Notice Park
Gramthan Rural Municipality
Tender/Bids

गिटी र बालुवा उत्खनन् संकलन तथा विक्री गर्ने कार्यको मुद्रित (Hard Copy) रूपमा सिलबन्दी बोलपत्र ठेक्का बन्दोबस्ती सम्बन्धी २१ दिने सुचना ।

Summary

बालबालिकादेखि वृद्धवृद्धासम्ममा मानसिक समस्या बढ्दै गएको हो | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वव्यापी रूपमा हरेक वर्ष डिप्रेसन, चिन्ता र अन्य मानसिक रोगबाट करिब १ अर्ब मानिस प्रभावित हुन्छन्‌ । मानसिक समस्यामध्ये सबैभन्दा धेरै देखिने समस्या डिप्रेसन हो, जुन हरेक वर्ष करिब ३० करोडभन्दा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gramthan Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सौर्य दैनिक www.souryaonline.com mat Tat (Gees स्वास्थ्य विशेष वर्ष १५ अंक २३३ शनिबार, २४ असोज २०८३ SOURYA NATIONAL DAILY Satruday, 10 October 2026 TS: ६ सूल्यरु ५ तीव्र गतिमा बढ्दै मानसिक समस्या ae केशव भट्ट दलिँदो विश्व परिवेशसँगै विश्वभर विभिन्न प्रकारका मानसिक समस्या पनि तीव्र गतिमा बढ्दै गएका छन्‌ । प्रविधिमा भएको ऐतिहासिक परिवर्तन तथा अन्य कारणहरू (माहामारी, प्रकोप तथा राजनीतिक परिवर्तन, आर्थिक मन्दी)ले बालबालिकादेखि वृद्धवृद्धासम्ममा मानसिक समस्या बढ्दै गएको हो | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वव्यापी रूपमा हरेक वर्ष डिप्रेसन, चिन्ता र अन्य मानसिक रोगबाट करिब १ अर्ब मानिस प्रभावित हुन्छन्‌ । मानसिक समस्यामध्ये सबैभन्दा धेरै देखिने समस्या डिप्रेसन हो, जुन हरेक वर्ष करिब ३० करोडभन्दा बढी मानिसमा देखिन्छ । डब्लुएचओका अनुसार प्रत्येक वर्ष मानसिक समस्यासँग जोडिएका करिब ८ लाख मानिसले आत्महत्या गर्छन्‌ । मानसिक समस्या धेरैजसो निम्न तथा मध्यम आय भएका देशहरूमा बढी देखिने अध्ययनहरूले देखाएका छन्‌ | त्यस्ता देशहरूमा मानासिक रोग भएका ७०-८० प्रतिशत मानिसहरू आवश्यक उपचार र मनोपरामर्श सेवाबाट वाञ्चत रहेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ | पछिल्लो समय विश्वभर फैलिएको कोभिड-१९ को महामारीपछि मानसिक रोगको अवस्था झन्‌ भयावह बनेको बताइन्छ । विभिन्न तथ्यांकले कोभिड माहामारी पछि चिन्ता र डिप्रेसनको दर उल्लेखनीय रूपमा बढेको देखाएका छन्‌ । त्यस्तै, बेरोजगारी, महँगी, मध्यपूर्वको द्वन्द्वले पनि धेरै मानिसमा मानसिक समस्या ल्याएको बताइन्छ। आधुनिक प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाहरूमा इन्टरनेट कुलतको समस्या बढ्दै गएको छ । आत्महत्याको दरमा हरेक वर्ष वृद्धी भइरहेको छ। रोजगारीका लागि विदेशिएका नागरिकहरूको मानसिक स्वास्थ्यमा उल्लेखनीय समस्या रहेको र मृत्युको प्रमुख कारणमा आत्महत्या पर्ने गरेको छ। अध्ययनका लागि विदेशमा रहेका नेपाली विद्यार्थीहरूमा आत्महत्याका घटना बढ्दै गएको, जोखिमपूर्ण व्यवहारमा संलग्न रहेको तथा मानसिक स्वास्थ्य समस्या पनि बढेको सरकारी तथ्यांक छ | नेपालमा मानसिक समस्या नेपाल खुसी रहने मानिसहरूको संख्या धेरै प्रतिशत भएको देश मध्येमा पर्दछ | विश्व खुसी सूचकांक