"भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउने सम्बन्धमा सार्वजनिक अपिल"
Summary
नेपाल मौसम विज्ञान विभागले मिति २०८३ कार्तिक ९ गते जारी गरेको "विशेष मौसमी बुलेटिनअनुसार" बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्णब' को प्रभावले कात्तिक १२ गते बिहीबारदेखि नेपालको मौसममा परिवर्तन हुने सम्भावना रहेको छ। बिशेषगरी कार्तिक १३ गते शुक्रबार र १४ गते शनिबार बागमती प्रदेशका धेरै स्थानमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f93e07f2-11f0-47fa-9e4c-44d085d91c32.pdfPDF · 1 page · 536 KBOpen
Key details
- Organization
- Ministry of Social Development Hetauda, Bagamati Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय plas | हेटौँडा, नेपाल ७ on es मा. गिर बहादुर तामाङ मन्त्री "भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउने सम्बन्धमा सार्वजनिक अपिल" नेपाल मौसम विज्ञान विभागले मिति २०८३ कार्तिक ९ गते जारी गरेको "विशेष मौसमी बुलेटिनअनुसार" बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्णब' को प्रभावले कात्तिक १२ गते बिहीबारदेखि नेपालको मौसममा परिवर्तन हुने सम्भावना रहेको छ। बिशेषगरी कार्तिक १३ गते शुक्रबार र १४ गते शनिबार बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उक्त अबधिमा नदी तथा खोलामा पानीको बहाब बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबान हुन सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जोखिम रहेको छ। सम्भावित जनधनको क्षति तथा कृषि र पर्यटनलगायतका क्षेत्रमा पर्न सक्ने असरलाई कम गर्न आमनागरिक तथा सम्बन्धित सबै निकायलाई देहायबमोजिम सावधानी र पूर्वतयारी अपनाउन बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालिय अनुरोध गर्दछ | ५ काट्न तयार भएका धानलगायतका बाली सम्भव भएसम्म कार्तिक १२ गतेअगावै भित्र्याउने र काटिसकेको बाली सुरक्षित तथा ओभानो स्थानमा राख्ने। पशुचौपाया, वीउबिजन र खाद्यान्नसमेत सुरक्षित राख्ने। ० उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने कार्यक्रम मौसम अनुकूल नभएसम्म स्थगित गर्ने। यात्रामा रहेका पर्यटक तथा सहयोगीहरू सुरक्षित स्थानमा बस्ने र सम्बन्धित निकायको सल्लाहअनुसार मात्र यात्रा गर्ने। ० नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा विशेष सतर्कता अपनाउने। बाढी आएको खोला तथा डुबान भएको सडक पार नगर्ने | . चटयाङ तथा हाबाहुरीका बेला 'खुला स्थान, अग्लो रूख र विद्युत् पोलको नजिक नबस्ने तथा सुरक्षित भवनभित्र आश्रय लिने। : ० अत्यावश्यकै अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्ने। यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिने तथा जोखिमयुक्त सडकमा सबारी नचलाउने | म ० जल तथा मौसम विज्ञान विभाग, सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित “जानकारी लिने तथा निर्देशनकी पालना गर्ने । अपुष्ट सूचना प्रसार नगर्ने । ५ यस मन्त्रालय मातहतका सबै कार्यालय र कर्मचारीहरु संभावित आपत्कालीन अबस्थाको व्यवस्थापनका लागि सजग र तयारी अवस्थामा रहने । 'मौसमसम्बन्धी जानकारीका लागि: ११५५, विपद् सहायता: १२३४, नेपाल प्रहरीः १००, सशस्त्र प्रहरी बल, नेपालः १११४, यस मन्त्रालयको Emergency, Focal Person श्री जयस नेपाल: ९८५१२२०४१०, श्री राजु भण्डारी: ९८४५०२३९६४ ae fafa: २०५३ कात्तिके ११ गते मा. गिर बहादुर तामाङ मन्त्री २. फोन नं.:०५७-५ २४८३५, ०५७-५२४८३६, ०५७-५२१५८९, ०५७-५२३१७९ र ०५७-५२३८२९ इमेलः [email protected], बेबसाइट:11050,09891191.80४.10