Notice Park
Phedap Rural Municipality
Guidelines

उत्कृष्ट शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यविधि २०८२

Summary

फेदाप गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अन्तर्गत उत्कृष्ट शिक्षक, विद्यालय कर्मचारी तथा विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १५४ ले दिएको अधिकार प्रयोग गरी फेदाप गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले यो कार्यविधि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Phedap Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उत्कृष्ट शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८२ कार्यपालिकाबाट स्विकृत मितिः २०८२।०६।२६ प्रमाणिकरण मितिः २०८२।०६।२७ पहिलो शंसोधन मितिः २०८३।०५।२८ फेदाप गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अन्तर्गत उत्कृष्ट शिक्षक, विद्यालय कर्मचारी तथा विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १५४ ले दिएको अधिकार प्रयोग गरी फेदाप गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले यो कार्यविधि जारी गरेको छ | १. संक्षिप्त नाम र प्रारम्भ: १) यस कार्यविधिको नाम "उत्कृष्ट शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८२" रहेको छ। २) यो कार्यविधि कार्यपालिकाबाट स्विकृत भई प्रमाणिकरण भएको मितिबाट प्रारम्भ हुनेछ | २. परिभाषाः १) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा; क) "छनौट समिति" भन्नाले दफा ५ बमोजिम गठित उत्कृष्ट शिक्षक तथा विद्यार्थी छनौट समितिलाई सम्झनुपर्दछ | ख, "शाखा" भन्नाले फेदाप गाउपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा सम्झनुपर्दछ | ग) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले फेदाप गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्दछ | घ, "अध्यक्ष" भन्नाले फेदाप गाउपालिकाको अध्यक्षलाई सम्झनुपर्दछ | BS "गाउँसभा" भन्नाले फेदाप गाउपालिकाको गाउँसभालाई सम्झनुपर्दछ | च, "लेखा शाखा प्रमुख" भन्नाले फेदाप गाउपालिकाको लेखा शाखा प्रमुखलाई सम्झनुपर्दछ । छ) "योजना शाखा प्रमुख" भन्नाले फेदाप गाउपालिकाको योजना शाखा प्रमुखलाई सम्झनुपर्दछ | ज, "गाउँपालिका" भन्नाले फेदाप गाउँपालिका तेह्रथुम सम्झनुपर्दछ | झ) "गाउँ कार्यपालिकाको कार्यालय" भन्नाले फेदाप गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय सम्झनुपर्दछ। ञ) "शिक्षक" भन्नाले फेदाप गाउपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत सबै प्रकारका स्थायी तथा अस्थायी करार शिक्षक सम्झनुपर्दछ र सो शव्दले विद्यालय कर्मचारीलाई समेत TASES | 3. Saya: यस कार्यविधिको उद्देश्य देहाय बमोजिम रहेका छन्‌ । क) उत्कृष्ट शिक्षक तथा विद्यार्थी छनौटका आधार र मापदण्ड निर्धारण गरी पारदर्शी र प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने | ख) तोकिएका आधार र मापदण्ड बमोजिम उत्कृष्ट शिक्षक तथा विद्यार्थी छनौट गरी पुरस्कृत गर्न सहयोग पुर्याउने | ग) उत्कृष्ट छनौट हुने शिक्षक तथा विद्यार्थीलाई प्रदान गरिने प्रोत्साहनलाई शैक्षिक गुणस्तर सुधारका लागि उपयोग गर्न मार्गदर्शन गर्ने ४. निर्देशक समितिः उत्कृष्ट शिक्षक तथा विद्यार्थी छनौट कार्यक्रममा कुनै समस्या परेमा नीतिगत निर्णय गर्न तथा कार्यक्रम सञ्चालनका लागि छनौट समितिलाई आवश्यक निर्देशन दिनका लागि देहाय बमोजिमको निर्देशक समिति रहनेछ | क) गाउँपालिका अध्यक्ष संयोजक ख) प्रमुख प्रशासकीय अधिकृत सदस्य ग) लेखा शाखा प्रमुख सदस्य घ) योजना शाखा प्रमुख सदस्य ङ) शिक्षा शाखा प्रमुख/अधिकृत सदस्य - सचिव ५. छनौट समितिः १) गाउँपालिकाको उत्कृष्ट शिक्षक तथा विद्यार्थी छनौटका लागि देहाय बमोजिमको एक छनौट समिति रहनेछ | क) प्रमुख प्रशासकीय अधिकृत संयोजक G गाउँपालिकाका स्थायी कर्मचारीमध्ये संयोजकले तोकेको अधिकृत १ जजा सदस्य ग) शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सदस्य ६. छनौट समितिको भूमिका: दफा ५ बमोजिम गठित समितिको कार्यविवरण देहाय बमोजिम हुनेछ | क) विद्यालयबाट प्राप्त सिफारिसहरुको दफा ८ र ९ को आधारमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीको मूल्याङ्कन गर्ने । ख) उत्कृष्ट शिक्षक तथा विद्यार्थीको छनौट गर्ने । ग) छनौट भएका उत्कृष्ट शिक्षक तथा विद्यार्थीको सूची वेभसाईटमा प्रकाशन गर्ने | ७. शाखाको भूमिका: उत्कृष्ट शिक्षक तथा विद्यार्थी छनौट गर्न तथा छनौट भएका शिक्षक तथा विद्यार्थीहरुलाई प्रदान गरिने प्रोत्साहन रकमको कार्यान्वयका सन्दर्भमा शाखाको भूमिका देहाय अनुसारको हुनेछ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.