प्रतिवेदन २०२६ अनुसार नेपाल विश्वभर ९९औँ स्थानमा र दक्षिण एसियामा अग्र स्थानमा रहेको छ । खुसी सूचकांकमा अगाडि हुनु भनेको मानसिक समस्या कम हुने भन्ने बुझिन्छ | यति हुँदाहुँदै पनि विश्व परिवेश जस्तै नेपालमा पनि मासिक समस्या पनि तीव्ररूपमा बढ्दो छ। १० वर्षे सशस्त्र द्वन्द्व त्यसपछिको राजनीति अस्थिरता, २०७२ सालको भूकम्प, कोभिड माहामारी, जेनजी आन्दोलन, भोटेकोसी नदीमा आएको हिमबाढी जस्ता कारणले नेपालमा मानसिक स्वास्थ्यमा असर परेको मनोविद्हरू बताउँछन्‌ । त्यस्तै, मनोविद्हरूका अनुसार मध्यपूर्वमा भएको युद्धले रेमिट्यान्स प्रभावित पार्ने र वैदेशिक रोजगारी प्रभावित हुने चिन्ता, बेरोजगारी समस्या, प्रविधिको तीव्र विस्तार र असीमित चाहानाले गर्दा पनि नेपालीहरूमा मानसिक समस्या दिनानुदिन बढ्दै छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को २०७७ को सर्वेक्षणअनुसार १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो | जसमा २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाइएको थियो | सर्वेक्षणका क्रममा १८ वर्षमाथिका १० प्रतिशत व्यक्तिहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो । पुरुषहरूको तुलनामा महिलाहरूमा मानसिक स्वास्थ्य समस्या बढी देखिने गरेको उक्त सर्वेक्षणले देखाएको थियो । त्यसैगरी राष्ट्रिय जनसांख्यिक सर्वेक्षण २०७९ अनुसार प्रत्येक १० जना पुरुषमध्ये १ जना र प्रत्येक ५ जना महिलामध्ये १ जनामा मानसिक स्वास्थ्य समस्या देखिएको थियो । युनिसेफका अनुसार नेपालको पछिल्लो राष्ट्रिय तथ्यांकअनुसार १३ देखि १९ वर्षका ५.२ प्रतिशत किशोर्राकशोरीमा मानसिक स्वास्थ्य समस्याहरूबाट गुज्रिरहेको छन्‌, भने १८.३ प्रतिशत बालबालिका (६-१८ वर्ष) ले भावनात्मक वा व्यावहारिक कठिनाइहरूको सामना गरिरहेका छन्‌ | मानसिक समस्यामा सरकार कति गम्भीर ? सन्‌ १९६१ मा काठमाडौँस्थित वीर अस्पतालमा पहिलो मनोरोग ओपिडी सेवा आज विश्व मानसिक सुरु भएसँगै नेपालमा मानसिक स्वास्थ्य सेवाको इतिहास तथा विकासक्रम सुरु भएको हो । सन्‌ १९८४ मा वीर अस्पतालको मनोरोग इनपेसन्ट तथा आउटपेसन्ट विभागलाई लगनखेलमा सारिएको थियो । जसलाई मानसिक अस्पतालको नाम दिइएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सन्‌ १९८६ मा मनोरोग बाह्य सेवा सुरु TH | न्यूनतम मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन नेपालले आफ्नो पहिलो राष्ट्रिय मानसिक स्वास्थ्य नीति ल्याएको थियो | त्यसपश्चात जनस्वास्थ्य सेवा ऐन २०७५ मार्फत सरकारले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको रूपमा समावेश गरेको छ । सरकारले पछिल्लो राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२०-२०२५ को कार्यान्वयन ल्याएका थियो । प्रायः सबै खालका मानसिक स्वास्थ्य समस्याको उपचार र पुनःस्थापना गर्न सकिने पर्याप्त वैज्ञानिक आधारहरू उपलब्ध भए तापनि सोही अनुसारको कार्यक्रममा व्यापकताल्याई मानसिक स्वास्थ्य सेवालाई सबैको पहुँचमा FAST सकेको छैन | मासिक समस्याको गति र सरकारले गरेका प्रयासहरूको