Notice Park
Agricultural Knowledge Centre, Parsa
Guidelines

व्यावसायिक उखु खेती प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

20days left
Deadline 25 Nov 2026

Summary

यस कृषि ज्ञान केन्द्र, पर्साको चालु आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रम रहेको हुँदा सो कार्यक्रम संचालन गर्न इच्छुक आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र अर्थात्‌ २०८३/०८/१० गते कार्यालय समय भित्र परियोजना प्रस्ताव सहित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Parsa
Industry
Agriculture
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss) - मधेश प्रदेश सरकार फोन नं. ०५१-५२१८७९ इमेल: [email protected] सूचना! सूचना!! वीर ' सूचना!!! व्यावसायिक उखु खेती प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति २०८३/०७/११ यस कृषि ज्ञान केन्द्र, पर्साको चालु आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रम रहेको हुँदा सो कार्यक्रम संचालन गर्न इच्छुक आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र अर्थात्‌ २०८३/०८/१० गते कार्यालय समय भित्र परियोजना प्रस्ताव सहित तपसिल अनुसारको कागजातहरु सहित निवेदन पेश गर्नका लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः १. सन्पूर्ण विवरण स्पष्ट रुपमा भरिएको अनुसूचि-२ बमोजिमको आवेदन तथा अनुसूचि-३ बमोजिमको कार्यक्रम प्रस्ताव फारम २. आवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. सम्बन्धित स्थानीय निकायको सिफारिस, ४. कृषक आवेदकको हकमा कम्तीमा १० कट्ठा, फार्मको हकमा २ विधा/कृषि समूह सहकारीको हकमा १५ विघा क्षेत्रफलमा उखु खती गरिरहेको वा गर्न इच्छुक जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि, ५. पेश गरेको जग्गा धनीपुर्जाको मालपोत तिरेको रसिद ६. चिनीमिलबाट प्राप्त हुने उखु बिक्री वितरण गरेको प्रमाण खुल्ने चलान पुर्जी वा सो सम्बन्धी अन्य कागजातहरुको प्रतिलिपि । ७. कृषक समूह सहकारी फर्मको हकमा संस्था दर्ता प्रमाण पत्र र नवीकरणको प्रतिलिपि, ८. कृषक समूह सहकारी फर्मको स्थायी लेखा नम्बर (pan) प्रमाण पत्रको प्रतिलिपि, ९, कृषक समूह सहकारी फर्मको हकमा गत आ.व. को लेखा परीक्षण प्रतिवेदन र गत आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, १०. कृषक समूह सहकारीको हकमा कार्यक्रम संचालन सम्बन्धी निर्णयको प्रतिलिपि र अख्तियारीनामा, संचालन हुने कार्यक्रमहरुः १. साना सिंचाई व्यवस्थापन २. यान्त्रिकरणः क) उखु खेतीमा यान्त्रिकरण प्रवर्द्धनको लागि सहकारी संस्थाको सहकार्यमा कष्टम हायरिङ्ग सेन्टर स्थापना एवं संचालन गरिने छ। ख) कृषकहरुको हकमा मिनि ट्रयाक्टर, बीउ/सेट्स काट्ने, खनजोत गर्ने, रोप्ने, गोडमेल गर्ने स्वचालित यन्त्र (मिनि टिलर, पावर टिलर आदि), wae Ser, खुट्टी व्यवस्थापन गर्न आवश्यक मेसिनरीहरु जस्तै एम.बी. पलाउ, ट्रेन्च रिजर, बर्ड चिपर, बर्ड कटर, केन प्लान्टर मेसिनहरुमा सहयोग उपलब्ध गराइनेछ। ३. घुसुवा बाली प्रवर्द्धनः उखु वालीमा घुसुवा बाली प्रवर्द्धनको लागि घुसुवा बाली प्रदर्शनी कार्यक्रम कम्तिमा १० कट्ठामा संचालन गरिने छ । घुसुवा बालीको लागि चाहिने बिउ, प्राञ्गारिक मल लगायत अन्य उत्पादन सामाग्री उपलब्ध गराइने छ। ४. क्षमता अभिवृद्धि: उखुबालीमा संलग्न कृषकहरुको प्राविधिक क्षमता अभिवृद्धिका लागि उखुबाली प्रवर्द्धन अन्तर्गत उत्पादन देखि बजारीकरण सम्मका विषयहरुमा तालीम प्रदान गरिने छ। ५. अन्य क्रियाकलापहरु मधेश प्रदेशको व्यावसायिक खेती परियोजना प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३ बमोजिम हुनेछ। नोटः अधिकतम्‌ अनुदान प्रतिशत मधेश प्रदेशको कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संसोधन २०७७) मा व्यवस्था भए बमोजिम हुनेछ।

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

20days left
Deadline 25 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.