Notice Park
Nepal Police
Gen Info

सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा सहयोग गर्न नेपाल प्रहरीको हार्दिक अनुरोध ।

Summary

विषय सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा सहयोग गर्न नेपाल प्रहरीको हार्दिक अनुरोध | मिति २०८३/०६/२३ गते बिहान करिब ०६:३३ बजे जिल्ला कास्की, पोखरा महानगरपालिका-२८, कालिकानस्थित ओख्लेभिरमा सौर्यमाझठानबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको स्कुल बस सडकबाट…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Police
Industry
Army/police
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ta | ०१-३७१४८०२ och oo Ext: नेपाल प्रहरी'ख्धान कार्यालय Tiss प्रहरी महानिरीक्षकको सचिवालय पो.ब.नं. soo नक्साल, काठमाडौं मिति :२०८३।००।२३ गते ने.सं.: ११४६ (०८३/०८४) aa. पत्र संख्या : प्रा.प.सं. विषय सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा सहयोग गर्न नेपाल प्रहरीको हार्दिक अनुरोध | मिति २०८३/०६/२३ गते बिहान करिब ०६:३३ बजे जिल्ला कास्की, पोखरा महानगरपालिका-२८, कालिकानस्थित ओख्लेभिरमा सौर्यमाझठानबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको स्कुल बस सडकबाट करिब २०० मिटर तल खस्दा चार जना विद्यार्थीसहित पाँच जनाको दुःखद मृत्यु हुनुका साथै १४ जना घाइते भएको घटनाप्रति नेपाल प्रहरी संगठन गहिरो दुःख व्यक्त गर्दछ । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ । उक्त दुर्घटनाको वास्तविक कारण तथा तथ्य पत्ता लगाउन छानबिन समिति गठन भई आवश्यक अनुसन्धान भइरहेको व्यहोरा अनुरोध छ। नेपाल सरकार, गृह मन्त्रालयको नीतिगत मार्गदर्शनमा नेपाल प्रहरीले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि नियमित जाँच, कानुनबमोजिम कारबाही, जनचेतनामूलक कार्यक्रम, आधुनिक प्रविधिको प्रयोग, जोखिमयुक्त सडकखण्डको निगरानी तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै आएको छ | सवारी जाँच तथा नियमनका क्रममा नागरिकमैत्री व्यवहार कायम गर्दै अनावश्यक अवरोध हुन नदिने र ट्राफिक नियम उल्लङ्घन गर्ने माथि कानुनबमोजिम कारबाही गरिएको छ। विद्यालय बस सञ्चालन गर्दा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन आवश्यक छ । विशेषगरी दशैँ तिहार, छठ लगायतका चाडपर्वमा यात्रु तथा सवारी चापमा वृद्धि भई दुर्घटनाको जोखिम समेत बढ्न सक्ने भएकाले सुरक्षित यात्राका लागि चालक, यातायात व्यवसायी, यात्रु तथा आम नागरिकको सक्रिय सहभागिता आवश्यकता पर्दछ । यसर्थ सम्भावित सवारी दुर्घटना रोकथामको लागि विद्यालय तथा सम्पूर्ण सवारी चालकहरूले ट्राफिक नियमको पूर्ण पालना गर्नुहुन, तीव्र गति, जथाभाबी ओभस्टेक तथा प्रतिस्पर्धात्मक र लापरवाहीपूर्ण रूपमा सवारी नचलाउनु हुन, मादक पदार्थ सेवन गरी सवारी नचलाउनु हुन, सडक तथा मौसमको अवस्थाको पूर्व जानकारी लिएर मात्र यात्रा गर्नु हुन, विशेषगरी पहाडी क्षेत्रका साँघुरा सडक, घुम्ती, उकालो-ओरालो तथा भिरपाखामा पूर्ण सावधानी अपनाउनु हुन, सवारीको यान्त्रिक अवस्था नियमित जाँच गर्नु हुन, क्षमताभन्दा बढी यात्रु तथा सामान नराख्नु हुन र लामो दूरीका सवारीमा प्रचलित मापदण्ड अनुसार दुई चालक तथा पर्याप्त विश्रामको व्यवस्था मिलाउनु हुन अनुरोध गरिएको छ | विद्यालय तथा बालबालिका ओसारपसार गर्दा निर्धारित सिट सङ्ख्याअनुसार मात्र विद्यार्थी ओसारपसार गर्न हुन, पुराना तथा सुरक्षा मापदण्ड विपरीतका सवारी साधनहरुको प्रयोग नगर्नु हुन र सवारीको सुरक्षा, चालकको योग्यता र सवारीको अवस्थाबारे विशेष ध्यान दिनु हुन समेत अनुरोध छ। Website: https://www.nepalpolice.gov.np, E-mail: phqigs: ‘Es lice.gov.np, [email protected]:..... फोन:-[ ११-३७१४८०२ 21 J A poe नेपाल प्रहरी Weitol कार्यालय — प्रहरी महानिरीक्षकको सचिवालय पो.ब.नं. goo । नक्साल, काठमाडौं पत्र संख्या : च.नं. :- : मिति: Waa. विषय : WRI तसर्थ दुर्घटना रोकथाम र नियन्त्रण गर्नु सबैको साझा जिम्मेवारी भएकाले सवारी नियमको पूर्ण पालना गर्न गराउन सम्पूर्ण यातायात व्यवसायी, सवारी चालक तथा सड्क प्रयोगकर्ताहरुले उल्लिखित कुराहरूमा विशेष ध्यान दिई बालबालिका सहित सबैको यात्रालाई सुरक्षित बनाउन सम्बन्धित सरोकारवाला सबैको सहयोग आवश्यक रहेकाले ee i योगदान पुच्याउन नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ | (अबि नारायण काफ्ले) प्रहरी नायव महानिरीक्षक केन्द्रीय प्रहरी प्रवक्ता Website: https://www.nepalpolice.gov.np, E-mail: [email protected], [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report