राजपत्र बाैदीकाली कार्यपालिकाकाे बाल क्लब तथा बाल सञ्जाल सम्बन्धी कार्यविधि २०८३
Summary
गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको बाल क्लब तथा बाल सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावना नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, बालबालिका सम्बन्धी नियमावली, २०७८, स्थानीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0fe0cb2e-f485-48a0-9c15-d30c055752ca.pdfPDF · 15 pages · 198 KBOpen
Key details
- Organization
- Baudikali Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मुमिश्च स्वर्गादा स्थानीय राजपत्र बौदीकाली गाउँपालिकाद्वारा प्रकाशित खण्ड १०, भाग २, संख्या १२, मिति २०८३ असोज १४ गते भाग-२ बौदीकाली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, डेढगाउँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको बाल क्लब तथा बाल सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावना नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, बालबालिका सम्बन्धी नियमावली, २०७८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र सर्वेत्तम हितलाई प्राथमिकता दिएको सन्दर्भमा बौदीकाली गाउँपालिकाभित्र बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, बाल क्लब तथा बाल सञ्जाललाई व्यवस्थित, समावेशी, सुरक्षित र उत्तरदायी रूपमा गठन तथा सञ्चालन गर्न यो कार्यविधि तयार गरिएको हो । बालबालिकाको विचार सुन्ने, निर्णय प्रक्रियामा सहभागी गराउने, उनीहरूको क्षमता विकास गर्ने, बाल अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने र स्थानीय तहको योजना तथा सेवा प्रवाहलाई बालमैत्री बनाउने उद्देश्यले यस कार्यविधिले बाल क्लब, वडा स्तरीय बाल सञ्जाल र गाउँपालिका स्तरीय बाल सञ्जालको गठन, सञ्चालन, समन्वय, सूचीकरण, अनुगमन तथा प्रतिवेदनको व्यवस्था गर्दछ । खण्ड १०, भाग २, संख्या १२, मिति २०८३ असोज १४ गते परिच्छेद-१ प्रारम्भिक १.संक्षिप्तनामर प्रारम्भ (१) यस कार्यविधिको नाम “बौदीकाली गाउँपालिकाको बाल क्लब तथा बाल सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी कार्यविधि, २०८३”रहेको छ। (२) यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लाग् हुनेछ | २.उद्देश्य 1. बालबालिकाको अधिकार, संरक्षण, विकास, सहभागिता र सर्वोत्तम हित सुनिश्चित गर्नु । 2. बाल क्लब तथा बाल सञ्जालको गठन, सञ्चालन, समन्वय र अभिलेखीकरणलाई व्यवस्थित गर्नु । 3. स्थानीय तहको नीति, योजना, बजेट तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा बालबालिकाको अर्थपूर्ण सहभागिता बढाउनु | बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्नु । 5. बालबालिकाको नेतृत्व, सञ्चार, सिर्जनशीलता, निर्णय क्षमता तथा सामाजिक उत्तरदायित्व विकास गर्नु । बाल हिसा, दुर्व्यवहार, शोषण, भेदभाव, बालविवाह तथा अन्य हानिकारक अभ्यासविरुद्ध बालबालिकाको सचेतना र सहभागिता अभिवृद्धि गर्नु । ३. परिभाषा 1. “बालबालिका” भन्नाले प्रचलित कानून बमोजिम अठार वर्ष उमेर पूरा नगरेको व्यक्ति सम्झनुपर्छ | 2. “बाल क्लब” भन्नाले विद्यालय वा समुदायमा बालबालिकाको सहभागितामा गठन भएको बालबालिकाको समूह सम्झनुपर्छ | 3. “बाल सञ्जाल” भन्नाले बाल क्लब तथा बाल प्रतिनिधिहरूबीच समन्वय र प्रतिनिधित्वका लागि गठन गरिएको संरचना सम्झनुपर्छ । 4. “गाउँपालिका स्तरीय बाल सञ्जाल” भन्नाले बौदीकाली गाउँपालिकाभित्रका वडा स्तरीय बाल सञ्जाल/बाल प्रतिनिधिहरूको प्रतिनिधिमूलक सञ्जाल सम्झनुपर्छ | 5. “शाखा” भन्नाले गाउँपालिकाले बालबालिका सम्बन्धी कार्यका लागि तोकेको शाखा/इकाइ सम्झनुपर्छ । 6. “संरक्षक/सहजीकरणकर्ता” भन्नाले बाल क्लब वा सञ्जाललाई संरक्षण, परामर्श र सहजीकरण गर्ने जिम्मेवार व्यक्ति/संस्था सम्झनुपर्छ ।