Notice Park
Kawasoti Municipality
Acts & regulations

आर्थिक ऐन २०८३

Summary

कावासोती नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही कर, महसुल, दस्तुर, शुल्क लगाउन र लगाई राखेको कर शुल्कलाई We राख, हेरफेर गर्न तथा राजस्व प्रशासनलाई थप व्यवस्थित गर्न आवश्यक भएकोले यो विधेयक पेश गर्नु परेको हो । प्रस्तुत विधेयकको व्यवस्थाले संविधान तथा कानुन बमोजिम नगरपालिकाको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kawasoti Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

२००३ कावासोती नगरपालिका उद्देश्य र कारण कावासोती नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही कर, महसुल, दस्तुर, शुल्क लगाउन र लगाई राखेको कर शुल्कलाई We राख, हेरफेर गर्न तथा राजस्व प्रशासनलाई थप व्यवस्थित गर्न आवश्यक भएकोले यो विधेयक पेश गर्नु परेको हो । प्रस्तुत विधेयकको व्यवस्थाले संविधान तथा कानुन बमोजिम नगरपालिकाको अधिकार क्षेत्र भित्रको राजस्व, कर, दस्तुरको दर बढाउन, घटाउन, छुट दिन तथा दर निर्धारण गर्नका साथै समयानुकूल परिमार्जन गर्ने व्यवस्था समेत गर्दछ । weer: यो fare anit ऐन हो | आर्थिक वर्ष २०८३/०८४ को अर्थ विधेयक पेज नं.” २” कावासोती नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन प्रस्तावना: कावासोती नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम कावासोती नगरपालिकाको नगर सभाले यो ऐन बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भ : (१) (२) यस ऐनको नाम आर्थिक ऐन, २०८३ रहेको छ । यो ऐन २०८३ साल श्रावण १ गते देखि कावासोती नगरपालिका क्षेत्रमा लागू हुनेछ । २. सम्पत्ति करः (१) (२) (३) (४) (५) नगरपालिका क्षेत्रभित्र रहेका घर टहरो तथा भवनहरू र सोले चर्चेको जग्गामा अनुसूची १ बमोजिम सम्पत्ति कर लगाई असुल उपर गरिनेछ | घरको मूल्याङ्कन अनुसूची २ अनुसार घरको बनौटको आधारमा हास कट्टी अनुसूची ३ अनुसार र जग्गाको मूल्याङ्कन अनुसूची ४ अनुसार गरिनेछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५ (५) बमोजिम घर र घरले चर्चेको जग्गामा सम्पत्ति कर नलाग्ने अभिलेखीकरण तथा नक्सा पास नभएका संरचनाको विगत वर्षहरूमा सांग्रिला सफ्टवेयरमा भवन अभिलेख तथा नक्सापास नभएको संरचनाको सम्पत्ति कर लिएको रहेछ भने पनि पुरानो सफ्टवेयरमा रहेको अभिलेख हटाइ भूमिकर (मालपोत) कर मात्र असुल गरिनेछ । स्पष्टीकरण: “घरले चर्चेको जग्गा” भन्नाले घरको जमिन तलाले ओगटेको जग्गाको बढीमा दोब्बर क्षेत्रफल बराबरको जग्गा भन्ने बुझ्नु पर्दछ । उपदफा (१) को प्रयोजनको लागि घर र घरले चर्चेको जग्गाको मुल्याङ्कन देहायको आधारमा गरिने छ । (क) घर र घरजग्गाको आकार, प्रकार, बनावट र उपयोगको अवस्था | (ख) घर र घरजग्गाको मूल्य र घरको हास मूल्य नगरपालिकाले निर्धारण गरे बमोजिम । (ग) घर र घरजग्गाको व्यापारिक वा आवासीय उपयोगको अवस्था । यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको घर र घरजग्गामा सम्पत्ति कर लाग्ने छैन । (क) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको स्वामित्वमा रहेको घर र जग्गा | (ख) सरकारी अस्पतालको घरजग्गा । ( ( 'ग) सार्वजनिक गुठीको स्वामित्वमा रहेको घर र घरजग्गा । 'घ) मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएको सरकारी तथा सामुदायिक शिक्षण संस्था, कम्पनी, समिति, संघ, संस्था, प्राधिकरण, बोर्ड र सरकारी संस्थानको घर र घरजग्गा । 'ङ) धार्मिक संस्था (मन्दिर, गुम्बा, चर्च, मस्जिद आदि) को घर र घरजग्गा । 'च) खानेपानी सङ्कलन पोखरी, विद्युतगृह, मसानघाट, कब्रिस्तान, कर्वला, मजार | 'छु) गैर नाफा मूलक विमानस्थल, बसपार्क, रंगशाला, उद्यान, पार्क जस्ता सार्वजनिक उपयोगका स्थलहरु | 'ज) राजदुतावास, बाणिज्य नियोग, कुटनैतिक नियोगका घर र घरजग्गा । उपदफा १ बमोजिम सम्पत्ती कर असुल गर्दा भवन नक्सापास तथा अभिलेखीकरण कार्यविधि आ.