Notice Park
Malika Rural Municipality
Acts & regulations

आर्थिक ऐन, २०८३ ले करदातालाई प्रदान गरेको विशेष छुट, सुविधा र सहुलियत सम्बन्धी आन्तरिक राजस्व कार्यालय, बागलुङको सूचना ।।

Summary

आर्थिक ऐन, २०८३ ले करदातालाई प्रदान गरेको विशेष छुट, सुविधा र सहुलियतको दफावार बिस्तृत विवरण यसै सूचनाका साथमा संलग्न रहेको छ । सम्पूर्ण करदातामा उक्त विवरण अध्ययन गरी आफूलाई उपयुक्त हुने छुट, सुविधा वा सहुलियत लिनका लागि यथाशीघ्र कार्यालयमा सम्पर्क गरी निवेदन पेश गर्नुहुन अनुरोध छ। ॥ केही छुट तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Malika Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक ऐन, २०८३ ले करदातालाई प्रदान गरेको विशेष छुट, सुविधा र सहुलियत सम्बन्धी आन्तरिक राजस्व कार्यालय, बागलुङको सूचना ! सूचना प्रकाशित मिति:- २०८३/०६/०२ आर्थिक ऐन, २०८३ ले करदातालाई प्रदान गरेको विशेष छुट, सुविधा र सहुलियतको दफावार बिस्तृत विवरण यसै सूचनाका साथमा संलग्न रहेको छ । सम्पूर्ण करदातामा उक्त विवरण अध्ययन गरी आफूलाई उपयुक्त हुने छुट, सुविधा वा सहुलियत लिनका लागि यथाशीघ्र कार्यालयमा सम्पर्क गरी निवेदन पेश गर्नुहुन अनुरोध छ। ॥ केही छुट तथा सुविधाको म्याद यही सम्वत्‌ २०८३ साल असोज मसान्तसम्म मात्र कायम रहने, केही असोज मंसिर मसान्त सम्म मात्र रहेको र बाँकी छुट, सुविधाको म्याद यही सम्वत्‌ २०८३ साल पुष मसान्तसम्म मात्र कायम रहने भएकोले सम्बन्धित सबै करदातालाई अन्तिम म्यादको प्रतिक्षा नगरी यथाशक्य छिटो निवेदन पेश गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि:- ५ गी कार्यालयको सम्पर्क नं. :- ०६८-५२०१२९ वेबसाइटः- https://ird.gov.np/office/irobaglung कपिल सिलवाल इमेलः- [email protected] प्रमुख कर अधिकृत कर प्रणालीको सार लगानीको आधार फोन नं.:- ०६८-५२०१२९ इमेलः- [email protected] वेवसाइटः:- https://ird.gov.np/office/irobaglung आर्थिक ऐन, २०८३ ले करदातालाई प्रदान गरेका छुट, सुविधा र सहुलिय [दफा | व्यवस्था २५ । राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउनेः कुनै व्यक्ति वा संस्थाले आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकम सो आय वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउनेछ | २६ | व्यापार मौज्दातको नोक्सानी सम्बन्धी विशेष व्यवस्था : जेनजी आन्दोलनको क्रममा प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानको नोक्सान भएको व्यापार मौज्दातको बीमा नभएको हकमा नोक्सानीको सर्जमिन मुचुल्का सहितको Hearsay आधारमा सम्बन्धित व्यक्ति स्वयम्ले मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३९क. को उपनियम (१) को खण्ड (क) मा उल्लिखित समयभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा नोक्सानीको विवरण सहितको जानकारी गराएको अवस्थामा आर्थिक वर्ष २०८२/८३ को लागि आयकर ऐन, २०५८ को दफा १५ बमोजिम व्यापार मौज्दातको लागत खर्च कट्टी तथा त्यस्तो वस्तुमा तिरेको कर मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ बमोजिम कट्टी गर्न सक्नेछ । २८ | वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण वा सेवा प्रदायक व्यक्तिलाई आयकर छुट सम्बन्धी विशेष व्यवस्थाः नेपाल सरकार र दातृ निकायबीच सम्पन्न वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाको काम गर्ने गैर बासिन्दा व्यक्ति तथा त्यस्तो व्यक्तिको नेपालमा शाखा दर्ता भएको वा नेपालस्थित विदेशी स्थायी संस्थापनको रूपमा दर्ता रहेको निर्माण बा सेवाप्रदायक व्यक्तिको आयमा त्यस्तो वैदेशिक सहायता सम्झौता वा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम जारी भएको कार्यान्वयनपत्र अनुसार आयकर छुट हुने व्यवस्था रहेको भएमा आर्थिक वर्ष २०८२/८३ भन्दा अघिका आर्थिक वर्षको आयमा आयकर छुट हुनेछ र त्यस्तो आयमा आयकर ऐन, २०५८ को अनुसूची-१ को दफा २ को उपदफा (६) बमोजिम लाग्ने कर समेत छुट हुनेछ । ३० | साविकका बिक्री कर, मनोरञ्जन कर, होटल कर,ठेक्का कर रकम वा आयकरको दस्तुर, शुल्क, व्याज, जरिबाना मिनाहासम्बन्धी विशेष व्यवस्था (१) अन्तःशुल्क ऐन, २०१५ बमोजिम बक्यौता रहेको अन्तःशुल्क र मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले प्रतिस्थापन गरेका होटल कर, मनोरञ्जन कर, ठेक्का कर र बिक्री कर बापत रहेको बक्यौता रकम मिनाहा हुनेछ। (२) आयकर ऐन, २०३१ बमोजिम कर निर्धारण भई बक्यौता रहेको तर त्यस्तो बक्यौता राख्ने व्यक्तिले स्थायी लेखा नम्बर नलिएको र आय आर्जन कार्यमा संलग्न समेत नरहेको भए त्यस्तो बक्यौता सम्बन्धित कार्यालयले लगत कट्टा गर्न सक्नेछ | ३१ | विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्था: (१) कुनै व्यक्तिले संवत्‌ २०८२ भदौ २ गतेभन्दा अघि कानून बमोजिम सुन तथा सुनको गरगहनामा लगाइएको बिलासिता शुल्क र हीरा, जबाहरात, रत्न तथा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर सम्बन्धित बिक्रेताले बिक्रीमा सङ्कलन नगरेको भएमा स्वतः मिनाहा हुनेछ र सोको विवरण समेत पेश गर्नुपर्ने छैन। (२) आर्थिक वर्ष २०८२/८३ बा सोभन्दा अगाडि कुनै व्यक्तिले सुन तथा चाँदीको गरगहना लगायतका अन्य भाँडाकुँडा वा मूर्तिजन्य वस्तु निर्माण तथा मर्मतको कारोबारमा कानून बमोजिम मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा असुल नगरेको भए सो रकम र सोमा लाग्ने ब्याज, थप दस्तुर तथा जरिबाना मिनाहा हुनेछ र त्यस्ता व्यक्तिले कर विवरण समेत पेश गर्नुपर्ने छैन।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report