गति आकास पातालको फरक रहेकोले हाल रहेकै संरचनाले हालको समस्यालाई सम्बोधन गर्ने अवस्था नरहेको सरकारका अधिकारीहरू बताउँछन्‌ | सेवाग्राही र सेवाप्रदायकको अनुपात एकदमै उच्च रहेको छ जसका कारणले मानसिक स्वास्थ्य सेवाको आवश्यकता र उपलब्धताको अन्तर ठुलो रहेको सरकारी निकायहरू निरीह देखिएका wl सर्वोच्चको परमादेश नै पूर्ण कार्यान्वयनमा जान सकेन मानसिक स्वास्थ्य सेवाको सुनिश्चिततासम्बन्धी विषयमा विभिन्न मन्त्रालयलाई विपक्षी बनाई कोसिस नेपाल नामक गैरसरकारी संस्थाले दायर गरेको रिटमा २०८१ मंसिर १७ मा सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । परमादेशमा मानसिक स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको सम्बोधन, राज्यका तर्फबाट हुने सम्पूर्ण कार्यको सहजीकरण तथा संयोजन गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नहुँदा मानसिक स्वास्थ्य अझै ओझेलमा परेको कोसिसतर्फकी अधिवक्ता शर्मिला पराजुली बताउँछिन्‌ | अधिवक्ता पराजुलीका अनुसार अदालतको परमादेश र निर्देशनात्मक आदेशअनुसार राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ लाई संशोधन गरी सरकारका सबै तहमा आवश्यक संयन्त्र स्थापना गर्न भनिएको छ । साथै, १२ बुँदे निर्देशनात्मक आदेश पनि जारी भएको थियो । हाल स्वास्थ्य मन्त्रालय र महामारी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) मिलेर राष्ट्रिय मानसिक स्वास्थ्य नीति तथा मानसिक स्वास्थ्य ऐन निर्माणको प्रक्रिया अगाडि बढाएका छन्‌ । तर, संयन्त्र स्थापना र निर्देशनात्मक आदेशहरूको कार्यान्वयनका सम्बन्धमा अहिलेसम्म कुनै प्रगति भएको जानकारी आएको छैन | मानसिक स्वास्थ्य ऐन वा नीति बनाउँदा अदालतले संयन्त्र स्थापना र निर्देशनात्मक आदेशबारे दिएका निर्देशनहरूलाई सोही ऐनभित्रै समावेश गरिनुपर्नेमा उनले जोड दिइन्‌ | त्यस्तै, बाल मनोविद्‌ र मानसिक स्वास्थ्य विशेषज्ञ पदमराज जोशीले विगतमा राज्य र सम्बन्धित निकायहरूले नीतिगत तथा कार्यान्वयनका तहमा समयमै ध्यान नदिँदा मानसिक स्वास्थ्यका क्षेत्रमा थुप्रै विकृति र अव्यावहारिक अभ्यासहरू देखा परेको बताउँछन्‌ | स्वास्थ्य दिवस 8 सौर्य समाचार काठमाडौँ । मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, मानसिक समस्याबारे समाजमा विद्यमान भ्रम र विभेद हटाउने तथा मानसिक स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ। हरेक वर्ष १० अक्टोबरमा मनाइने यस दिवसले मानसिक स्वास्थ्यलाई मानव जीवनको अभिन्न पक्षका रूपमा स्वीकार गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै आएको छ। मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण भए पनि नेपालमा यसप्रति पर्याप्त ध्यान पुग्न सकेको छैन । मानसिक समस्यालाई कमजोरी, व्याक्तगत असफलता वा सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने प्रवृत्तिका कारण धेरै मानिस आफ्ना समस्या खुलेर व्यक्त गर्न र आवश्यक उपचार लिन हिचकिचाउने गरेका छन्‌ । यसले सामान्य तनाव तथा चिन्ताबाट सुरु भएका समस्या पनि जटिल बन्दै जाने जोखिम बढाउँछ | विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य यस्तो अवस्था हो, जसमा व्यक्तिले आफ्नो क्षमता पहिचान गर्न, जीवनका सामान्य तनाव सामना गर्न, उत्पादनशील रूपमा काम गर्न र समुदायमा योगदान दिन सक्छ | मानसिक स्वास्थ्य बिग्रँदा व्यक्तिको सोचाइ, भावना, व्यवहार, सम्बन्ध, अध्ययन तथा काम गर्ने क्षमतामा असर पर्न सक्छ | नेपालमा बेरोजगारी, आर्थिक अभाव, पारिवारिक कलह, सामाजिक दबाब, वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिनुपर्ने अवस्था, प्राकृतिक विपद्‌ र सामाजिक सञ्जालको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा चुनौती थपिरहेका छन्‌ । बालबालिका तथा किशोरकिशोरीमा पढाइको दबाब, असफलताको डर, साथीभाइसँगको तुलना र साइबर दुर्व्यवहार पनि चिन्ताका विषय बनेका छन्‌ । 2.0 पा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिँदा लामो समयसम्म उदास रहनु. अत्यधिक चिन्ता हुनु, निद्वा र भोकमा आउनु, पहिले मनपर्ने गतिविधिमा ofa हराउनु, एकाग्रतामा काठनाइ हुनु तथा सामाजिक सम्बन्धबाट टाढिन खोज्नुजस्ता लक्षण देखिन सक्छन्‌ | यस्ता लक्षण लामो समयसम्म रहेमा वा दैनिक जीवनमा असर पारेमा स्वास्थ्यकर्मीसँग परामर्श लिनु आवश्यक हुन्छ | मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई दोष दिने, कमजोर ठान्ने वा समाजबाट अलग्याउने प्रवृत्तिले समस्या समाधान गर्नुको सट्टा झन्‌ जटिल बनाउन सक्छ | उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने, भावनालाई सम्मान गर्ने र आवश्यकताअनुसार व्यावसायिक सहयोग लिन प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु महत्त्वपूर्ण हुन्छ । मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पर्याप्त निद्रा, निर्यामत शारीरिक व्यायाम, सन्तुलित आहार, परिवार तथा साथीभाइसँगको संवाद र तनाव व्यवस्थापन उपयोगी हुन्छन्‌ । यद्यपि, यी उपायले मात्रै सबै मानसिक समस्या समाधान नहुन सक्ने भएकाले आवश्यकताअनुसार मनोपरामर्श, मनोचिकित्सा तथा औषधोपचार लिनुपर्छ | विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य समस्या लुकाएर राख्ने विषय नभई समयमै पहिचान, सहयोग र उपचारबाट व्यवस्थापन गर्न सक्ने विषय हो भन्ने सन्देश दिन्छ | मानसिक रूपमा स्वस्थ व्यक्ति, सहयोगी परिवार र संवेदनशील समाज निर्माण गर्न सरकार, स्वास्थ्यकर्मी, शैक्षिक संस्था, सञ्चारमाध्यम र समुदाय सबैको भूमिका महत्त्वपूर्ण छ । मानसिक स्वास्थ्यको संरक्षण कुनै एकदिनको अभियानमा सीमित हुनु हुँदैन | आफ्नो भावना व्यक्त गर्न सक्ने, समस्यामा परेकालाई सहयोग माग्न र दिन सक्ने तथा मानसिक स्वास्थ्य सेवालाई सहज रूपमा उपयोग गर्न सक्ने वातावरण निर्माण गर्नु नै यस (दिवसको प्रमुख सन्देश हो | e I) ७ पदमराज जोशी, बाल मनोविद्‌ तथा मानसिक स्वास्थ्य विशेषज्ञ सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारी र बाढी-पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण गहिरो मानसिक नेपाली समाज गुज्रिरहेको छ | यसले समाजमा निराशा बढाएको छ र पछिल्लो १० वर्षमा डिप्रेसनका कारण करिब ८७ हजार मानिसले ज्यान गुमाएका छन्‌ । eee जोशीले नेपालमा मानसिक स्वास्थ्यको अवस्था विगतको तुलनामा झन्‌ विकराल बन्दै गएको बताए । उनका अनुसार २०५३ सालदेखि नीति निर्माणको काम सुरु भई २०७७ सालमा रणनीतिक योजना बने पनि मानसिक स्वास्थ्य नीतिलाई आधुनिक र नयाँ स्वरूप दिन सकिएको छैन | सौर्य दैनिकसँग कुरा गर्दै जोशीले भने, 'सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारी र बाढी-पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण गहिरो मानसिक नेपाली समाज गुज्रिरहेको छ । यसले समाजमा निराशा बढाएको छ र पछिल्लो १० वर्षमा डिप्रेससका कारण करिब ८७ हजार मानिसले ज्यान गुमाएका छन्‌ ।' जोशीले त्रिभुवन विश्वविद्यालयले वार्षिक ३०० भन्दा बढी काउन्सिलिङ र क्लिनिकल साइकोलोजिस्ट उत्पादन गरे पनि राज्यस्तरमा उपयुक्त संगठनात्मक संरचना र नियमनकारी निकाय नहुँदा दक्ष जनशक्तिको सही उपयोग हुन नसकेको बताए। इन्टरनेट र सोसल मिडियाको बढ्दो प्रयोग, शिक्षित अभिभावकहरूको अदूरदर्शी व्यवहारका कारण बालबालिकाहरूमा मोबाइल र इन्टरनेट कुलत तीव्र रूपमा बढेको छ | अभिभावकहरूले बालबालिकालाई फकाउन वा अल्झाउन तत्कालका लागि मोबाइल दिने गरे तापनि यसले दीर्घकालीन असर पारिरहेको छ । बालबालिका र कडा लागूऔषध प्रयोगकर्ताहरूलाई एउटै ठाउँमा राखेर काउन्सिलिङ गराउनेजस्ता गम्भीर गल्तीहरू पनि भइरहेको पाइन्छ । समयमै यस्ता समस्या नियन्त्रण नगरे आगामी ५-७ वर्षमा समस्या भयावह बन्ने जोखिम रहेको जोशीको भनाइ छ। मनोविद्‌ जोशीका अनुसार नयाँ पुस्तामा धैर्य घट्दै जानु र उनीहरूमा भौतिक- पारिवारिक 'ह्युमन कनेक्सन'को कमी हुनु पछिल्लो समयको प्रमुख समस्या बनेको छ। मानिसहरू आफ्ना भावना प्रत्यक्ष व्यक्त गर्नुको सट्टा सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्‌ | यो प्रवृत्ति बालबालिकाबाट अभिभावकहरूसम्म सरेको छ, जहाँ एउटै घरमा बस्दा पनि मेसेन्जरबाट कुराकानी गर्ने वा खाना खाने टेबलमा मोबाइल चलाउने परिपाटी बढेको छ। जोशीले मानसिक स्वास्थ्य समस्या बढाउन भूमिका खेल्ने सामाजिक सञ्जालका नकारात्मक र निराशाजनक सामाग्रीहरूलाई कडाइका साथ नियमन गर्नुपर्ने उनको सुझाव छ | समुदायमा आधारित मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्न सरकारले ढिला गर्न नहुने उनले सुझाव दिए | विशेषज्ञ प्रशिक्षकको अभाव हुनु, तालिम लिएका स्वास्थ्यकर्मीको बारम्बार सरुवा हुनु, क्लिनिकल सुपरभिजन तथा पुनर्ताजगी तालिमको अभाव हुनु, स्वास्थ्य व्यवस्थापकहरूलाई अभुमुखीकरण नहुनु, औषधिको निर्यामत आपूर्ति नहुनु, विशेषज्ञ सेवाका लागि प्रेषणको भरपर्दो संयन्त्रको व्यवस्था नहुनु जस्ता कारणले मानसिक स्वास्थ्य सेवा समुदायमा स्थापित हुन नसकेको बताइन्छ । अधिकांश मानसिक समस्याहरूको सुरुआत २४ वर्षभन्दा कम उमेरमा नै हुने तथ्यांकले देखाए पनि सरकारले बालबालिका र किशोरकिशोरीलाई लक्षित गरेर कार्यक्रमहरू ल्याउन सकेको छैन | नेपालमा ८० प्रतिशत जनसंख्या उपचार पहुँच बाहिर, हरेक १० जनामा १ जनालाईई मानसिक