना नै नगरि आरोपदाबी खारेज हुने ठहर गरि भएको फैसला कुटीपुर्ण देखिदा वदर भागी छ। «आरोप पत्रमा हदम्यादका सम्वन्धमा मागदावी गरिएको प्रमिला राई श्रेष्ठ विरुद्ध नेपाल सरकार भएको ने.का.प.२०६८ अंक १० नि,.नं.८६९७ मुद्दामा “भ्रष्टाचारसम्बन्धरी मुद्दा त्यसमा पनि नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित मुद्दामा वारदात मितिको निर्घारण गर्नु अत्यन्त महत्वपूर्ण पक्ष हो। यसमा अभियुक्तले पहिलो पटक त्यस्तो नक्कली प्रमाणपत्र पेश गरेको मितिलाई मात्र वारदात मिति मानेर सो मितिले सीमित हदम्यादको व्यवस्था लागू गर्न नमिल्ने, नक्कली प्रमाणपत्र पेश गरी त्यसबाट फाइदा वा सुबिधा लिने व्यक्तिले सो फाइदा वा सुबिधा लिइरहेसम्म र त्यस्तो फाइदा बा सुबिधा नलिए पनि पेश गरेको सो नक्कली प्रमाणपत्रको अस्तित्व रहेसम्म नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित कसूर बारदातको निरन्तरता रही रहन्छ । त्यसकारण पनि यस्तोमा सीमित हदम्यादको कानूनी व्यवस्था प्रभावकारी हुन नसक्ने हुँदा वर्तमान भ्रष्टाचार निवारण कानूनमा हदम्यादको सीमित व्यबस्था नगरी खुल्ला हदम्याद राखिएको छ । तर, पहिलाको बारदातको सम्बन्धमा साविक ऐन अनुसार कारवाही गर्दा पनि अभियुक्तलाई प्रत्यक्ष फाइदा पुग्ने गरी वा ऐनको उद्देश्य नै पराजीत हुने गरी कानूनी प्रावधानको व्याख्या अदालतले नगर्ने" भनि प्रतिपादित सिद्धान्तलाई अनुसरण नगरि सोको प्रतिकूल सिमित हदम्यादको ब्याख्या हुने गरी भएको फैसला त्रुटिपूर्ण देखिदा बदरभागी छ। “प्रतिवादी कृष्णबहादुर खन्गाहासँग सम्बन्धित शैक्षिक संस्थाबाट प्राप्त प्रमाण कागजातहरु,शिक्षक सेवा आयोग तथा राष्ट्रिय परिक्षा बोर्डबाट प्राप्त प्रमाण कागजात एवं बयान र बयानसाथ पेश भएका कागजातहरु समेतबाट मिति २०५९/०८/०१ देखि अस्थायी दरबन्दीमा श्री भवानी मा.वि. नवलपरासीमा अध्यापन शुरु गरेको जिल्ला शिक्षा कार्यालयको मिति २०५९/१०/१ च.नं.१०५९ को पत्रद्वारा देखिन्छ। तत्पश्चात निजले मिति २०७५/१२/२९ च.नं.११६७ को शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पत्रबाट श्री भवानी मा.वि.मा स्थायी नियुक्ति लिई अध्यापन गरेको देखिन्छ। निज प्रतिवादी कृष्णबहादुर खन्गाहाले अध्यापनको क्रममा पेश गरेका शैक्षिक प्रमाणपत्रहरु जिल्ला शिक्षा कार्यालयबाट मिति २०७२/२/२३ को च.नं.