Notice Park
Ghodaghodi Municipality
Tender/Bids

कवाडी कर सम्बन्धी बोलपत्र पेश गरेको निवेदन

Deadline 12 Oct 2026The deadline has passed.

Summary

श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृत ज्यू घोडाघोडी नगरपालिका, सुखड, कैलाली महासय, हामीले बोलपत्र सम्बन्धी सुचनामा समावेश भएका शर्तहरु अध्ययन गर्यौ । प्रस्तुत कवाडी कर संकलन गर्न हाम्रो मन्जुरी भएकोले यो बोलपत्र पेश गरेका छौ । प्रस्तुत कामको लागि सबैभन्दा घटी कबोल गर्ने वा कुनै पनि बोलपत्रदाताको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghodaghodi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

घोडाघोडी नगरपालिका नगरकार्यपालिकाको कार्यालय सुखड, कैलाली सुदुरपश्चीम प्रदेश, नेपाल कवाडी कर आ.व.२०८२।०८४ कवाडी कर सम्बन्धी बोलपत्र पेश गरेको निवेदन (बोलपत्रदाता फर्म संस्था वा कम्पनीको छाप) मिति: २०८३/ / श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृत ज्यू घोडाघोडी नगरपालिका, सुखड, कैलाली महासय, हामीले बोलपत्र सम्बन्धी सुचनामा समावेश भएका शर्तहरु अध्ययन गर्यौ । प्रस्तुत कवाडी कर संकलन गर्न हाम्रो मन्जुरी भएकोले यो बोलपत्र पेश गरेका छौ । प्रस्तुत कामको लागि सबैभन्दा घटी कबोल गर्ने वा कुनै पनि बोलपत्रदाताको बोलपत्र स्विकृत गर्न खरिदकर्ता बाध्य नभएको कुरा हामीले बुझेका छौ | हामी खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्ताबित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा सजाय नपाएको घोषणा गर्दछौ । यसै साथ संलग्न भएको फेहरिस्त बमोजिमका कागजातहरु बोलपत्रसाथ पेश गरेका ive । फर्म संस्था वा कम्पनीको तर्फबाट: हस्ताक्षर गर्ने अधिकारिक व्यक्तिको नाम: We: बोलपत्र पेश गर्ने फर्म, संस्था वा कम्पनीको नामः antl नगरकार्यपालिकाको कार्यालय सुखड, कैलाली सुदुरपश्चिम प्रदेश, नेपाल तेश्रो पटक प्रकाशित मिति: २०८३।०६।१८ गते यस घोडाघोडी नगरपालिकाको निर्णय अनुसार स्थानीय तहको अधिकार क्षेत्र भित्र रहेका देहायका शिर्षकमा राजश्व असुली सम्बन्धी कार्य आ.व. २०८३।०८४ को लागि ठेक्का द्धारा गराउन यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र कानूनी प्रक्रिया पुरा गरी ईच्छुक फर्म/कम्पनीहरुले दरभाउ पत्र खरिद गरी देहायको मिति र समय भित्र टेण्डर बोलपत्र यस कार्यालयमा पेश गर्नहुन सूचना प्रकाशन गरिएको छ । अन्य थप जानकारीको लागि यस कार्यालयको सूचना पाटी, यस कार्यालयको वेवसाईट www.ghodaghodimun.gov.np तथा कार्यालय समय भित्र घोडाघोडी नगरपालिका कार्यालयको राजश्व शाखामा सम्पर्क गर्न सकिनेछ । ठेक्का विवरण: आय ठेक्का नं. | उठाउनु पर्ने | न्यूनतम ठेक्का अंक धरौटी बोलपत्र सूचनाको राजश्व (मु.अ. कर तथा अन्य फारम दस्तुर | अवधि शिर्षक कर बाहेक) रु. IREVIGM | कवाडी कर २८,६५,५५५.००/- | कवोल अंकको ५ | रु. ३०००/- | ७ दिन 0/01/083/ (अठ्ठाइस लाख fash | प्रतिशत भ्याट 084 हजार पाच सय सहित पचपन्न रुपिया मात्र) ठेक्का सम्बन्धी शर्तहरु: १. यस कार्यालयबाट प्रकाशित सूचना अनुसार माथि उल्लेखित ठेक्कहरुको लागि बोलपत्र दाखिला गर्न सकिनेछ । बोलपत्र पेश गर्दा बोलपत्रसाथ धरौटी बापत आफुले कबोल गरेको अंकको नेपाली नागरिक भए पाच (५) प्रतिशत र विदेशी नागरिक भए दश (१०) प्रतिशत यस कार्यालयको नाममा मा कृषि विकास बैंक, सुखड शाखामा रहेको धरौटी खाता नं. ०८२२३००४१११५१०९९ जम्मा गरेको बैंक भौचर प्रतिलिपि पेश गर्नु पर्नेछ वा सो बराबरको रकम “क” वर्गको बैंकवटा जारी गरिएको धरौटी जामनत पेश गर्नु पर्नेछ । २. ठेक्का अवधि सम्झौता भएको मिति देखि २०८४ साल अषाढ मसान्त सम्म लागु हुनेछ । ३. यो सूचना प्रकाशित भए बमोजिम खरिद भएका बोलपत्रहरु २०८३।