रोहिणी गाउँपालिका कार्यालय धकधई, रुपन्देहीबाट जारी भएको विपद् व्यवस्थापन सम्बन्धी जरूरी सूचना ।

Summary
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बंगालको खाडीमा बिकसित न्यून चापीय प्रणालीका कारण मिति २०८३ असोज ९ गतेदेखि ११ गतेसम्म यस रोहिणी गाउँपालिका क्षेत्रमा समेत हावाहुरी र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यसका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0e1f478f-5f7e-4c4e-96c4-78d771ecd806.jpegJPEG · 640×910 · 101 KBOpen
Key details
- Organization
- Rohini Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Se रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धकथधई, Gor प्रदेश, नेपाल प.सं. २०८३/०८४ ene, & ००१-४११०४७ © www.rohinimun.gov. च.नं. eat छर, छ _ चरन कु लाउयकयाावियाता a मिति २०८३।०६।०८ रोहिणी गाउँपालिका कार्यालय धकधई, रुपन्देहीबाट जारी भएको विपद् व्यवस्थापन सम्वन्धी जरुरी सूचना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बंगालको खाडीमा बिकसित न्यून चापीय प्रणालीका कारण मिति २०८३ असोज ९ गतेदेखि ११ गतेसम्म यस रोहिणी गाउँपालिका क्षेत्रमा समेत हावाहुरी र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यसका कारण रोहिणी, बधेला, महाव लगायतका नदी तथा साना खोलाहरूमा बाढी, डुबान र कटानको उच्च जोखिम रहने भएकाले सम्भावित जोखिमबाट बचन र बचाउन सम्पूर्ण पालिकावासीहरूमा देहाय बमोजिमका पूर्वसावधानी तथा सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गरिन्छ: १. गैर-आवश्यक यात्रा नगर्नुहुनः उक्त अवधिमा अति आवश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्नुहुन र जोखिमयुक्त क्षेत्रमा जानै परे विशेष सावधानी अपनाउनुहुन। २. विशेष संरक्षण र समन्वय: बाढी तथा डुबानको जोखिममा रहेका क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूले स्थानीय सुरक्षा निकाय, जनप्रतिनिधि र विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही पूर्वतयारीका साथ सुरक्षित रहनुहुन। ३. सुरक्षित स्थानमा स्थानान्तरण: नदी, खोला किनार तथा डुबानको उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरूले समयमै सुरक्षित स्थान वा गाउँपालिकाले तोकेका आश्रयस्थलहरूमा स्थानान्तरण भई सजगता अपनाउनुहुन | | ४. आपतकालीन सम्पर्क: कुनै पनि बाढी, डुबान वा विपद्को घटना घटेमा वा उद्धारको आवश्यकता पेरेमा तुरुन्त नजिकैको प्रहरी चौकी, वडा कार्यालय वा देहायको नं. मा सम्पर्क गर्नुहुन | | सम्पर्क विवरण - १) अध्यक्ष श्री विद्या यादव : ९८५७०२०७३६ २)प्रवक्ता श्री विर बहादुर क्षेत्री : ९८४७०२३१५७ 3) प्र.प्र.अ. श्री जगत बहादुर बस्नेत : ९८५७०१७०९७ ४) इ.प्र,का धकधई : ९८५७०१८१५० ५) विपद् व्यवस्थापन शाखा प्रमुखः ९८५७०१०५२२ ॥ ला प्रमुख a अधिकृ जगत बहादुर 5 "स्वच्छ रोहिणी समृद्ध रोहिणी" "