४२८ को पत्रबाट निजले भारत स्थित नागाल्याण्ड बोर्ड अफ || Ze एजुकेशन कोहिमाबाट मिति २० अप्रिल १९९६ मा हाईस्कुल पास गरेका मार्कसिट, एडमिसन कार्ड, माइग्रेसन सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेट पेश गरेको देखिन्छ भने उक्त शिक्षा बाहेक निजले थप उच्च शिक्षा हासिल गरेको देखिदैन। साथै विद्यालयको प्राथमिक तहमा अध्यापन गर्नको लागि हाईस्कुल तहको शिक्षा नै न्यूनतम योग्यता रहेबाट निजले सोही भारतीय बोर्डका शैक्षिक प्रमाणपत्रको आधारमा जिल्ला शिक्षा कार्यालय नवलपरासीबाट समकक्षता निर्धारण गरी शिक्षक सेवा आयोगबाट स्थायी अध्यापन अनुमति पत्र समेत लिएको देखिन्छ। प्रतिबादी कृष्ण बहादुर खन्गाहाले आयोगमा उपस्थित भई बयान गर्दा जिल्ला शिक्षा कार्यालयमा शिक्षक पद प्राप्तिका लागि मैले पेश गरेका र उक्त कार्यालयबाट प्रमाण स्वरुप पेश भएका प्रमाणित कागजातहरु मेरै हुन भनी सनाखत गरेको देखिन्छ । निज प्रतिवादी प्रतिबादी कृष्णबहादुर खन्गाहाले सनाखत गरेका प्रमाणित प्रतिलिपीहरु तथा पेश गरेका सक्कल शैक्षिक प्रमाणपत्रहरुको प्रमाणीकरणको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको मिति २०८२/१२/०६, च.नं.१२/२०८२/०८३ को पत्रद्धारा प्राप्त विवरणमा शिक्षक कृष्णबहादुर खन्गाहाले भारतीय बोर्ड Nagaland Board of Schoo! Education, Kohima बाट जारी भएका भनिएका कागजातहरु Admit Card, Mark-shect and Migration Certificate सोही बोर्ड/स्कुलबाट जारी wae Az (rake) भएको भनी जवाफ प्राप्त भएको देखिदा प्रतिवादी कृष्णबहादुर खन्गाहाले श्री भवानी मा.वि. नवलपरासीमा मिति२०५९/०८/०१ देखि लाग् हुने गरी अस्थायी प्रा.वि. तहको शिक्षकको ओहदा पाउन तथा उक्त पदमा बहाल हुन र मिति२०७५/१२/२९ देखि सोही श्री भवानी मा.वि. को प्रा.वि. तहको स्थायी शिक्षकमा नियुक्ति पाउन, निज प्रतिवादी कृष्णबहादुर खन्गाहाले भारतीय बोर्ड Nagaland Board of School Education, Kohima बाट जारी भएका भनिएका Admit Card, Mark-sheet and Migration Certificate लगायतका योग्यता सम्बन्धी झुट्टा प्रमाणपत्र पेश गरी आरोप पत्र दायर मिति २०८३।०२।११ सम्म प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत रही नक्कली प्रमाणपत्रको आधारमा फाइदा वा सुविधा लिइरहेकोले उक्त फाइदा वा सुविधा लिई रहदा सम्म तथा त्यस्तो फाइदा वा सुविधा नलिए पनि पेश गरेको सो नक्कली प्रमाणपत्रको अस्तित्व रहेसम्म नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित कसूर वारदातको निरन्तरता रही रहने भएकोले आरोप दावी बमोजिम सजाय गर्नु पर्नेमा उपरोक्त नजिर सिद्धान्त विपरित आरोपदावी नै खारेज हुने ठहर गरि विशेष अदालत काठमाडौबाट भएको उक्त फैसला बुटिपूर्ण देखिदा बदरभागी छ। अतः उल्लिखित आधार, कारण तथा न्यायिक सिद्धान्त समेतका आधारमा प्रतिवादी कृष्णबहादुर खन्गाहालाई आरोप वमोजिम सजाय गर्नु पर्नेमा आरोप दावी नै खारेज हुने ठहर गरी भएको विशेष अदालतको फैसला बदर गरी निज प्रतिवादी कृष्णबहादुर खन्गाहालाई आरोप दावी बमोजिम सजाय हुन सम्मानित अदालत समक्ष सादर अनुरोध छ।