समस्या हुनसक्ने een महरा चमिना भट्टराई El हिले पनि हाम्रो समाज रोगलाई हेर्ने दृष्टिकोणमा फराकिलो छैन | रोग लुकाउने र रोगलाई हेर्ने सोच निकै साँघुरो छ। अझ केही यस्ता रोग छन्‌, जो उपचारमा जानै सक्दैनन्‌ । ती मध्ये एक हो, मानसिक स्वास्थ्य । नसर्ने रोगको समूहमा पर्ने मानसिक रोग विश्वभर डरलाग्दो बन्दै गएको विज्ञको अनुभव छ । त्यसैले (आज अक्टोबर १०) लाई विश्व मानसिक स्वास्थ्य दिवशका रूपमा मनाउने गरिएको छ। हाम्रो समाज कडा प्रकारका रोग लागेका र अझ मानसिक स्वास्थ्यमा समस्या देखिएकालाई हेयको दृष्टिले हेर्ने गर्छ । कुनै पनि रोग लुकाउनु झन्‌ जटिलतातिर लैजानु हो भन्छन्‌ विज्ञ | मान्छेले मानसिक स्वास्थ्य भन्ने बित्तिकै रोग भन्ने ठान्छन्‌ । मानसिक रूपमा स्वस्थ हुनु भनेको मन र विचार सन्तुलन हुनु eT | मान्छेको मन र विचारको सन्तुलन हुनुलाई नै स्वस्थ भनेर बुझिन्छ | यसका साथै मान्छेको व्यवहारमा पनि सन्तुलन हुनुपर्छ । अर्को कुरा मानसिक स्वास्थ्यभित्र पनि धेरै प्रकारका रोग हुन्छन्‌ | मन डराउने, डिप्रेसन (एन्जाइटी) अरू कडा खालका मानसिक रोग पनि हुन सक्छ | सबै मानसिक रोगलाई एउटै भनेर बुझ्न हुँदैन । मानसिक स्वास्थ्यलाई स्वास्थ्यको प्रमुख अंग मानिन्छ | जसरी शारीरिक रूपमा स्वस्थ रहन जरुरी छ, त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु जरुरी छ | मानसिक स्वास्थ्य समस्या बालबालिकादेखि वृद्धवद्धासम्मकालाई हुन सक्छ | विज्ञका अनुसार मानसिक रोग दुई प्रकारका हुन्छन्‌ | एन्जाइटी र डिप्रेसन लगायतका समस्या सामान्य समस्या हुन्‌ भने जटिल प्रकारका अन्य मानसिक रोग पनि हुन्छन्‌ | अहिले पनि रोग लुकाउनेको संख्या धेरै रहेको विज्ञ बताउँछन्‌ । "मानसिक स्वास्थ्का बारेमा अहिले जे्जात काम भएको छ, त्यो २० प्रतिशत मात्रै हो,' मानसिक रोग विशेषज्ञ, डाक्टर सरोज ओझाले भने, “यसको नियन्त्रण र उपचारका लागि गर्नुपर्ने ८० प्रतिशत काम अझै बाँकी Bl यसको पनि उपचार हुन्छ। यो अरू स्वास्थ्य समस्या जस्तै हो भन्ने भावनाको विकास गर्नु जरुरी रहेको उनले बताए | नेपालमा मानसिक स्वास्थ्यको समस्या झन्‌ गम्भीर रहेको उनले बताए | समस्या बढ्दै गएपछि उपचार गराउनेको चेतना पनि बढेको उनको नि ७ डा.सरोज ओझा मानसिक रोग विशेषज्ञ मानसिक स्वास्थ्का बारेमा अहिले जेजति काम भएको छ, त्यो २० प्रतिशत मात्रै हो | यसको नियन्त्रण र उपचारका लागि गर्नुपर्ने ८० प्रतिशत काम अझ बाँकी छ । अनुभव छ। केही वर्ष पहिलासम्म यसको उपचार गर्ने निकै कम रहेको उनले बताए । 'यो पनि अरू रोग जस्तै हो, उपचार गरे निको हुन्छ भन्ने सोच पूरै विकास भएको त छैन,' उनले भने, 'तर, पहिलाको तुलनामा यसको पनि उपचार हुन्छ, गर्नुपर्छ भन्ने सोचको अलिकति विकास भएको छ।' मानसिक स्वास्थ्यको समस्या बढ्दै जाँदा राज्यले यस क्षेत्रमा लगानी बढाएको भए पनि त्यो पर्याप्त नरहेको ओझाले बताए । उनका अनुसार आममानिसमा अझै पनि मानसिक रोगप्रतिको दृष्टिकोण साँघुरो B | आमजनतामा चेतनाको कमी, राज्यको लगानीमा कमी र जनशक्तिको अभाव रहेको उनले बताए | मानसिक रोगको उपचार अरू रोग