Notice Park
Mayadevi Rural Municipality
Guidelines

मायादेवी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३

Summary

बनाएकको तल लेखिए बमोजिकमको कार्यविधि उपदफा (३) अनुसार सर्वसाधारणको जानकारीको लागी प्रकाशन गरिएको छ। मायादेवी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०६/१४ प्रमाणिकरण मितिः २०८३/०६/१९ खण्ड: १० संख्याः २ मितिः २०८३/०६/१९ प्रस्तावना: मायादेवी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mayadevi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र मायादेवी गाउँपालिकाद्वारा प्रकाशित खण्डः:१० संख्याः२ २०८३ असोज १९ गते भाग 2 मायादेवी गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय बरेवा - रुपन्देही लुम्बिनी प्रदेश, नेपाल स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (२) बमोजिम गाउँकार्यपालिकाले बनाएकको तल लेखिए बमोजिकमको कार्यविधि उपदफा (३) अनुसार सर्वसाधारणको जानकारीको लागी प्रकाशन गरिएको छ। मायादेवी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०६/१४ प्रमाणिकरण मितिः २०८३/०६/१९ खण्ड: १० संख्याः २ मितिः २०८३/०६/१९ प्रस्तावना: मायादेवी गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत लाभग्राही समुदाय मार्फत कार्यान्वयन गरिने सार्वजनिक निर्माणसँग सम्बन्धित योजना तथा कार्यक्रमहरूको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाउनको लागि उपभोक्ता समितिहरूको दर्ता, नवीकरण, नियमन एवम्‌ खारेजी सम्बन्धी कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मायादेवी गाउँपालिका गाउँ कार्यपालिकाले देहाय बमोजिमको कार्यविधि स्वीकृत गरेको छ । परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ:- १. २. यस ऐनको नामः "मायादेवी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३" रहेको छ। यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषाः- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: क. ख. ग. "अध्यक्ष" भन्नाले उपभोक्ता समितिको अध्यक्षलाई जनाउनेछ । "उपभोक्ता" भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने क्षेत्रभित्रका व्यक्तिलाई जनाउनेछ । "उपभोक्ता समिति" भन्नाले आयोजनाको निर्माण सञ्चालन व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि लाभग्राही समुदायहरू मध्येबाट गठन गरेको समितिलाई जनाउनेछ | "कार्यालय" भन्नाले मायादेवी गाउँपालिकालाई जनाउनेछ | सो शब्दले वडा कार्यालय समेतलाई बुझाउनेछ। , "ठुला मेशिनरी तथा उपकरण" भन्नाले वातावरणलाई अत्यधिक ea ast प्रकृतिका ठुला मेशिनरी, उपकरण (बुल्डोजर, एक्स्काभेटर जस्ता) र श्रममूलक प्रविधिलाई विस्थापित गर्ने खालका मेशिनरी तथा उपकरण सम्झनु पर्दछ । "दर्ता अधिकारी" भन्नाले प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको कर्मचारी समेतलाई जनाउनेछ । , "सम्झौता" भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन एवम्‌ मर्मत सम्भार गर्नको लागि कार्यालय र उपभोक्ता समिति बिच भएको लिखित करारनामा वा कबुलियतनामालाई जनाउनेछ । परिच्छेद २ उपभोक्ता समिति गठन सम्बन्धी व्यवस्था ३. योजनाको वर्गीकरण गर्नुपर्नेः- १. वार्षिक योजना तथा कार्यक्रमहरू गाउँ सभाबाट स्वीकृत भए पश्चात्‌ गाउँपालिका वा वडा कार्यालयहरूले उपभोक्ता समिति मार्फत गर्न सकिने योजनाहरूको वर्गीकरण गरी सूचि तयार गर्नु पर्नेछ। तर पालिका स्तरीय योजनाहरूका हकमा उपभोक्ता समिति दर्ता नभए पनि गाउँपालिकाले खरिद विधि सम्बन्धी कार्यालयबाटै निर्णय लिई कार्यान्वयनमा लैजान सक्नेछ । सा १ जा

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.