Notice Park
Umakunda Rural Municipality
Guidelines

कार्यसञ्चालन (पहिलो संसोधन) निर्देशिका २०८३

Summary

उमाकुण्ड गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन उमाकुण्ड गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्न बनेको ऐन, २०७५ को दफा ४ बमोजिम गाउँ कार्यपालिकाले यो निर्देशिका जारी गरेको छ । संक्षिप्त नाम र प्रारम्भ १. सङ्क्षिप्त नाम र प्रारम्भः- (क) यो निर्देशिकाको नाम “उमाकुण्ड गाउँपालिकाको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Umakunda Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उमाकुण्ड गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ संसोधन १। उमाकुण्ड गाउँपालिकाको कार्यसञ्चालन (पहिलो संसोधन) निर्देशिका, २०८३ कार्यपालिकाबाट स्वीकृतः २०८३।०६।०७ उमाकुण्ड गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन उमाकुण्ड गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्न बनेको ऐन, २०७५ को दफा ४ बमोजिम गाउँ कार्यपालिकाले यो निर्देशिका जारी गरेको छ । परिच्छेद- १ संक्षिप्त नाम र प्रारम्भ १. सङ्क्षिप्त नाम र प्रारम्भः- (क) यो निर्देशिकाको नाम “उमाकुण्ड गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७” रहेको छ। (ख) यो निर्देशिका तत्काल लागु हुनेछ | २. परिभाषा र व्याख्याः- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:- (क) "कर्मचारी" भन्नाले गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई जनाउँछ। (ख) "प्रशासनिक खर्च" भन्नाले तलब, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, बीमा, चियापान, कार्यशाला/तालिम/गोष्ठी/ सेमिनार जस्ता कार्यक्रम तथा अतिथी सत्कार खर्च लगायतमा हुने दैनिक खर्चलाई जनाउँछ । (ग) "पदाधिकारी" भन्नाले गाउँ कार्यपालिकाका पदाधिकारीहरुलाई जनाउने छ सो शव्दले गाउँ सभाका सदस्यहरुलाई समेत जनाउँछ। (घ) "बैठक" भन्नाले गाउँसभा वा गाउँ कार्यपालिका वा विषयगत समितिहरु वा वडा समिति वा कुनै कानुनी वा नीतिगत ब्यवस्था बमोजिम गठित समिति वा कार्यदलहरुको बैठक सम्झनु पर्दछ । [ड) "मन्त्रालय" भन्नाले भूमि व्यवस्था, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ। परिच्छेद-२ बैठक भत्ता सम्बन्धी व्यवस्था ३. बैठकः(१) गाउँपालिकामा हुने बैठकमा सहभागीहरुले संघीय तथा प्रदेश कानुनमा तोकिएको अवस्थामा सोही बमोजिम र सङ्घ तथा प्रदेश कानूनमा नतोकिएको अवस्थामा देहाय बमोजिम बैठक भत्ता तथा अन्य सुविधा पाउनेछन्‌ । (क) (खो (7) (a) (ड) () प्रचलित कानून तथा वार्षिक कार्यक्रम बमोजिम गठित समिति वा कार्यदलको बैठकका लागि मात्र वैठक भत्ता उपलव्ध गराउन सकिनेछ । समिति वा कार्यदल गठन गर्दा नै बैठक भत्ता तथा खाजा सुविधा उपलब्ध गराउने गरी निर्णय भएको अवस्थामा मात्र बैठक भत्ता तथा खाजा सुविधा उपलब्ध हुनेछ। कार्यालयले कार्यसूची तोकिएको वा एजेण्डा किटान भएको विषयमा मात्र बैठक राख्नु पर्नेछ । कार्य प्रकृति अनुसार सकेसम्म मितव्ययी हुने गरी बैठक राम्नु पर्नेछ । समिति वा कार्यदलका कूल सदस्य बाहेक बढीमा ३ जनाको सङ्ख्यामा विज्ञ, आमन्त्रित सदस्य वा कर्मचारीलाई मात्र यस निर्देशिका बमोजिम बैठक भत्ता उपलब्ध गराइनेछ। न्यायिक समितिको नियमित बैठकलाई यस निर्देशिकाको प्रयोजनका लागि बैठक मानिने छैन । कार्यालयमा बिदा लिएको दिन वा अनुपस्थित भएको दिन बैठक भत्ता पाउने छैन। (२)उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यालय समयमा बसेको बैठकको बैठक भत्ता उपलब्ध गराइने छैन। ४. बैठक खर्च सम्बन्धी ब्यवस्थाः(१)समिति तथा कार्यदलका पदाधिकारी तथा कर्मचारीहरुले देहाय बमोजिम प्रतिव्यक्ति बैठक भत्ता पाउने छन । (क) (खो (7) (a) अध्यक्ष, उपाध्यक्ष वा अन्य पदाधिकारीको अध्यक्षतामा हुने बैठकमा प्रति वैठक एक हजार रुपैयाका दरले बैठक भत्ता उपलव्ध गराइनेछ । प्रमुख प्रशासकीय अधिकृत वा अन्य कर्मचारीको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक एक हजार रुपैयाका दरले बैठक भत्ता उपलव्ध गराइनेछ । यस नियममा जुनसुकै कुरा लेखिएको भएतापनि एक व्यक्तिले एक दिनमा वढीमा ३ वटा बैठकको मात्र बैठक भत्ता उपलब्ध गराइनेछ । बैठक भत्तामा नियमानुसार कर कट्टी हुनेछ | (२) बैठकमा सहभागी व्यक्तिहरुको पानी तथा खाजा खर्च वापत बढीमा प्रति व्यक्ति तीन सय रुपैयाँसम्म खर्च गर्न सकिने छ । परिच्छेद-३ खाजा तथा अतिथि सत्कार खर्च सम्बन्धी व्यवस्था ५. खाजा/खाना खर्च: देहायको अवस्थामा कर्मचारीलाई खाजा / खाना खर्च उपलव्ध गराउन सकिनेछ | (क) कार्यालय समयमा सम्पादन हुन नसक्ने भनी प्रमुख प्रशासकीय अधिकृतले तोकेको निर्दिष्ट कामको लागि मात्र कार्यालय समय अघि वा पछि बैठक राख वा कार्यालयको अन्य काममा लगाउन सकिनेछ । प्रमुख प्रशासकीय अधिकृतको स्वीकृति बिना राखिएको बैठकको बैठक भत्ता, खाजा खर्च भुक्तानी हुने छैन। कार्यालय समय वाहेक कम्तिमा दुईघण्टा अतिरिक्त समय कार्य गरेको अवस्थामा मात्र खाजा खर्च गर्न उपलब्ध गराइनेछ। 2

Like

0

Views

0

Comments

0

Share

0

Save

Report