०६।२६ गते १२:०० बजे भित्र दाखिला गरि सक्नुपर्नेछ र सोही दिन २:०० बजे बोलपत्र खोलिनेछ । प्राप्त बोलपत्रहरु सोही दिनको २:०० a cob Ke वजे घोडाघोडी नगरपालिकाको कार्यालयमा दरभाउपत्रदाताको रोहवरमा खोलिनेछ । बोलपत्रदाताहरुको उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खरिद गर्ने अन्तिम दिन, दर्ता गर्ने तथा खोल्ने दिन सार्वजनिक विदा परेमा क्रमसः सो को भोलीपल्ट सोही समयमा बोलपत्र खरिद, दर्ता तथा खोल्ने कार्य गरिनेछ I ४, बोलपत्र फारम दर्ताको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि र आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप, फर्मको ठेगाना र व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ। ५, कबोल रकम अंक र अक्षरमा प्रष्ट लेख्नुपर्नेछ | अंक र अक्षरमा फरक परेमा अक्षर मान्यता दिईनेछ | ६. बोलपत्र स्वीकृत भएपछि स्वीकृत रकम को रकम बराबरको रकम वा सोहि बमोजिम हुने गरी एघार महिना अवधिको मान्यताप्राप्त बैंकबाट जारी गरिएको कार्य सम्पादन जामनत (परफरमेन्स बोन्ड) प्राप्त भएपछि ठेक्का पाउने सबै सर्तहरु खुलाई सम्बन्धित ठेकेदार संग काबुलियत गराईने छ । ७. सम्झौता गर्दा अग्रिम एकमुष्ट रकम दाखिला गरेमा स्वीकृत अंकको ५% छुट दिईनेछ ।यदि ठेक्का रकम किस्ता बन्दीमा बुझाउन चाहेमा तीन किस्ता भित्रमा रकम बुझाई सक्नु पर्नेछ । सम्झौता गर्दा पहिलो किस्ता वाफत ४०% रकम सम्झौता गरेकै समयमा अनिवार्य बुझाउनु पर्नेछ | बाँकी किस्ताको हकमा ३० % ले हुने रकम २०८३ पौष मसान्त भित्र र बाँकी ३० % प्रतिशति हुने रकम २०८४ जेठ मसान्त भित्र कार्यालयमा बुझाई सक्नु पर्नेछ । ८. कार्य सम्पादन जामनत (परफरमेन्स बोन्ड) राखिएको हकमा नौ (९) महिनाभित्र वार्षिक रकम चुक्ता गरी सक्नु पर्नेछ | सम्झौता बमोजिम किस्ता रकम नबुझएमा ठेकेदारले राखेको बैँक ग्यारेन्टीबाट किस्ता असुल उपर गर्ने वा ठेक्का बदर गर्न सक्नेछ । यस कुरामा ठेकेदारले कुनै उजुरी आपत्ति गर्न पाउने छैन । ९, नियमानुसार नेपाल सरकारलाई बुझाउनुपर्ने मु.अ.कर, अग्रिम आय कर लगायतका सम्पूर्ण करहरु ठेकेदार स्वयम्‌ आफैले व्यहोर्नु पर्नेछ । तसर्थ यस ठेक्का अंकमा त्यस्ता कुनै पनि कर रकमहरु समावेश गरिएको छैन । १०. ठेकेदारले ठेक्का सम्झौता पछि यस नगरपालिकालाई बुझाउनु पर्ने रकममा कुनै किसिमको मिनाहको लागि दावी गर्न पाईनेछैन । ११. सर्त राखिएको वा रित नपुगेको बोलपत्रलाई मान्यता दिईने छैन । १२. रकम असुलीको लागि कार्यालयले तोकिदिएको भन्दा फरक हुने गरी कर, शुल्क लिएको पाइयमा वा ठहरेमा बढी उठाएको रकम फिर्ता गर्न लगाई जरिवाना गरी कार्यालयले ठेक्का समेत बदर गर्न सक्नेछ । यसलाई लिएर कुनै दाबी बिरोध गर्न पाईनेछैन । १३. ठेक्का अवधिभर ठेक्का संचालन गर्दा यस नगरपालिकालाई कुनै किसिमको हानी नोक्सानी पुर्याएमा सोको हर्जाना समेत ठेकेदारबाट असुल गरिने छ | १४. बोलपत्र स्वीकृत भएको जानकारी पाएको १५ (पन्ध्र) औ दिनभित्र तोकिएको अंक बराबरको रकम सहित कवुलियत गर्न वा पट्टा पुर्जी लिन नआएमा बोलपत्र पेश गर्दा राखेको धरौटी जफत गरी अन्य व्यवस्था गरिनेछ | १५, ठेकिएको रकम असुल गर्दा लाग्ने जनशक्ति लगाएतको सम्पूर्ण कुराको व्यवस्था ठेकेदार आफूले नै गर्नु पर्नेछ । रसिदको नमुना कार्यालयले तोके बमोजिमको ढाचामा ठेकेदारको तर्फबाट छपाउनु पर्नेछ । रसिद कार्यालयमा अभिलेख राखी, छाप लगाएर प्रमाणित गरी प्रयोग गर्नु पर्नेछ । Ke 2 1 gee OD 0 a = ase

Like

0

Views

0

Comments

0

Share

0

Save

Report