विषयगत समिति (कार्यसञ्चालन) कार्यविधी, २०८३
Summary
प्रस्तावना: कार्यपालिकाले गठन गरेका विषयगत समितिहरुको कार्यसञ्चालन प्रक्रियालाई व्यवस्थित गरी गाउँपालिकाबाट सम्पादन हुने कामकारवाहीलाई प्रभावकारी बनाउन वाञ्छनीय भएकोले, सभापोखरी गाउँपालिकाले यो कार्यविधी बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यविधीको नाम “विषयगत समिति (कार्यसञ्चालन)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c339c6d6-8b5c-441e-99df-37dcf7c6a4cd.pdfPDF · 23 pages · 398 KBOpen
Key details
- Organization
- Savapokhari Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
विषयगत समिति (कार्यसञ्चालन) कार्यविधी, २०८३ प्रस्तावना: कार्यपालिकाले गठन गरेका विषयगत समितिहरुको कार्यसञ्चालन प्रक्रियालाई व्यवस्थित गरी गाउँपालिकाबाट सम्पादन हुने कामकारवाहीलाई प्रभावकारी बनाउन वाञ्छनीय भएकोले, गाउँ कार्यपालिकाबाट स्वीकृत मिति :- २०८३।०६।१६ सभापोखरी गाउँपालिकाले यो कार्यविधी बनाएको छ। परिच्छेद — १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यविधीको नाम “विषयगत समिति (कार्यसञ्चालन) कार्यविधी, २०८३” रहेको छ | (२) यो कार्यविधी स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछ । २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधीमा,- (क) अध्यक्ष भन्नाले सभापोखरी गाउँपालिकाको अध्यक्ष सम्झनु पर्छ | (ख) “कार्यपालिका” भन्नाले सभापोखरी गाउँपालिकाको कार्यपालिका सम्झनु पर्छ | (ग) “प्रमुख” भन्नाले सभापोखरी गाउँपालिकाको प्रमुख सम्झनु पर्छ | (घ) “विषयगत समिति” भन्नाले सभापोखरी गाउँपालिका (कार्यसम्पादन) नियमावली, २०८३ को नियम .. बमोजिम गठन हुने समिति सम्झनु पर्छ। (ङ) “सचिव” भन्नाले विषयगत समितिको सचिवको रुपमा काम गर्न खटिएको कर्मचारी सम्झनु पर्छ । (च) “सदस्य” भन्नाले विषयगत समितिको सदस्य सम्झनु पर्छ | (छ) “संयोजक” भन्नाले विषयगत समितको संयोजक सम्झनु पर्छ | परिच्छेद-२ विषयगत समिति सम्बन्धी व्यवस्था ३. विषयगत समिति गठन बिधी :- (१) गाउँपालिका कार्यसम्पादन नियमावली २०७८ बमोजिम गठन हुने प्रत्येक विषयगत समितिमा कार्यपालिकाले तोकेको सम्बन्धित विषयक्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा कार्यपालिकाका सदस्यमध्ये महिला, दलित वा अल्पसंख्यक समेतको प्रतिनिधित्व हुनेगरी अध्यक्षले तोकेको दुईजना सदस्य रहनेछन् । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि योजना तर्जुमाको लागी गठन हुने विषयगत समितिमा सम्बन्धित विषयगत शाखाका प्रमुखहरु पदेन सदस्यको रुपमा रहनेछन् |