७ राप्ती सोनारी गाउँपालिकाको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०८३ कानुन २०८३-०६-०५ ६३२.११ के.बि
Summary
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित संघीय, प्रदेश र स्थानीय कानूनद्वारा गाउँपालिकालाई प्राप्त अधिकारको प्रयोग गर्दै गाउँपालिकाको अधिकारक्षेत्रभित्र रहेका नदी, खोला, खहरे, नदी उकास तथा जलाधार क्षेत्रबाट प्राप्त हुने ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटो, मिस्कट तथा अन्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 64a17252-d816-421c-bdc5-87514b50a0af.pdfPDF · 45 pages · 632 KBOpen
Key details
- Organization
- Rapti Sonari Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
राप्ती सोनारी गाउँपालिका स्थानिय राजपत्र राप्ती सोनारी गाउँपालिकाद्वारा प्रकाशित खण्ड १० संख्या १ मिति २०८३।५।३१ भाग३ राप्ती सोनारी गाउँपालिकाको नदीजन्य पदार्थको स्रोत व्यवस्थापन, उत्खनन्, संकलन, उपयोग, बिक्री, लिलाम, निकासी तथा नियमन सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावना कार्यपालिकाबाट स्विकृत मितिः२०८३।५।३१ प्रमाणिकरण मितिः २०८३।६।५ नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित संघीय, प्रदेश र स्थानीय कानूनद्वारा गाउँपालिकालाई प्राप्त अधिकारको प्रयोग गर्दै गाउँपालिकाको अधिकारक्षेत्रभित्र रहेका नदी, खोला, खहरे, नदी उकास तथा जलाधार क्षेत्रबाट प्राप्त हुने ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटो, मिस्कट तथा अन्य नदीजन्य पदार्थको वैज्ञानिक, वातावरणमैत्री, दिगो, पारदर्शी, प्रतिस्पर्धात्मक, मितव्ययी तथा जवाफदेही ढङ्गले स्रोत व्यवस्थापन, उत्खनन्, संकलन, उपयोग, बिक्री, लिलाम, निकासी, ढुवानी तथा नियमन गर्न; प्राकृतिक स्रोतको संरक्षण, सार्वजनिक हित तथा स्थानीय राजस्वको संरक्षण गर्न; अनधिकृत उत्खनन्, अवैध संकलन तथा भण्डारण, राजस्व चुहावट, अनधिकृत बिक्री तथा निकासी, स्रोतको दुरुपयोग र वातावरणीय तथा सार्वजनिक संरचनामा हुने क्षति नियन्त्रण गर्न; स्रोत पहिचान तथा अभिलेखीकरण, वातावरणीय अध्ययन, प्राविधिक नापजाँच तथा परिमाण निर्धारण, स्टक प्रमाणीकरण, डिजिटल अभिलेख तथा ट्र्याकिङ, अनुगमन, नियन्त्रण तथा कानूनबमोजिमको कारबाहीलाई व्यवस्थित र एकीकृत गर्न आवश्यक भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम यो कार्यविधि बनाइएको छ। १. संक्षिप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको पूरा नाम परिच्छेद-१ प्रारम्भिक “राप्ती सोनारी गाउँपालिकाको नदीजन्य पदार्थको स्रोत व्यवस्थापन, उत्खनन्, संकलन, उपयोग, बिक्री, लिलाम, निकासी तथा नियमन सम्बन्धी कार्यविधि, २०८३” रहेको छ र यसलाई संक्षेपमा «राप्ती सोनारी गाउँपालिकाको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०८३” भनिनेछ | (२) यो कार्यविधि गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ । २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा गगेमा यस कार्यविधिमा:- (क) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनु पर्छ | _ख) “गाउँपालिका” भन्नाले राप्ती सोनारी गाउँपालिका सम्झनु पर्छ | (ग) “कार्यपालिका” भन्नाले राप्ती सोनारी गाउँ कार्यपालिका सम्झनु पर्छ | _घ) “सभा” भन्नाले राप्ती सोनारी गाउँ सभा सम्झनु पर्छ | (ङ) “नदीजन्य पदार्थ” भन्नाले नदी, खोला, खहरे, जलाधार वा नदी उकास क्षेत्रबाट प्राकृतिक रूपमा प्राप्त हुने ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, मिस्कट, तोकेका पदार्थ सम्झनु पर्छ (च) “उत्खनन्” भन्नाले नदी वा खोला बोल्डर, माटो लगायत प्रचलित कानूनले नदीजन्य/खानीजन्य पदार्थका रूपमा ला तथा तोकिएको क्षेत्रबाट नदीजन्य पदार्थ निकाल्ने कार्य सम्झनु पर्छ ।