३ कवाडी सामग्री संकलन सम्बन्धी सार्वजनिक सूचना!
Summary
मिति २०८३ भाद्र १० गतेको विनाशकारी बाढी पश्चात गाउँपालिका भित्रका सडक, पुल, आवास, विद्युत ग्रीह, विद्युत पावर हाउस, जलविद्युत, यातायात, सञ्चार लगायतका अन्य सवै क्षेत्रहरुमा क्षति पुगेको व्यहोरा अवगत नै छ। बाढी पश्चात पुरीएका र वगाएका संरचनाहरु उत्खनन् गर्ने कार्य सूचारु गरिएको छैन। हाल त्रिशुली…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 609b62f9-8349-4e70-a0df-1317e20f3e9b.pdfPDF · 1 page · 96 KBOpen
Key details
- Organization
- Uttargaya Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उत्तरगया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प.सं.२०८३/०८४ lL, तत न मितिः२०८३।०६। २६ मिति २०८३ भाद्र १० गतेको विनाशकारी बाढी पश्चात गाउँपालिका भित्रका सडक, पुल, आवास, विद्युत ग्रीह, विद्युत पावर हाउस, जलविद्युत, यातायात, सञ्चार लगायतका अन्य सवै क्षेत्रहरुमा क्षति पुगेको व्यहोरा अवगत नै छ। बाढी पश्चात पुरीएका र वगाएका संरचनाहरु उत्खनन् गर्ने कार्य सूचारु गरिएको छैन। हाल त्रिशुली नदी तटीय क्षेत्रमा विभिन्न किसिमका कवाडी जन्य सामाग्रीहरु अवैध रुपमा संकलन र उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको हुँदा यस उत्तरगया गाउँपालिका क्षेत्रभित्र बिभिन्न प्रकारका कवाडी सामग्री (फलाम, तामा, पित्तल, आल्मुनियम, प्लास्टिक, कागज, वोतल तथा अन्य पुनः प्रयोगयोग्य सामग्री) संकलन, खरिद तथा बिक्री गर्ने व्यक्ति, समूह, फर्म वा संस्थाहरूले कवाडी सामग्री संकलन तथा ओसारपसार नगर्नुहुन सम्वन्धित सवैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको 'छ।यस सूचनाको अवज्ञा गरी कवाडी सामग्री संकलन तथा कारोवार गरेको पाइएमा प्रचलित कानुन वमोजिम हुने व्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ। uy. | प्रमुख प्रशासकीय अधिकृत “समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी"”