Notice Park
Nisdi Rural Municipality
Guidelines

महिला व्यावसायिक कृषि तथा पशु विकास कार्यक्रम संचालन सम्बन्धी कार्यविधि २०८३

Summary

महिला व्यावसायिक कृषि तथा पशु बिकास कार्यक्रम संचालन सम्बन्धी कार्यविधि, २०८३ निस्दी गाउँपालिका लुम्बिनी प्रदेश महिला व्यावसायिक कृषि तथा पशु बिकास कार्यक्रम संचालन सम्बन्धी कार्यविधि २०८३ प्रस्तावना निस्दी गाउँपालिकाको कृषि तथा पशुपन्छी क्षेत्रको आधुनिकीकरण र व्यावसायिक विकास मार्फत आर्थिक समृद्धि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nisdi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

निस्दी गाउँपालिका स्थानीय राजपत्र खण्ड : १० संख्या-५ मिति : 2063706798 भाग-२ निस्दी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मित्याल, पाल्पा लुम्बिनी प्रदेश, नेपाल महिला व्यावसायिक कृषि तथा पशु बिकास कार्यक्रम संचालन सम्बन्धी कार्यविधि, २०८३ निस्दी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लुम्बिनी प्रदेश २०८३ महिला व्यावसायिक कृषि तथा पशु बिकास कार्यक्रम संचालन सम्बन्धी कार्यविधि २०८३ प्रस्तावना निस्दी गाउँपालिकाको कृषि तथा पशुपन्छी क्षेत्रको आधुनिकीकरण र व्यावसायिक विकास मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ योजना तथा कार्यक्रमहरू तर्जुमा हुँदै आएका छन्‌। स्थानीय अनुकूलताका आधारमा अदुवा उत्पादन क्षेत्र विस्तार, उन्नत नश्च सुधारका लागि बाख्रा स्रोत केन्द्र स्थापना तथा उत्पादित उपजहरूको दिगो बजारीकरणका लागि सङ्कलन केन्द्र स्थापना लगायतका स्वरोजगारमूलक कार्यक्रमहरू सञ्चालन गरी वर्षभरि गुणस्तरीय उत्पादन सुनिश्चित गर्न, आधुनिक प्रविधि भित्र्याउन, ग्रामीण महिलाहरूलाई उच्चयमशीलतामा आबद्ध गराई उनीहरूको आर्थिक- सामाजिक सशक्तीकरण तथा नेतृत्व विकास गर्न, स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न र व्यावसायिक कृषि प्रणालीको विकास मार्फत गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन बाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ को अधिकार प्रयोग गरी निस्दी गाउँकार्यपालिकाको बैठकले यो कार्यविधि मिति २०८३ असोज २ गतेका दिन स्वीकृत जारी गरिएको छ। परिच्छेद १: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः क) यो कार्यविधिको नाम “महिला व्यावसायिक कृषि तथा पशु विकास कार्यक्रम संचालन सम्बन्धी कार्यविधि २०८३” रहेको छ। ख) यो कार्यविधि कार्यपालिकाबाट स्वीकृत भएको मिति देखि लागु हुनेछ। २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा क) “अनुदान” भन्नाले नेपाल सरकारबाट विनियोजित बजेट अनुसारको स्वीकृत कार्यक्रम बमोजिम कृषि/पशु क्षेत्रको उत्पादन, प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरण, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, विविधिकरण, व्यावसायीकरण, आधुनिकीकरण, औद्योगिकरण तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम संचालनका लागि छनौट भएका अनुदानग्राहीलाई प्रचलित कानून अनुसार लेखा राख्ने लगायतका वित्तीय उत्तरदायित्व वहन गर्ने गरी प्रदान गरिने आर्थिक सुविधा, वस्तुगत सहायता, पूर्वाधार विकास वा उपलब्ध गराइने कृषि सामग्री, उपकरण तथा अन्य सहायता सम्झनु पर्दछ। @) “अनुदानग्राही” भन्नाले यस कार्यविधि बमोजिम छनौट भएका लाभग्राही महिला कृषक, महिला कृषि vat, महिला कृषक समूह, महिला कृषि सहकारी, र महिला कृषि व्यावसायी सम्झनुपर्दछ। ग) “कार्यक्रम” भन्नाले “महिला व्यावसायिक कृषि तथा पशु बिकास कार्यक्रम” सम्झनुपर्दछ। घ) “अध्यक्ष” भन्नाले निस्दी गाउँपालिकाको अध्यक्षलाई सम्झनुपर्दछ। ङ) “उपाध्यक्ष” भन्नाले निस्दी गाउँपालिकाको उपाध्यक्षलाई सम्झनुपर्दछ। च) “कार्यपालिका” भन्नाले निस्दी गाउँ कार्यपालिकालाई सम्झनुपर्दछ। छ) “कार्यलय” भन्नाले निस्दी गाउँकार्यपालिकाको कार्यालयलाई सम्झनुपर्दछ। ज) “मन्त्रालय” भन्नाले संघीय कृषि, वन तथा पर्यावरण मन्त्रालय सम्झनुपर्दछ। झ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले निस्दी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्दछ ज) “शाखा” भन्नाले कृषि विकास शाखा/पशु सेवा शाखा भनेर सम्झनुपर्दछ। ट) "महिला उच्चयमी/कृषक" भन्नाले व्यावसायिक कृषि तथा पशुपालन व्यवसायमा आबद्ध महिला वा महिला मात्र सदस्य रहेका समूह/सहकारी सम्झनु पर्छ। ठ) “महिला कृषक समूह” भन्नाले कृषि पेशामा संलग्न भई मिल्दाजुल्दा समस्या आवश्यकता र चाहानाहरु भएका न्यूनतम १५ वा सो भन्दा बढी व्यक्तिहरु मिलेर सामुहिक प्रयत्ृद्वारा कृषि क्षेत्रमा साझा उद्देश्यहरु प्राप्त गर्न स्थापना भई निस्दी गाउँपालिकामा दर्ता भएका समूहलाई सम्झनुपर्दछ। ड) “फार्म” भन्नाले प्रचलित कानून अनुसार दर्ता भएका निजि क्षेत्रका महिला व्यावसायी/उघमीको संस्थालाई सम्झनुपर्दछ। ढ) “अनुगमन समिति” भन्नाले कार्यविधिमा उल्लेखित दफा १३ बमोजिम गठित समिति भनेर सम्झनुपर्दछ। ३. कार्यक्रमको उद्देश्यः क) निस्दी गाउँपलिकलाई खाद्य सुरक्षा तथा कृषिमा आत्मनिर्भर बनाउनका लागि व्यावसायिक कृषि प्रणालीको विकास गर्ने।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.