Notice Park
Phedap Rural Municipality
Guidelines

प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०८३

Summary

फेदाप गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयको प्राज्ञिक व्यवस्थापकीय तथा प्रशासनिक जिम्मेवारी निर्वाह गरी विद्यालयको प्रमुख कार्यकारी पदाधिकारीको रुपमा नेतृत्व गर्ने प्रधानाध्यापक छनौट तथा व्यवस्थापन गर्न सक्षम योग्य दक्ष र शिक्षण सुधारमा बढी झुकाव भएको शिक्षकलाई प्रधानाध्यापकका रुपमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Phedap Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३ कार्यपालिकाबाट स्विकृत मिति: २०८३।०५।०६ प्रमाणिकरण मिति: २०८३।०५।११ पहिलो शंसोधन मिति: २०८३।०५।२८ फेदाप गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयको प्राज्ञिक व्यवस्थापकीय तथा प्रशासनिक जिम्मेवारी निर्वाह गरी विद्यालयको प्रमुख कार्यकारी पदाधिकारीको रुपमा नेतृत्व गर्ने प्रधानाध्यापक छनौट तथा व्यवस्थापन गर्न सक्षम योग्य दक्ष र शिक्षण सुधारमा बढी झुकाव भएको शिक्षकलाई प्रधानाध्यापकका रुपमा नियुक्ति गरी विद्यालयको व्यवस्थापनमा सुधार गर्दै शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा २ र फेदाप गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरी फेदाप गाउँपालिकाको गाउँकार्यपालिकाले प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३ जारी गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भ: १) यो कार्यविधिको नाम प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३ रहेको छ। २) यो कार्यविधि फेदाप गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरूमा प्रधानाध्यापक छनौट तथा व्यवस्थापन गर्न लागू हुनेछ | ३) यो कार्यविधि कार्यपालिकाले पारित गरी प्रमाणिकरण भएको मितिदेखि लागु हुनेछ | २. परिभाषा १) बिषय वा प्रसङ्गले अर्को अर्थमा नलागेमा यस कार्यविधिमा; क) "गाउँपालिका" भन्नाले फेदाप गाउँपालिका पोक्लावाङ तेह्रथुम सम्झनुपर्छ । ख) "ऐन" भन्नाले शिक्षा ऐन २०२८ सम्झनुपर्छ | ग) "शिक्षा ऐन" भन्नाले फेदाप गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ सम्झनुपर्छ | घ) "नियमावली" भन्नाले शिक्षा नियमावली २०५९ सम्झनुपर्छ । S) "कार्यविधि" भन्नाले प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८२ सम्झनुपर्छ | च) "कार्यपालिका" भन्नाले फेदाप गाउँपालिकाको गाउँ कार्यपालिका सम्झनुपर्छ । छ) "सामुदायिक विद्यालय" भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउनेगरी अनुमति वा स्वीकृति प्राप्त विद्यालय सम्झनुपर्छ | ज) "संस्थागत" विद्यालय भन्नाले नेपाल सरकार वा स्थानीय तहबाट नियमित रुपमा अनुदान नपाउने गरी अनुमति वा स्वीकृति प्राप्त विद्यालय सम्झनुपर्छ | झ) "विद्यालय व्यवस्थापन समिति" भन्नाले प्रचलित कानुन बमोजिम विद्यालय व्यवस्थापन गर्न गठित समिति सम्झनुपर्छ | ज) "प्रधानाध्यापक" भन्नाले शिक्षा नियमावली २०५९ को नियम ९३ तथा कार्यविधि बमोजिम नियुक्त विद्यालयको प्रधानाध्यापक सम्झनुपर्छ । ट) "शिक्षक" भन्नाले विद्यालयमा सिकाई सहजीकरण गर्न नियुक्त प्राध्यापकलाई सम्झनुपर्छ र सो शब्दले प्रधानाध्यापकलाई समेत जनाउँदछ । ठ) "अधिकृत" भन्नाले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहमा कार्यरत अधिकृतस्तरको स्थायी कर्मचारीलाई सम्झनुपर्छ | ड) "छनौट समिति" भन्नाले विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३ को दफा (८) बमोजिम गठन भएको समितिलाई सम्झनुपर्छ । ३. प्रधानाध्यापक विद्यालयको प्रमुख हुनेः १) विद्यालयको प्राज्ञिक तथा प्रशासनिक प्रमुखको रुपमा कार्य गर्न प्रत्येक विद्यालयमा एकजना प्रधानाध्यापक रहनेछ | २) प्रधानाध्यापकले विद्यालयको समग्र प्राज्ञिक व्यवस्थापकीय तथा प्रशासनिक उत्तरदायित्व बहन गर्नुपर्नेछ । ४. सूचना प्रकाशन गर्नेः १) प्रधानाध्यापकको नियुक्तिका लागि गाउँपालिकाले फेदाप गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा एकैपटक वा चरणबद्ध रूपमा हुनेगरी सूचना प्रकाशन गर्न सक्नेछ । २) सूचना प्रकाशन गर्दा विद्यालय विकास प्रस्ताव प्रस्तुतिकरण, छलफल, अन्तर्वार्ताको मिति र समय उल्लेख गर्नुपर्नेछ । ५, दरखास्त दिनेः १) दफा ४ बमोजिम सूचना प्रकाशन भएपछि विद्यालयमा प्रधानाध्यापक पदमा उम्मेदवार हुन इच्छुक शिक्षकले तोकिएको समय सीमा भित्र अनुसूची १ र २ मा तोकिएको ढाँचाको आवेदन फारम गाउँपालिकाबाट लिएर भर्नुपर्नेछ। २) भरिएको फारम साथ अनुसूची ३ बमोजिमको ढाँचामा विद्यालय विकास प्रस्ताव, शैक्षिक योग्यता र तालिम प्रमाणपत्रका प्रतिलिपिहरु, स्थायी नियुक्ति र बढुवा नियुक्तिका प्रतिलिपिहरु, अनुभवको प्रमाणपत्र सहित गाउँपालिकामा तोकिएको समय सीमाभित्र पेश गर्नुपर्नेछ । ३) विद्यालय विकास प्रस्ताव आफू कार्यरत विद्यालयसँग सम्बन्धित हुनुपर्नेछ | ४) प्रधानाध्यापकका रूपमा अन्य विद्यालयमा नियुक्ति भएका शिक्षकले नियुक्ति भएको एक महिनाभित्र विद्यालय विकास प्रस्तावलाई कामकाजमा खटाइएको विद्यालयसँग सम्बन्धित बनाई शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्नेछ । ५) जुन तहको प्रधानाध्यापक हुन चाहेको हो सोही तहका लागि विद्यालय विकास प्रस्ताव तयार गर्नुपर्नेछ । ६. दरखास्त View: १) विद्यालयमा प्रधानाध्यापक नियुक्ति हुन चाहने शिक्षकले देहाय अनुसारको दरखास्त शुल्क बुझाउनुपर्नेछ । क) आधारभूत तह (कक्षा १- ५) सञ्चालित विद्यालयका लागि रु. ५००।- ख) आधारभूत तह (कक्षा १-८) सञ्चालित विद्यालयका लागि रु. ८००।- ग) माध्यमिक तह सञ्चालित विद्यालयका लागि रु. १०००।-

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.