Notice Park
Budhanilkantha Municipality
Reports

सार्वजनिक सुनवाई प्रगति प्रतिवेदन २०८३ सार्वजनिक सुनवाई प्रगति प्रतिवेदन

Summary

आजको यस सार्वजनिक सुनवाई कार्यक्रमका सभाध्यक्ष एवं बुढानीलकण्ठ नगरपालिकाका श्रीमान नगरप्रमुखज्यू, नगर उपप्रमुखज्यू, सम्पूर्ण वडाध्यक्षज्यूहरू, नगर कार्यपालिकाका सदस्यज्यूहरू, नगर सभाका सदस्यज्यूहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, सुरक्षा निकायका प्रमुखज्यूहरू, सरकारी तथा गैरसरकारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Budhanilkantha Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बुढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौंडा काठमाडौं, बागमती प्रदेश, नेपाल सार्वजनिक सुनवाई कार्यक्रम आर्थिक वर्ष २०८२/०८२३ को वार्षिक प्रगति तथा चालु आ.व. २०८३।०८४ को भाद्र मसान्त सम्मको प्रगति मिति: २०८३ असोज १७ गते शनिवार स्थान : बुढानीलकण्ठ नगरपालिका आजको यस सार्वजनिक सुनवाई कार्यक्रमका सभाध्यक्ष एवं बुढानीलकण्ठ नगरपालिकाका श्रीमान नगरप्रमुखज्यू, नगर उपप्रमुखज्यू, सम्पूर्ण वडाध्यक्षज्यूहरू, नगर कार्यपालिकाका सदस्यज्यूहरू, नगर सभाका सदस्यज्यूहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, सुरक्षा निकायका प्रमुखज्यूहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिज्यूहरू, उपभोक्ता समितिका पदाधिकारीज्यूहरू, टोल विकास संस्थाका प्रतिनिधिज्यूहरू, शिक्षक, स्वास्थ्यकर्मी, निजी क्षेत्र, सहकारी तथा आमा समूहका प्रतिनिधिज्यूहरू, पत्रकार मित्रहरू, नगरपालिकाका कर्मचारी साथीहरू तथा यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय नगरवासी आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरू, सर्वप्रथम म यस नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको हैसियतले यस सार्वजनिक सुनवाई कार्यक्रममा पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले स्थानीय तहलाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित गरेको | जनताको नजिकको सरकार भएकाले यसको जवाफदेहिता पनि सबैभन्दा प्रत्यक्ष र तत्काल अनुभूत हुने प्रकृतिको हुन्छ। नगरपालिकाले के गच्यो कति बजेट खर्च गच्यो, कुन काम सम्पन्न भयो, कुन काम किन अधुरो रह्यो र आगामी दिनमा के गर्दैछ भन्ने विषयमा नगरवासीलाई प्रत्यक्ष जानकारी दिनु र यहाँहरूबाट पृष्ठपोषण लिनु हाम्रो कानूनी दायित्व मात्र होइन, नैतिक कर्तव्य पनि हो । यही भावनाका साथ आज हामी गत आर्थिक वर्ष २०८२/०८३ र चालु आ.व.को भाद्र मसान्तसम्म सम्पन्न भएका कार्यहरूको लेखाजोखा तपाईहरू समक्ष प्रस्तुत गर्न उपस्थित भएका St | यस अवसरमा म नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट तर्जुमादेखि कार्यान्वयनसम्म निरन्तर मार्गदर्शन गर्नुहुने आदरणीय नगरप्रमुखज्यू, उपप्रमुखज्यू, वडाध्यक्षज्यूहरू तथा सम्पूर्ण जनप्रतिनिधिज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै, विकास निर्माणमा साझेदारी गर्नुहुने उपभोक्ता समिति, टोल विकास संस्था, विकास साझेदार, निजी क्षेत्र तथा समर्पित भावले काम गर्ने कर्मचारी साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। नगरपालिकाले "स्वच्छ शान्त पर्यटकीय नगर बुढानीलकण्ठ" भन्ने दीर्घकालीन सोचका साथ आवधिक योजना, मध्यमकालीन खर्च संरचना, वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत नगरको समग्र विकासलाई अघि बढाइएको छ। सार्वजनिक सुनवाई: आ.व. 200 2/0C3 र चालु आ.व. २०८२/०८४ WR मसान्त सम्मको वार्षिक प्रगति

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.