Nepali
Summary
“नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३” लागू गरिएको सम्बन्धमा। नेपालको पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित उपयोगलाई प्रवर्द्वन, नियामक क्षमता सुदृढीकरण, प्रविधिजन्य जोखिम न्यूनीकरण, बजारको निष्पक्षता तथा पारदर्शिता प्रवर्द्धन, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा अन्तर्राष्ट्रिय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e9bdf8fe-5699-43e4-9e13-2ad7947b1b81.pdfPDF · 2 pages · 1.7 MBOpen
Key details
- Organization
- Securities Board of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Result
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल धितोपत्र बोर्ड i 2 सरकारको धितोपत्र तथा वस्तु नियामक निकाय) al (Nepal Government's Securit! sand ities Exchange Regulator) मिति :२०८३|०७|१८ प्रेस विज्ञप्ति “नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३” लागू गरिएको सम्बन्धमा। नेपालको पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित उपयोगलाई प्रवर्द्वन, नियामक क्षमता सुदृढीकरण, प्रविधिजन्य जोखिम न्यूनीकरण, बजारको निष्पक्षता तथा पारदर्शिता प्रवर्द्धन, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल नियामक क्षमता विकास गर्ने उद्देश्यले उदीयमान प्रविधिहरू (Emerging Technologies) सम्बन्धी व्यवस्था समावेश गरी एकीकृत नीतिगत व्यवस्था गर्न “नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३” मिति २०८३ कार्तिक १८ गते देखि लागू गरिएको छ। यस नीतिको मुख्य उदेश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधि पूर्वाधारको विकास बिस्तार मार्फत नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउने रहेको छ। बोर्डको यस नीतिमार्फत धितोपत्र बजार सम्बद्ध निकाय तथा बजार पूर्वाधार संस्थाको कार्य प्रकृति र जिम्मेवारी अनुरुप संचालन भैरहेका gaat प्रविधिको, प्रयोग सम्बन्धमा व्यवस्था गर्नुपर्ने सुरक्षा मानक (Security Standard) सम्बन्धमा पहिलो तहः (नेपाल धितोपत्र बोर्ड, बजार संचालक, केन्द्रीय निक्षेप सेवा), दोश्रो ae: (धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकर) र तेश्रो ae: (क्रेडिट रेटिङ्ग एजेन्सी, सेयर रजिस्टार) गरी वर्गीकरण गर्ने, व्यवस्था गरिएको छ। awe नीतिमा सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय प्रयोगमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशील, विश्वसनीय एवं डिजिटल रूपान्तरण (Digital Transformation) गर्दै लैजाने तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सूचना प्रविधिको नवीनतम तथा स्तरीय प्रयोगलाई सहजीकरण गर्ने एवं रेगुलेटरी स्यान्डबक्स (Regulatory Sandbox) लगायतका विकसित :हुने नविनतम प्रविधि मार्फत वित्तीय प्रविधि (Fintech) जस्ता उदियमान ब्यवस्थाहरुलाई सहजीकरण तथा प्रोत्साहन गर्ने व्यवस्था समेटिएको छ।प्रस्तुत नीति मार्फत बजार कारोबार, राफसाफ तथा फछ्र्यौट सञ्यन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूपको विपद् पुनःप्राप्ति dara (Disaster Recovery Mechanism-DRM) को स्थापना तथा व्यवस्थापन गर्नुपर्ने र बजार सम्बन्धी महत्त्वपूर्ण पूर्वाधार तथा व्यवसायीहरूका लागि व्यवसाय निरन्तरता योजना (Business Continuity Plan - 809) र विपद् पुनरुत्थान योजना (Disaster Recovery Plan - 02”) हुनुपर्ने व्यवस्था गरिएको छ । साथै 80 र pre को वार्षिक परीक्षण (prill/simulation) अनिवार्य गरि सो सम्बन्धी _ प्रतिवेदन बोर्डमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। धितोपत्र an a 'तथा वस्तु विनिमय बजार Post Box No.: 9031, Khumaltar, Lalitpur, Nepal 0 Phone: 00977-1-5550511, 5551162, 5544077, 5550512, 5541057, Toll Free No.: 16 33 Fax No.: 00977-1-5541058, Email: [email protected], Website: www.seboi V.Ap नेपाल धितोपत्र नियमन सम्बन्धी प्रविधिजन्य उपकरण तथा से खरिद गर्दा विक्रेता उचित तत्परता (vendor Due Diligence) र विक्रेता जोखिम व्यवस्थापन (Vendor Risk Management) अनिवार्य गर्ने तथा सूचना प्रविधि बाह्यकरण पा Outsourcing) अनुबन्धमा स्पष्ट सेवा स्तर सम्झौता (Service Level Agreement - SLA), तथ्यांक सुरक्षा दायित्व, नियामक अडिट अधिकार, र विक्रेता बहिर्गमन रणनीति (Vendor Exit Strategy) तथा अन्य थप बिषयमा आवश्यक निर्देशिका मार्फत व्यवस्था गरिने प्रावधान गरिएको छ । त्यस्तै बजार पूर्वाधार संस्थाहरूले सुरक्षा सञ्चालन Hz (Security Operations Centre - 500) स्थापना गरी वा मान्यता प्राप्त प्रबन्धित सुरक्षा सेवा प्रदायक (Managed Security Service Provider - MSSP) मार्फत चौबीसै घण्टे साइबर खतरा निगरानीको व्यवस्था मिलाउनुपर्ने प्रावधान राखिएको छ। यस नीतिले बजार नियमन तथा बजार गतिविधिहरूमा सूचना प्रविधिको प्रयोग बढाउने र सुपरिवेक्षकीय प्रविधि (suptech) तथा नियामकीय प्रविधि (Regtech) को उपयोगमार्फत धितोपत्र बोर्डको नियमनमा प्रभावकारिता अभिवृद्धि गर्ने तथा बजार सम्बन्धी गतिविधिहरुमा सूचना प्रविधिको बढ्दो प्रयोगलाई विश्वसनीय एवं भरपर्दो बनाई समग्र बजारलाई पारदर्शी एवं विश्वसनीय बनाउन र धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने सूचना प्रविधिको उपयोगलाई स्तरीय एवं. भरपर्दो बनाई सूचना प्रविधिको प्रभावकारी तथा सुरक्षित उपयोगका लागि महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास रहेको || (तोलाकान्त न्यौपाने) सहायक प्रवक्ता Post Box No.: 9031, Khumaitar, Lalitpur, Nepal Phone: 00977-1-5550511, 5551162, 5544077, 5550512, 5541057, Toll Free No.: 1660-01-44433 Fax No.: 00977-1-5541058, Email: [email protected], Website: www.sebon.gov.np