जस्तै सहज बनाउनुपर्ने उनले बताए | यसलाई पनि शारीरिक स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने उनको माग छ | 'अब रोगीको कथा सुन्ने मात्रै होइन, उनीहरूको ज्ञान अनुभव पनि सुन्नुपर्छ,' उनले भने, 'समाजमा रोगीले भोगेको भेदभाव, विभेदलाई बाहिर ल्याएर उनीहरूको भूमिका स्थापित गराउनुपर्छ ।' हरेक ५ जना मानिसमध्ये १ जना जीवनको कुनै पनि अवस्थामा मानसिक रोगी हुनसक्ने विश्वव्यापी अवस्था रहेको उनले बताए । नेपालको अध्ययनले भने, १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या हुसक्ने देखाएको उनले बताए । तर, मान्छेले लुकाउने र उपचारमा नजाने गर्ने भएकाले यो संख्या अझै बढी हुनसक्ने उनको अनुमान छ | मानसिक स्वास्थ्य समस्या अझै पनि समाजमा लुकेर बसेको अवस्था रहेको उनले सुनाए । 'मानसिक स्वास्थ्य समस्या भएर पनि उपचारको पहुँचमा पुग्न नसक्नेको संख्या co प्रतिशत छ,' उनले भने, 'यसका पछि धेरै कारण छन्‌ | पहिलो समाजिक धारणा । दोस्रो सर्वसुलभ उपचार नहुनु । तेस्रो राज्यले यस रोगलाई गम्भीरताका साथ नलिनु ।' यसलाई साच्नै पहुँचमा पुन्याउने हो भने हेल्थपोस्टसम्म उपचारको पहुँच हुनुपर्ने उनको भनाइ छ । सहर र ठुला अस्पतालमा मात्रै पाइने सेवा प्रयाप्त नहुने हुँदा अवस्था विकराल बन्दै गएको डा.ओझाको ठम्याइ छ । अहिले पनि हाम्रो समाजमा मानसिक रोग भएकाहरूलाई बाँध्ने, थुन्ने वा कोठामा कैद गर्ने गरेको पाइन्छ। कहीँ कतै त पशुलाई जसरी राखेको कार्राणक दृश्य पनि देखिन्छ | धार्मिक दृष्टिले पापको परिणाम मान्ने पनि उत्तिकै छन्‌ । यो चेतनाको कमीले हो । जबसम्म यसलाई आमरोगका बारेमा बुझ्ने र बुझाउने कार्य गर्न सकिन्न तवसम्म यसले समाजलाई भित्रभित्रै खोक्रो बनाउने देखिन्छ | मानसिक रोग पछिल्लो समय हरेक उमेर समूहमा प्रवेश गरेको डाक्टर ओझाको अनुभव छ । रोगको अवस्था र त्यसले पार्ने असर फरक भए पनि सबै उमेरका मानिसमा यो पुगेको उनले बताए | 'कडा खालको मानसिक रोग पुरुषमा देखिने गरेको छ,' उनले भने, 'डिप्रेसन भने महिलामा बढी देखिने गरेको छ ।' यो विश्वभरको अवस्था भएको उनले बताए | यसका लागि समाज र परिवारको भूमिका अझ धेरै रहने उनले बताए | नेपालमा मानसिक स्वास्थ्य शिक्षा नभएकाले पनि परिवारको भूमिका महत्त्वपूर्ण हुने ओझाको अनुभव छ। पछिल्लो समय कामको व्यस्तता र तनावले यी समस्या देखिने गरेको विज्ञको अनुभव छ। मानसिक रोग दीर्घकालसम्म हुन्छ, कहिल्यै निको हुँदैन भन्ने भ्रम छ। यो धारणा गलत भएकाले विश्वास नगर्न विज्ञको सुझाव छ | मानसिक समस्या भएका मानिस पागल हुन्‌ भन्ने गलत धारणा हाम्रो समाजमा अहिले पनि जीवितै छ। त्यसैले त यस्तो समस्या समयमा नै अस्पताल पुग्न नपाएर झाँगिने गरेको छ। अझ औषधि खायो भने बानी पर्छ, त्यसैले कहिल्यै पनि नखानु भन्ने गरिन्छ, जुन भ्रम मात्रै हो । उपचारका साथै आफन्त र परिवारको सहयोग पनि यस रोगको उपचारमा महत्त्वपूर्ण रहने डा.