Notice Park
Kawasoti Municipality
Acts & regulations

बजार व्यबस्थापन ,खाद्य सुरक्षा तथा व्यबस्थापन दर्ता ,नवीकरण सम्बन्धी सूचना।

बजार व्यबस्थापन ,खाद्य सुरक्षा तथा व्यबस्थापन दर्ता ,नवीकरण सम्बन्धी सूचना।

Summary

यस कावासोती नगरपालिका क्षेत्रभित्र बजार व्यवस्थापन, खाद्य सुरक्षा तथा उपभोक्ता हित संरक्षणलाई सुदृढ गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४, उपभोक्ता संरक्षण ऐन २०७५, खाद्य ऐन २०२३, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, नेपाल गुणस्तर ऐन २०३७, तथा प्रचलित अन्य कानुन र नियमावली बमोजिम गर्नू/गराउन सम्बन्धित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kawasoti Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नं.: ०७५-५४०१७०५४१११६ कावासोती नगरपालिका वि 0 रा डा 2 Website: www.kawasotimun.gov.np iS] नगर कार्यपालिक्राको कार्यालय शिवमन्दिर, सुस्ता पूर्व) प.सं. 022 1०१४” गण्डुकी a Fe tara SAGE १७७" मिति २०८३/०६/२६ बजार व्यवस्थापन, खाद्य सुरक्षा तथा व्यवसाय दर्ता/नवीकरण सम्बन्धी सूचना! यस कावासोती नगरपालिका क्षेत्रभित्र बजार व्यवस्थापन, खाद्य सुरक्षा तथा उपभोक्ता हित संरक्षणलाई सुदृढ गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४, उपभोक्ता संरक्षण ऐन २०७५, खाद्य ऐन २०२३, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, नेपाल गुणस्तर ऐन २०३७, तथा प्रचलित अन्य कानुन र नियमावली बमोजिम गर्नू/गराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ | १. कावासोती नगरपालिका क्षेत्रभित्र सञ्चालित बजार, पसल तथा व्यवसायहरूको मिति २०८३ असोज २३ गतेका दिन गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएको तथा म्याद गुज्रिन कम समय भएका खाद्यवस्तु वस्तु भेटिएको हुँदा उक्त बस्तुहरू विक्री वितरण नगर्नू नगराउनुहुन सबैमा सूचित गरिन्छ। २. बजार अनुगमनपछि केही व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण गरी कानुनी प्रक्रिया पूरा गरेको पाइए तापनि दर्ता/नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले यथाशीघ्र प्रचलित कानुनबमोजिम दर्ता तथा नवीकरण गर्नुपर्नेछ। ३. सम्पूर्ण व्यवसायीहरूले म्याद गुज्रिएको तथा उपभोगका लागि अयोग्य वस्तु बिक्री-वितरण नगर्न, वस्तुको मूल्य सूची स्पष्ट रूपमा राख, उपभोक्तालाई सही बिल/वीजक उपलब्ध गराउन तथा उपभोक्ताको स्वास्थ्य र अधिकार प्रति जिम्मेवार बन्न अनुरोध गरिन्छ। साथै, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने, गुणस्तरहीन वा अखाद्य वस्तु बिक्री-वितरण नगर्नू/नगराउनू अनुरोध छ। ४. आम उपभोक्तालाई सामान खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल तथा गुणस्तर जाँच गरेर मात्र खरिद गर्न र म्याद गुज्रिएको वा अखाध वस्तु बिक्री-वितरण भएको पाइएमा कावासोती नगरपालिकामा जानकारी गराउन अनुरोध छ। ५. चाडपर्व लक्षित फुल तथा मालाको प्रयोगमा प्राकृतिक तथा स्वदेशी फुलको प्रोत्साहन गर्न प्लास्टिक जन्य फुल तथा मालाको बिक्री वितरण नगर्नू हुन सबैमा अनुरोध छ । ६. उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तु तथा सेवाको उपलब्धता र स्वच्छ बजार कायम गर्न नगरपालिकाको अनुगमन तथा नियमन कार्यलाई निरन्तरता दिइनेछ। कानुन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ae sf N A ८, | प्रमुख प्रशासकीर्य aa कावासोती नगरपालिका सहेश पाण्डे प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

2

Comments

0

Share

0

Save

Report