मखान खेती प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
Summary
यस कृषि ज्ञान केन्द्र, सर्लाहीको चालु आ. व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार "मखान खेती प्रवर्द्धन कार्यक्रम" सञ्चालन गर्न यस जिल्लाभित्रका इच्छुक कृषक/उच्यमी/कृषक समूह/कृषि सहकारीहरुले प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र माग गरिएका आवश्यक कागजातहरु सहित तोकिएको ढाँचामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9eae013c-5def-4fee-8f29-98568d7fd318.pdfPDF · 1 page · 514 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Sarlahi
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
श प्रदेश सरकार फोन नं. ; ०४६-५२००३० oo सहकारी मन्त्रालय Email : [email protected] स निर्देशनालय Website : sarlahi.ake.gov.np QO ज्ञान केन्द्र Pk AI) Se A | करका नक कक" सख्या : OGR/OGY her Tat ATATa, सर्लाही सूचना ! सूचना !! सूचना Ml सूचना नं. ०९/२०८३-८४ मखान खेती प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी विस्तृत सूचना प्रथम पटक प्रकाशित मिति २०८३।०६।२३ यस कृषि ज्ञान केन्द्र, सर्लाहीको चालु आ. व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार "मखान खेती प्रवर्द्धन कार्यक्रम" सञ्चालन गर्न यस जिल्लाभित्रका इच्छुक कृषक/उच्यमी/कृषक समूह/कृषि सहकारीहरुले प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र माग गरिएका आवश्यक कागजातहरु सहित तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातहरु: १. कृषि ज्ञान केन्द्रले तोकेको ढाँचामा सम्पूर्ण विवरण स्पष्ट रुपमा भरिएको प्रस्तावना फारम । २. कृषकको हकमा निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ३. कृषक समूह/ कृषि सहकारीको हकमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा नवीकरण, आ. व. २०८२/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धीत कृषक समूह/ कृषि सहकारीको कार्यक्रम माग सम्बन्धी निर्णयको प्रतिलिपि । ४. कृषक समूह/सहकारीको हकमा प्रस्ताव पेश गर्न जिम्मेवारी दिई खटाइएका पदाधिकारीको अख्तियारी पत्र तथा संचालक समितिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ५. मखान खेती गरिरहेको कम्तीमा ५ (पाँच) कट्ठा क्षेत्रफलको स्पष्ट देखिने जग्गा धनीको लालपुर्जाको प्रतिलिपि । ६. जग्गा लिजमा लिएको अवस्थामा कम्तीमा ५ वर्षको करारनामा पत्र र जग्गाधनीको नागरिकताको प्रतिलिपि | ७. जग्गा धनी प्रमाणपत्रको आ. व. २०5२/८३ को मालपोत तिरेको रसिदको प्रतिलिपि । ८. सम्बन्धीत वडा कार्यालय वा स्थानीय तह कृषि विकास शाखाको सिफारिस | ९. समान प्रकृतिको कार्यको लागि यस निकाय वा अन्य कुनै निकायबाट यस आर्थिक वर्ष वा विगत २ आर्थिक बर्ष भित्र अनुदान नलिएको, माग गरेको योजनाको लागत स्टिमेट, कार्य योजना, स्रोत सुनिश्चितता र आफ्नो लगानी अनुपातको प्रतिबद्धतापत्र/स्वघोषणापत्र लगायत अन्य आवश्यक कागजातहरु | > अनुदान प्रवाह गर्न सकिने कार्यहरु ० मखान खेतीको लागि उपयोगी औजार उपकरण तथा पूर्वाधार निर्माणमा सहयोग | ० तालिम तथा क्षमता अभिवृद्धि ० प्रविधि प्रदर्शन > यस कार्यक्रमको स्वीकृत बजेटको परिधि भित्र रहि कार्यक्रम सञ्चालन गरिने छ । > यस कार्यक्रम अन्तर्गत स्वीकृत बजेट र कार्यक्रम सञ्चालन कार्यविधि परिमार्जन/संशोधन, थप/घट भएमा सोही अनुसार हुनेछ | गत आ. व. मा अनुदान नपाएका, उन्नत प्रविधि अवलम्बन गरेका व्यावसायिक खेती गर्ने, बढी लागत सहभागिता भएका व्यक्ति तथा संस्थालाई प्राथमिकता दिइनेछ । 9 रीत नपुगेका, म्याद नाघी प्राप्त भएका, झुट्टा बिवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बखत आवेदन रद्द हुनेछ | > रीत नपुगेका प्रस्तावहरु छनौटका लागि समावेश/स्थलगत निरीक्षण गरिने छैन । > यो कार्यक्रम कृषि विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३ र कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६, (पहिलो संशोधन २०७७) मा व्यवस्था भए बमोजिम हुनेछ । > प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने लगायत यस सूचनासँग सम्बन्धीत सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ | > कार्यालयले थप आवश्यक कागजात माग गर्न सक्ने छ, ती आवश्यक कागजात बुझाउन नसकेमा 'छनौट/सम्झौता/भुक्तानी गरिने छैन। नोटः विस्तृत जानकारीको लागि, कृषि ज्ञान केन्द्र सर्लाही, बाली विकास अधिकृत श्री कबिन्द्र सिंह ठगुन्ना (९७०२६२६४८९), कृषि अर्थ विज्ञ श्री ममता साह (९७६८६२५२३७) प्राविधिक सहायक श्री नवीन कुमार अधिकारी (९५४८२९११२७) लाई सम्पर्क गर्न सकिने छ । साथै कार्यक्रम संचालन सम्बन्धी विस्तृत सूचना यस कार्यालयको फेसबुक पेज र वेवसाइट hups//sarlahiakeeovnp मा हेर्न सकिनेछ | Vag alton सिंह san बालि विकारा अघिकूत (साई कमलदेव प्रसाद कुशवाहा प्रमुख (दशौँ तह) CamScanner