अविरल वर्षा र विपद् जोखिम सम्बन्धी सतर्कता अपनाउने बारे सूचना ! - २०८३/०७/१०
Summary
= मौसम विज्ञान विभागबाट आज जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना छ। उक्त चक्रवात आगामी कार्तिक ११ मा भारतको जमिनी भू-भागमा प्रवेश गर्ने सम्भावना रहेको र हालसम्मको मौसम विश्लेषणअनुसार उक्त प्रणालीको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1c4a47f8-4c64-4e3f-a311-82d20b0db6e2.pdfPDF · 1 page · 209 KBOpen
Key details
- Organization
- Galchhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
‘+ ग्रआखजमा ? १ सिंहदरबार, काठमाडौ चलानी नं.: उच्च सतर्कताका लागि अनुरोध नेपाल | = मौसम विज्ञान विभागबाट आज जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना छ। उक्त चक्रवात आगामी कार्तिक ११ मा भारतको जमिनी भू-भागमा प्रवेश गर्ने सम्भावना रहेको र हालसम्मको मौसम विश्लेषणअनुसार उक्त प्रणालीको प्रभाव कार्तिक १२ गते बिहीवार रातिबाट सुरु हुने देखिन्छ। विशेषगरी आगामी कार्तिक १३ गते शुक्रबार र कार्तिक १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने एवं यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चटयाड र हावाहुरीसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम पनि रहेको छ। गा A/a ७ ile a E: | 4७७, ten et तसर्थ, संभावित जोखिम न्यूनीकरणका लागि कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउनु हुन र पूर्वतयारीका लागि निम्न कार्य गर्नु, गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ। ० धानबाली काट्ने, भित्याउने लगायतका कृषि कार्य कार्तिक १२ गते, बिहीबार अगाडि नै गर्ने, गराउने । ० पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने । ५ आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने, गराउने। सवारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म Past व्यवस्था मिलाउने । ० सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने। सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने | ५ सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्ने । प्रतिकार्यका लागि तयारी अवस्थामा रहने | ० जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचना/चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, गराउने । ० यस प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग लगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी पालना गर्ने, गराउने । मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा मद्दत माग्न १२३४ वा १०० बा १११४ मा सम्पर्क गर्ने । मिति- २०८३ कार्तिक ९ गते BAT (राम बहादुर के.सी.) हु AS उपसचिव/प्रवक्ता '२१११९५, ४२११४५३, टोल फ्रि: ११४९, इमेल [email protected], [email protected], URL:www.bipad.gov.np