Notice Park
Baudikali Rural Municipality
Guidelines

राजपत्र

Summary

गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको बालअधिकार समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावनाः बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७७ को दफा ६ को उपदफा (क) बमोजिम बाल अधिकारको संरक्षण र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Baudikali Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मुमिश्च स्वर्गादा स्थानीय राजपत्र बौदीकाली गाउँपालिकाद्वारा प्रकाशित खण्ड १०, भाग २, संख्या ११, मिति २०८३ असोज १४ गते भाग-२ बौदीकाली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, डेढगाउँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । बौदीकाली गाउँपालिकाको बालअधिकार समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावनाः बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७७ को दफा ६ को उपदफा (क) बमोजिम बाल अधिकारको संरक्षण र सम्बर्धनका लागि वाञ्छनीय भएकोले स्थानिय सरकार सञ्चलन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरी बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकले यो कार्यविधि बनाई लागु गरेको छ। परिच्छेद (१) १. संक्षिप्तनामप्ररम्भः को यस कार्यविधिको नाम "बौदीकाली गाउँपालिकाको बालअधिकार समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३" रहेको छ । ख) योकार्यविधि तुरुन्त प्रारम्भ हुनेछ | खण्ड १०, भाग २, संख्या ११, मिति २०८३ असोज १४ गते २. परिभाषा: विषयर प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा क) “ऐन” भन्नाले बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, २०७७ सम्झनुपर्दछ । ख) “मन्त्रालय” भन्नाले नेपाल सरकारको बालबालिका सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनुपर्छ । ग) “प्रदेश मन्त्रालय” भन्नाले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय सम्झनुपर्छ | घ) “गाउँपालिका” भन्नाले बौदीकाली गाउँपालिका सम्झनुपर्छ । ङ) “बाल कल्याण अधिकारी भन्नाले" बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७७ को उपदफा ६ (१) ले ब्यवस्था गरेको सदस्य सचिव नियुक्त भएको वा तोकिएको अधिकारी सम्झनुपर्दछ | च) “समिति भन्नाले" बालबालिका सम्बन्धी ऐन, २०७५ को उपदफा (२) तथा यस कार्यविधिको दफा ३ तथा ५ बमोजिमको स्थानिय बालअधिकार समिति सम्झनुपर्दछ । छ) "स्थानीय बाल अधिकार समिति" भन्नाले बौदीकाली गाउँपालिकाको गाउँ बाल अधिकार समिति सम्झ्नुपर्छ। परिच्छेद (२) समितिगठन ३. गाउँ बाल अधिकार समितिको गठनः (१) बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संम्वर्धन गर्न गाउँपालिकामा देहाय बमोजिमको गाउँ बाल अधिकार समिति रहनेछ । क) उपाध्यक्षवा निजले तोकेको कार्यपालिका सदस्य -अध्यक्ष ख) अध्यक्ष उपाध्यक्षले तोकेको कार्यपालिका सदस्य/महिला सदस्य -सदस्य a) शिक्षा शाखा प्रमुख -सदस्य घ)स्वास्थ्यशाखा प्रमुख -सदस्य ङ)बौदीकाली आधारभुत अस्पतालको प्रमुख -सदस्य चे) प्रहरी कार्यालयको प्रमुख -सदस्य

Like

0

Views

0

Comments

0

Share

0

Save

Report