व २०८३ बमोजिम घर नक्सा अभिलेख प्रमाण पत्र प्राप्त भएको भवनको हकमा भने घर निर्माण भएको मिति देखी जरिवाना सहित सम्पत्ती कर लिइनेछ । यसरी सम्पत्ती कर असूल गर्दा भवन हास कट्टि गर्न पाइने छैन । ( ( ( ( ३. भूमिकर (मालपोत: आर्थिक वर्ष २०८३/०८४ को अर्थ विधेयक पेज नं.”३” (१) कावासोती नगरपालिका भित्रका जग्गाहरुमा सम्पत्ती कर लाग्ने जग्गा बाहेकमा अनुसूची ५ बमोजिम भुमिकर मालपोत लगाइ असुल उपर गरिनेछ । (२) जग्गाको मूल्याङ्कन भूमि प्रशासन कार्यालय कावासोतीको मूल्याङ्कन जुन यस ऐन को अनुसूची ४ बमोजिम रहनेछ । (३) तर,दफा २ बमोजिम सम्पत्ति कर लगाइने जग्गामा दोहोरो पर्ने गरी भूमीकर लगाउन पाईने छैन . बहाल HT: (१) कावासोती नगरपालिका क्षेत्र भित्र कुनै व्यक्ती संस्थाले भवन घर जग्गा पोखरी कुनै पनि प्रयोजनका लागी पुरै वा आंशिक तवरले बहालमा दिएकोमा अनुसूची ६ बमोजिम बहाल कर लगाई मासिक त्रैमासिक अर्ध वार्षिक वा वार्षिक रूपमा असुर उपर गरिनेछ । (२) उपदफा १ बमोजिम लगाइने घर जग्गा बहाल करको लागि बहाल रकमको मूल्याङ्कन सम्बन्धी व्यवस्था यसै अनुसूचीमा उल्लेख भए बमोजिमको मानिनेछ । (३) उपदफा १ मा जे सुकै कुरा लेखिएको भएता पनि वैदेशिक प्रयोजनको लागी वार्षिक आय श्रोत प्रमाणितका लागि बहाल सम्झौता गरि बहाल रकम बुझाउन आएमा सम्झौता बमोजिमको रकममा आर्थिक ऐनको अनुसूची ७ बमोजिम दरमा उल्लिखित रकमको अनिवार्य रूपमा वार्षिक बहाल कर बुझाउनु पर्नेछ । व्यवसाय कर : (१) नगरपालिका क्षेत्रभित्र उच्योग व्यापार, व्यवसाय वा सेवा र यस्तै प्रकारका जुनसुकै कारोबार गर्ने व्यक्ती संघ संस्था वा निकायलाई पुँजीगत लगानी र आर्थिक कारोबारका आधारमा अनुसूची ८ बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ | (२) प्रचलित कानुन बमोजिम अन्य निकायमा दर्ता भई विगत वर्षहरूबाट सञ्चालनमा आएका तर नगरपालिकामा व्यवसाय दर्ता नभएका फर्म /व्यवसायहरू चालू आ.व.मा दर्ता हुन आएमा नयाँ करदाता सहर चालू आ.व.को मात्र कर लिई दर्ता गरिनेछ । (३) अनुसूची ८ बमोजिम उल्लेख भएको व्यवसायमा सोही अनुसार र उल्लेख नभएको हकमा राजस्व परामर्श समितिको सिफारिसमा नगर कार्यपालिकाको बैठकबाट निर्णय गरि कर निर्धारण गरिने छ । (४) एउटै व्यक्तिले डिलर, थोक, र खुद्रा व्यवसाय सञ्चालन गरेमा डिलरको र थोक र खुद्रा व्यवसाय सञ्चालन गरेमा थोक व्यवसायको कर लाग्ने छ । (५) एउटै व्यवसायबाट एक भन्दा बढी बस्तु तथा सेवाको कारोबार गरेमा जुन बस्तु वा सेवाको व्यवसाय कर बढी छ सोही कर असुल गर्नु पर्नेछ । (६) कुनै पनि सञ्चालनमा मा रहेको वा बन्द भएका व्यवसायहरू बन्द गर्नका लागि निवेदन माग भइ आएमा त्यसता व्यवसायहरूको वडाबाट मुचुल्का (आवश्यकता अनुसार) तथा वडाको सिफारिस सहित नगरपालिका पठाउनु पर्नेछ सो सिफारिसका आधारमा प्रमुख प्रशासकीय अधिकृतको तोक आदेशमा बन्द गर्नु पर्नेछ छ | वडाले व्यवसाय बन्द गर्ने छैन । . जडिबुटी,कवाडी र जीवजन्तु कर :- नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले कन, खोटो, जडीबुटी, बनकस, कवाडी माल र प्रचलित कानुनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता बस्तुको व्यावसायिक कारोबार गरे बापत अनुसूची ९ बमोजिमको कर लगाइने र असुल उपर गरिनेछ । सबारी साधन कर : नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा गण्डकी प्रदेशको आर्थिक ऐनमा निर्धारण गरेमा सोही बमोजिम वा नगरपालिकाको कार्यविधि अनुसार सवारी साधन कर अनुसूची १० बमोजिमको कर लगाइने र असुल उपर गरिनेछ । आर्थिक वर्ष २०८३/०८४ को अर्थ विधेयक पेज नं. ” ४”

Like

0

Views

2

Comments

0

Share

0

Save

Report