१ रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्तासम्बन्धी अत्यन्त जरुरी सूचना
Summary
राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौंबाट जारी गरिएको रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ अनुसार मिति २०८३/०५/१० गते रसुवा भोटेकोशीमा आएको बाढीमा परी वेपत्ता हुनुभएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी अन्तिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 36341dab-0d0c-42b3-8861-b9aafada95ef.pdfPDF · 5 pages · 1.1 MBOpen
Key details
- Organization
- Uttargaya Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उत्तरगया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय 'लहरेपौवरा/:रसुवा। ‘ सूचना नं विषय: रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्तासम्बन्धी अत्यन्त जरुरी सूचना। (दोसो पटक सूचना प्रकाशित मिति २०८३/०७/११) राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौंबाट जारी गरिएको रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ अनुसार मिति २०८३/०५/१० गते रसुवा भोटेकोशीमा आएको बाढीमा परी वेपत्ता हुनुभएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी अन्तिम प्रमाणीकरण गर्नुपर्ने भएकाले यस गाउँपालिका अन्तर्गत स्थायी ठेगाना भई उक्त बाढीमा परी कोही व्यक्ति वेपत्ता हुनुभएको भए सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नका लागि मिति २०८३/०६/२७ गते सूचना प्रकाशन गरिएकोमा उक्त अवधिमा वडा दशैंको बिदाको कारण विवरण संकलनको अवधि अपुग भएका कारण मिति २०८३/०७/१६ गतेभित्र देहाय बमोजिमको प्रक्रिया पूरा गरी सम्बन्धित ar कार्यालयमा निवेदन पेस गर्न यो सूचना प्रकाशन गरिएको छ। १, नेपाली नागरिक बेपत्ता भएको भए अपनाउनुपर्ने प्रक्रिया: ० एकाघरका परिवारले पेस गर्नुपर्ने: वेपत्ता व्यक्तिको एकाघरका परिवारका सदस्यले वेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, एकाघरका परिवार र वेपत्ता व्यक्तिको नाता प्रमाणित हुने कागजात र सोही वाढीमा बेपत्ता भएको हो भन्ने यसै सूचना साथ संलग्न निवेदन र स्वःघोषणा सहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । ० परिवारका सदस्य नभएको अवस्थामा: वेपत्ता व्यक्तिको एकाघरका कुनै परिवार सदस्य उपलब्ध नभएमा, सम्बन्धित वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहवरमा बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्का सहित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । पुनश्च: सूचनाको समयावधि समाप्त भए लगत्तै वडा समितिबाट सिफारिस साथ प्राप्त भएका वेपत्ता व्यक्तिहरुको विवरण जाँचबुझ गरी यस गाउँपालिकाको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति समक्ष सिफारिस गर्नुपर्नेछ । दि “समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी” रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रकिया, २०५३ बिपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन कार्यकारी समितिको मिति २०८३।०६।१४ गतेको ३७ औ वैठकको निर्णय नं. ३ मा बाढीमा परी बेपत्ता व्यक्तिको आधिकारिक बिवरण यकिन गर्ने सम्बन्धमा बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना रहेका सम्बन्धित स्थानीय तहको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले प्रमाणित गरी सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेश गर्ने, उक्त समितिले सिफारिस गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तया व्यवस्थापन प्राधिकरणमा पठाउने र सो सम्बन्धी आवश्यक प्रकृया प्राधिकरणले निर्धारण गरे बमोजिम हुने निर्णय भएकोले सो को विस्तृत प्रक्रिया देहाय बमोजिम निर्धारण गरिएको छ। (क)नेपाली नागरिकको हकमा १. सम्बन्धित स्थानीय तहले बेपत्ता व्यक्ति यकिन गर्नका लागि सम्बन्धित वडा कार्यालयमा निबेदन पेश गर्न आह्वान गरी बढीमा पाँच दिन समयावधी तोकी सार्वजनिक सूचना प्रकाशन गर्ने। २. प्रकाशित सूचना बमोजिम बेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यले बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, निज र वेपत्ता व्यक्तिको नाता प्रमाणित हुने कागजात र सोही बाढीमा बेपत्ता भएको हो भन्ने स्वघोषणासहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिने। ३. बेपत्ता भएका व्यक्तिको एकाघर परिवारका सदस्य नभएकाको हकमा सम्बन्धित बडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सोही बाढीबाट बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्ने। ४. वडा समितिले प्राप्त निवेदनको जाँचबुझ गरी बेपत्ता यकिन गर्न स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा तुरुन्त सिफारिस गर्ने। १. बडा समितिबाट सिफारिससाथ प्राप्त भएका बेपत्ता व्यक्तिहरुको विबरण जाँचबुझ गरी सम्बन्धित स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बेपत्ता यकिन गर्ने। ६, यकिन भएका बेपत्ता व्यक्तिको विवरण सम्बन्धित स्थानीय तहले दावी बिरोधका लागि तीन दिनको म्याद दिई सार्वजनिक गर्ने। ७. सार्वजनिक गरिएको विवरणमा कसैको दावी विरोध परेमा सम्बन्धित स्थानीय तहले तीन दिनभित्र जाँचबुझ गरी a यकिन विव्ररण सम्बन्धित बडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पठाउने | aN