वायु प्रदुषण रोकथाम तथा नियन्त्रण सम्बन्धि जरुरी सूचना । •

Summary
काठमाडौं महानगरपालिकामा वायु प्रदूषणका प्रमुख कारणहरू सवारी साधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यका क्रममा उत्पन्न हुने धुलोका कणहरू, उद्योग तथा कलकारखानाबाट निष्काशन हुने धुवाँ र धुलो, साथै खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला जलाउँदा निस्कने gat रहेका छन्। खराब बायु गुणस्तरका कारण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 839820a7-2e9d-4bc8-8862-50c114f4bd1e.jpgJPEG · 1718×2000 · 487 KBOpen
Key details
- Organization
- Kathmandu Metropolitan City
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee gh Ry, greeny काठमाडौं महानगरपालिका EIN » > ‘ १७ Je ce नगर कार्यपालिकाको कार्यालय EVES, काठमाडौं प्लाजा, कमलादी, काठमाडौं सूचना प्रकाशित मितिः २०८३ कार्तिक १७ गते AS ११४६ कौलागा AAA) वायु प्रदुषण रोकथाम तथा नियन्त्रण सम्बन्धि जरुरी सूचना !! काठमाडौं महानगरपालिकामा वायु प्रदूषणका प्रमुख कारणहरू सवारी साधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यका क्रममा उत्पन्न हुने धुलोका कणहरू, उद्योग तथा कलकारखानाबाट निष्काशन हुने धुवाँ र धुलो, साथै खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला जलाउँदा निस्कने gat रहेका छन्। खराब बायु गुणस्तरका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू तथा दिर्घरोग लागेका विरामीहरु बढी जोखिममा पर्दछन्। काठमाडौं महानगरपालिकाले वायु प्रदूषणको रोकथाम तथा नियन्त्रणका लागि खुला रूपमा फोहोरमैला जलाउने कार्यमा प्रतिबन्ध लगाउनुका साथै मापदण्ड विपरीत धुवाँ उत्सर्जन गर्ने सवारी साधनहरूलाई कानुनी दायरामा ल्याउने कार्यसमेत गर्दै आएको Bl जाडो मौसम शुरु भएसँगै चिसोको कारण विभिन्न स्रोतहरुबाट उत्सर्जन हुने प्रदुषण छरिएर जान नसक्ने हुँदा प्रदुषणको स्तर बढ्छ। महानगरपालिकाद्वारा वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएका प्रयासहरूमा साथ र सहयोग प्रदान गर्न तथा वायु प्रदूषणबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्पूर्ण महानगरवासीलाई निम्नानुसारका उपायहरू अवलम्बन गर्न अनुरोध गर्दै यो सूचना जारी गरिएको छ। ० सवारी साधन प्रचलित प्रदुषण मापदण्ड भित्र रहेर चलाउने। ० नियमित रुपमा आफ्नो सवारी साधन मर्मत गरी, सवारी साधनबाट हुने प्रदुषण कम गर्ने। ० निर्माणजन्य सामाग्री सडक तथा फुटपाथमा नथुपार्ने। ० निर्माणजन्य सामाग्री ढुवानी गर्दा / लोड, अनलोड गर्दा धुँवा -- घुलो निष्काशन नगर्ने । ० प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोरमैला ares | ० उद्योग, कलकारखाना, अस्पतालहरुले का.म.पा. प्रदुषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर तथा घुँवासम्बन्धी मापदण्ड भित्र रहेर मात्र कार्य गर्ने। © उद्योगमा वायु प्रदुषण कम गर्ने उपकरणको प्रयोग गर्ने। ० सर्वसाधारणले आफ्नो व्यक्तिगत सुरक्षाको निम्ति मास्क लगाएर हिँडडुल गर्ने। नोटः वायु गुणस्तर सम्बन्धि थप जानकारीको लागि निम्न वेवसाईटबाट जानकारी प्राप्त गर्न सकिन्छः https://kathmandu.gov.np/kmc-air-quality-monitoring ( (काठमाडौं महानगरपालिकाक वायु गुणस्तरको अवस्थाको लागि) https://pollution.gov.np देशभरिको वायु गुणस्तरको अवस्थाको लागि) वातावरण व्यवस्थापन विभाग