उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सूचना २०८३/०७/१९
Summary
नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गृणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत स्थापित नेपाल प्रत्यायन Bz (Nepal Accreditation Centre-NAC) को आज…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8e867cd0-91d6-45f3-9805-771ec99e4abd.pdfPDF · 1 page · 6.3 MBOpen
Key details
- Organization
- Ministry of Industry, Commerce and Supplies
- Industry
- Ministry
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Qs सरकार उद्योग, वाणिज्य तथा आपर्ति मन्त्रालय mega सिंहदरबार, काठमाडौं नेपाल । प्रेस विज्ञप्ति नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गृणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत स्थापित नेपाल प्रत्यायन Bz (Nepal Accreditation Centre-NAC) को आज मिति २०८३ साल कार्तिक १८ गते बुधबार त्रिपरेश्वरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय ई. दीपक कुमार साहद्वारा उद्घाटन गरी औपचारिक शुभारम्भ गरिएको छ | यसलाई नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका लागि महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ। यस केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ | यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ । साथै खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुँदा आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ। यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन समेत सहयोग पुग्नेछ । उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयको काम उद्योग खोल्ने वातावरण बनाउनु मात्र होइन, नेपाली उद्योगलाई गणस्तरीय, प्रतिस्पर्धी र विश्व बजारमा स्थापित गर्नु हो | नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट afte पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ भन्ने विषयलाई आत्मसात् गर्दै मन्त्रालयले नेपाल प्रत्यायन केन्द्रको संस्थागत तथा प्राविधिक क्षमता विकास, अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने, स्वदेशी प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने र उद्योगी तथा निर्यातकर्तालाई गुणस्तरसम्बन्धी सेवा सहज बनाउने कार्यलाई प्राथमिकता दिनेछ । उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा यस केन्द्रको सञ्चालन कोशेढुङ्गा सावित हुनेछ भन्ने कुरामा मन्त्रालय विश्वस्त रहेको व्यहोरा सरोकारवाला सबैमा अनुरोध छ | सम्वत २०८३ कार्तिक १८ गते बुधबार नेपाल सम्वत् ११४६ (जितेन्द्र बस्नेत) सहसचिव एवं प्रवक्ता फोन नं.: ४२११५७४, ४२११४४६, फयाक्स नं.: ४७७-१-४२११६१४ Website: http://www.moics.gov.np