मायादेवी गाउँपालिकाकाको पशु विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि , २०८३
Summary
बनाएकको तल लेखिए बमोजिकमको कार्यविधि उपदफा (३) अनुसार सर्वसाधारणको जानकारीको लागी प्रकाशन गरिएको छ। मायादेवी गाउँपालिकाको पशु विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०६/१४ प्रमाणिकरण मितिः २०८३/०६/१९ TUS: 20 प्रस्तावना: संख्याः ६ मितिः २०८३/०६/१९…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d621790a-83ae-4bd9-9c6b-59fbcb085feb.pdfPDF · 6 pages · 509 KBOpen
Key details
- Organization
- Mayadevi Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय राजपत्र मायादेवी गाउँपालिकाद्वारा प्रकाशित खण्डः:१० संख्या:६ २०८३ असोज १९ गते भाग २ मायादेवी गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय बरेवा - रुपन्देही लुम्बिनी प्रदेश, नेपाल स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (२) बमोजिम गाउँकार्यपालिकाले बनाएकको तल लेखिए बमोजिकमको कार्यविधि उपदफा (३) अनुसार सर्वसाधारणको जानकारीको लागी प्रकाशन गरिएको छ। मायादेवी गाउँपालिकाको पशु विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०६/१४ प्रमाणिकरण मितिः २०८३/०६/१९ TUS: 20 प्रस्तावना: संख्याः ६ मितिः २०८३/०६/१९ मायादेवी गाउँपालिका भित्र पशुपालन व्यवसायलाई व्यवस्थित, मर्यादित, प्रविधिमैत्री एवं व्यावसायिक बनाउँदै स्वच्छ, स्वस्थ तथा गुणस्तरीय पशुपन्छीजन्य उत्पादन आम उपभोक्ता समक्ष सहज रूपमा पुन्याउन, पशुपन्छीको स्वास्थ्य सुरक्षा तथा महामारी नियन्त्रण गर्न र किसानहरूको आय स्तर वृद्धि गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को खण्ड "ण" तथा दफा १०२ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मायादेवी गाउँ कार्यपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ। परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ:- क. यस कार्यविधिको नाम: "मायादेवी गाउँपालिकाको पशु विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि, ख. ग. २०८३" रहेको छ। यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछ । यो कार्यविधि लागू भएपछि यस अघिको "मायादेवी गाउँपालिकाको पशु विकास सम्बन्धी कार्यक्रम कार्यान्बयन कार्यविधि, २०८३" स्वतः खारेज हुनेछ | २. परिभाषाः- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: क. ख. ग. "गाउँपालिका" भन्नाले मायादेवी गाउँपालिका सम्झनु पर्छ । "शाखा" भन्नाले मायादेवी गाउँपालिकाको पशु सेवा शाखा सम्झनु पर्छ । "कार्यक्रम" भन्नाले अनुसूची-१ बमोजिम सञ्चालन हुने पशु, पन्छी तथा मत्स्य विकास सम्बन्धी क्रियाकलापहरू सम्झनु पर्छ । "लाभग्राही" भन्नाले यस कार्यविधि बमोजिम कार्यक्रममा छनोट भएका कृषक, व्यावसायिक फार्म, कृषक समूह वा सहकारी सम्झनु पर्छ । परिच्छेद २ कार्यक्रम व्यवस्थापन, सञ्चालन बिधि एवम् प्रक्रिया ३. कार्यक्रमको कार्यक्षेत्र र क्रियाकलाप:- १. २. ४. गाउँपालिका क्षेत्रभित्र स्वीकृत वार्षिक कार्यक्रमको अधीनमा रही अनुसूची-१ मा उल्लिखित कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गरिनेछ । स्वीकृत कार्यक्रमको प्रकृति, आवश्यकता र सम्भाव्यताका आधारमा शाखाले उपयुक्त वडा वा पकेट क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गर्न सक्नेछ । अनुदान तथा सेवाको प्रकृतिः- . खोप, आकस्मिक उपचार, प्रयोगशाला परीक्षण तथा परामर्श सेवा शतप्रतिशत निःशुल्क रूपमा प्रदान गरिनेछ । . औषधि, खोप, भ्याक्सिन तथा प्रयोगशाला उपकरणहरू सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद गरी परिचालन गरिनेछ । सा 0100 सक