आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन
Summary
तिनाउ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ सभावाट पारित मितिः २०८२। ०९। ३० अध्यक्षबाट प्रमाणीकरण FAFA: 2022 १२।०३ २०८२ सालको ऐन नं. १ प्रस्तावना: स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6c53fc4d-150b-4da8-a2dc-3c2f098a03a0.pdfPDF · 26 pages · 828 KBOpen
Key details
- Organization
- Tinau Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तिनाउ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ सभावाट पारित मितिः २०८२। ०९। ३० अध्यक्षबाट प्रमाणीकरण FAFA: 2022 १२।०३ २०८२ सालको ऐन नं. १ प्रस्तावना: स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक क्रियाकलापलाई नियमित र व्यवस्थित गरी स्थानीय वित्तीय व्यवस्थापन प्रणालीलाई पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउने सम्बन्धमा आवश्यक व्यवस्थापन गर्न वाञ्छनीय भएकोले, तिनाउ गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ। परिच्छेद- १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “तिनाउ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८२” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, तक) (ख) Cu) ®) Ss) A) ®) (ज) “अर्थ मन्त्रालय” भन्नाले नेपाल सरकारको अर्थ मन्त्रालय सम्झनुपर्छ। अध्यक्ष” भन्नाले तिनाउ गाउँपालिकाको अध्यक्ष सम्झनुपर्छ | “अन्तिम लेखापरीक्षण” भन्नाले महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्झनुपर्छ । “आन्तरिक लेखापरीक्षण” भन्नाले तिनाउ गाउँपालिकाको आन्तरिक लेखापरीक्षण गर्नका लागि तोकिएको शाखा वा अधिकृतबाट हुने आन्तरिक लेखापरीक्षण सम्झनुपर्छ । “उपाध्यक्ष भन्नाले तिनाउ गाउँपालिका उपाध्यक्ष सम्झनुपर्छ । “एक तह माथिको अधिकारी” भन्नाले वडा सचिव र बिषयगत शाखा प्रमुखको हकमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतको हकमा अध्यक्ष र अध्यक्ष हकमा गाउँ कार्यपालिका सम्झनुपर्छ । ऐन भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनुपर्छ । “कार्यपालिका” भन्नाले तिनाउ गाउँ कार्यपालिका सम्झनुपर्छ । तिनाउ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ (झो (ञ) So) S) @) (ण) तत ci) (्ध) न) (प) ले) io) “कार्यालय” भन्नाले तिनाउ गाउँपालिका, गाउँ पालिकाको कार्यालय सम्झनु पर्दछ । “कार्यालय प्रमुख” भन्नाले खण्ड (झ) बमोजिमको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत भई कामकाज गर्न तोकिएको पदाधिकारी सम्झनुपर्छ | “कारोबार” भन्नाले सरकारी चल अचल, नगदी तथा जिन्सी धलमाल जिम्मा लिई प्रचलित कानुन बमोजिम निर्धारीत काममा गरिने खर्च वा दाखिला सम्बन्धी सम्पूर्ण काम सम्झनु पर्छ र सो शब्दले वित्तीय हस्तान्तरण, राजश्व संकलन र दाखिला गर्ने, अनुदान तथा क्रण प्राप्ति गर्ने, खर्च गर्ने तथा धरौटी, कार्य संचालन कोष लगायत अन्य कोष समेतसंग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबार सम्झनुपर्छ | "गाउँपालिका " भन्नाले तिनाउ गाउँपालिका सम्झनुपर्छ। “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ । “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ। “प्रदेश सञ्चित कोष” भन्नाले संविधानको धारा २०४ बमोजिमको प्रदेश सञ्चित कोष सम्झनुपर्छ बमोजिम “बजेट तथा कार्यक्रम तर्जुमा समिति” भन्नाले दफा ११ को उपदफा १ बमोजिम गठित बजेट तथा कार्यक्रम तर्जुमा समिति सम्झनुपर्छ | "बेरूजु" भन्नाले प्रचलित कानून बमोजिम पुच्याउनु पर्ने रीत नपुच्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठहच्याएको कारोबार रोबार सम्झनु पर्छ | “बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ र सो शब्दले नेपाल राष्ट्र बैङ्कको अधिकार प्रयोग गर्ने गरी सरकारी कारोबार गर्न तोकिदिएको वाणिज्य बैङ्कलाई समेत जनाउँछ | “लेखा उत्तरदायी अधिकृत” भन्नाले गाउँपालिकाको आर्थिक अधिकार प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ “बिषयगत शाखा” भन्नाले गाउँपालिका लिका अन्तर्गत रहेको बिषयगत विभाग, महाशाखा, शाखा, कार्यालय, निकाय वा एकाइ तथा वडा समितिको कार्यालय सम्झनुपर्छ। “स्थानीय सञ्चित कोष” भन्नाले नेपालको संविधानको धारा २२९ बमोजिमको तिनाउ गाउँपालिकाको स्थानीय सञ्चित कोष सम्झनुपर्छ । “सभा” भन्नाले गाउँ सभा सम्झनुपर्छ | “स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति” भन्नाले दफा ७ को उपदफा ३ बमोजिम गठित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण सिमित सम्झनुपर्छ । तिनाउ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ परिच्छेद-२ स्थानीय सञ्चित कोषको सञ्चालन र वित्तीय विवरण ३. स्थानीय सञ्चित कोषको सञ्चालन: (१) नेपालको संविधान, यो ऐन र अन्य प्रचलित कानूनको अधीनमा रही कार्यालयले स्थानीय सञ्चित कोषको संचालन गर्नेछ | (२) स्थानीय सञ्चित कोषको लेखा अद्यावधिक रुपमा राख्ने तथा त्यसको वार्षिक वित्तीय विवरण तयार गर्ने वा गराउने जिम्मेवारी लेखा उत्तरदायी अधिकृतको हुनेछ | (३) स्थानीय सञ्चित कोषको रकम नेपाल राष्ट्र बैंकको सहमतिमा महालेखा नियन्त्रकको कार्यालयले तोकेको बैंक वा “क” वर्गको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ । (४) स्थानीय सञ्चित कोषको सञ्चालन सम्बन्धी अन्य-व्यवस्था तोकिए बमोजिम हुनेछ | ४. बित्तीय विवरणः (१) लेखा उत्तरदायी अधिकृतले आफ्नो कार्यक्षेत्र भित्रका कार्यालयलाई नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त भएको अनुदान राजस्व बाँडफाँट अन्तर्गत प्राप्त रकम, आन्तरिक आय, क्रण तथा अनुदान र व्ययको विवरण देखिने गरी एकीकृत विवरण तयार गरी प्रत्येक आर्थिक वर्ष असोज मसान्त भित्र कार्यपालिका, सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ। (२) उपदफा (१) बमोजिमको विवरण नेपाल सरकारबाट स्वीकृत लेखामान बमोजिम तयार गरि महालेखा परीक्षकले तोकेको ढाँचामा पठाउनु पर्नेछ। (३) कार्यपालिकाले उपदफा (१) बमोजिम प्राप्त वित्तीय विवरण भएको एक हप्ता भित्र कार्यालयको वेब साईट वा अन्य माध्यमबाट सार्वजनिक गर्नुपर्नेछ। परिच्छेद-३ राजस्व र व्ययको अनुमान 4, स्थानीय राजस्व परामर्श समितिः (१) राजस्व सम्बन्धी परामर्शको लागि देहाय बमोजिमको एक स्थानीय राजश्व परामर्श समिति रहनेछः- (क) उपाध्यक्ष - संयोजक -सदस्य (ख, प्रमुख प्रशासकीय अधिकृत ता) कार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य मध्यबाट १ जना महिला सहित दुई जना _सदस्य तिनाउ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ (घ) निजी क्षेत्रको उद्योग वाणिज्य सम्बन्धी संस्थाको गाउँपालिका तहको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि _ सदस्य (ङ घरेलु तथा साना उद्योग सम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँपालिका तहको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि - सदस्य सचिव A राजस्व विभाग, महाशाखा, वा शाखा प्रमुख (२) राजस्व परामर्श समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, संशोधन, परिमार्जन र सोको परिपालनाका सम्बन्धमा आवश्यक परामर्श प्रदान गर्ने, (ख) राजस्वका श्रोत, दायरा र दर समेतको fessor गरी आगामी आर्थिक वर्षमा प्राप्त हुन सक्ने राजस्वको अनुमान गर्ने, त) राजस्वका दर र क्षेत्र लगायतका आधारमा आन्तरिक आयको FISHIN र अनुमान गर्ने, घ) स्थानीय उद्योग तथा व्यवसाय प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान दिने किसिमको कर नीतिको सम्बन्धमा परामर्श दिने, (ङ) कर राजस्व, गैरकर राजस्व, सेवा शुल्क, दस्तुर आदिको दर सम्बन्धमा परामर्श दिने, (च) राजस्व प्रशासन सुधारका लागि अन्य आवश्यक परामर्श दिने। (छ) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पेश गर्ने राजस्व सम्बन्धी विवरण तयार गर्ने | (३) उपदफा (१) बमोजिमको समितिले आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका विज्ञ तथा अन्य सरोकारवालालाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ। (४) उपदफा (१) बमोजिमको समितिले चैत्र मसान्त भित्र अध्यक्ष/प्रमुख समक्ष आफ्नो प्रतिवेदन पेष गर्नु पर्नेछ। (५) उपदफा (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ। ६. मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने: (१) कार्यपालिकाले प्रत्येक आर्थिक वर्षमा तीन वर्ष अवधिको खर्चको प्रक्षेपण सहितको मध्यमकालीन खर्च संरचना तयार गरी सभामा पेश गर्नुपर्नेछ। (२) उपदफा (१) बमोजिमको मध्यमकालीन खर्च संरचनामा गाउँपालिकाको स्वीकृत सोचपत्र वा आवधिक योजना र क्षेत्रगत नीति तथा योजनाका आधारमा आगामि तीन वर्षको समष्टिगत वित्त खाका, बजेट तथा कार्यक्रमको खाका र नतिजाको खाकाको साथै प्रस्तावित आयोजना वा कार्यक्रमको क्रियाकलापगत विवरण, क्रियाकलापको अनुमानित प्रति इकाई लागत, आयोजना वा कार्यक्रम तिनाउ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२