ओझाको भनाइ छ। SS pO 99 Ei शनिबार २४ असोज, २०८३ Saturday, 10 October 2026 शनिवासरीय बिसौनी र्‌ । | Boia स्वास्थ्य विशेष www.souryaonline.com सौर्य दैनिक मानसिक स्वास्थ्य किन जरुरी छ ? मानिस स्वस्थ हुन शारीरिक स्वास्थ्य मात्र राम्रो भएर पुग्दैन, मानसिक स्वास्थ्य पनि उत्तिकै राम्रो हुनुपर्छ | शरीरले दैनिक काम गर्न शक्ति दिएजस्तै मानसिक स्वास्थ्यले सोच्न, निर्णय लिन, भावना नियन्त्रण गर्न, समस्या सामना गर्न र अरूसँग राम्रो सम्बन्ध कायम राख्न मद्दत गर्छ । मानसिक स्वास्थ्य राम्रो हुनु भनेको सधैँ खुसी रहनु होइन, दुःख, तनाव, निराशा र कठिन परिस्थितिलाई सामना गर्न सक्ने क्षमता हुनु पनि हो। १. मानसिक स्वास्थ्य राम्रो हुनु किन आवश्यक छ? (क) सही निर्णय लिन मानसिक स्वास्थ्य राम्रो हुँदा मानिसले परिस्थितिलाई शान्त भएर बुझ्न, सही-गलत छुट्याउन र आफ्नो जीवनसँग सम्बन्धित निर्णय सोचविचार गरेर लिन सक्छ | (ख) सम्बन्ध राम्रो बनाउन परिवार, साथीभाइ र सहकर्मीसँग स्वस्थ सम्बन्ध कायम राख्न, अरूको भावना बुझ्न र आफ्नो भावना व्यक्त गर्न मानसिक स्वास्थ्यले महत्त्वपूर्ण भूमिका खेल्छ | (ग) काममा ध्यान केन्द्रित गर्न मानसिक रूपमा स्वस्थ हुँदा पढाइ, रोजगारी, व्यवसाय तथा दैनिक जिम्मेवारी पूरा गर्न साजिलो हुन्छ। एकाग्रता, स्मरणशक्ति र काम गर्ने प्रेरणामा पनि सकारात्मक प्रभाव पर्न सक्छ | (घ) तनाव र समस्याको सामना गर्न जीवनमा असफलता, आर्थिक कठिनाइ, पारिवारिक विवाद र अन्य चुनौती आउन सक्छन्‌ | राम्रो मानसिक स्वास्थ्यले यस्ता अवस्थालाई सामना गर्न र समस्याको समाधान खोज्न सहयोग गर्छ। (ङ) शारीरिक स्वास्थ्य जोगाउन लामो समयसम्म तनावमा रहँदा निद्रा, खानपान र दैनिक बानी प्रभावित हुन सक्छन्‌ । यसले शारीरिक स्वास्थ्यमा समेत असर पार्न सक्छ । त्यसैले शरीर र मन दुवैको हेरचाह आवश्यक छ। २. मानसिक स्वास्थ्य ठीक नभए के हुन्छ? मानसिक स्वास्थ्यमा समस्या आउँदा सबै मानिसमा एउटै प्रकारका लक्षण देखिँदैनन्‌ । समस्या कति गम्भीर छ, कति समयदेखि छ र व्यक्तिको परिस्थिति कस्तो छ भन्ने आधारमा यसको प्रभाव फरक हुन सक्छ । (क) सोचाइ र एकाग्रतामा समस्या एउटै कुराबारे बारम्बार सोचिरहने, सानो निर्णय लिन पनि कठिन हुने, ध्यान केन्द्रित गर्न नसक्ने र बिर्सने समस्या हुन सक्छ | (ख) भावना प्रभावित हुने अत्यधिक चिन्ता, निराशा, चिडाचडापन, डर, एक्लोपन वा पहिले मन पर्ने काममा रुचि हराउनेजस्ता लक्षण देखिन सक्छन्‌ । केही अवस्थामा डिप्रेसन वा एन्जाइटीजस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्या विकसित हुन सक्छन्‌ । (ग) निद्रा र खानपान बिग्रने निद्रा नलाग्ने वा अत्यधिक सुत्ने, भोक कम लाग वा धेरै खाने, थकान महसुस हुने र शरीरमा Sol कम भएको अनुभव हुन सक्छ | (घ) पारिवारिक र सामाजिक सम्बन्धमा असर अरूसँग बोल्न मन AA, सानो कुरामा झर्किने, विवाद बढ्ने वा समाजबाट टाढिन खोज्ने अवस्था आउन सक्छ | (ङ) पढाइ, काम र आर्थिक जीवनमा असर काममा गल्ती बढ्ने, उत्पादकत्व घट्ने, पढाइमा ध्यान नजाने, जिम्मेवारी पूरा गर्न कठिन हुने र काम वा व्यवसायमा समस्या आउन सक्छ | (च) शारीरिक समस्यासमेत देखिन सक्ने तनावसँग सम्बन्धित टाउको दुःखाइ, मांसपेशी कसिने, थकान र पेटसम्बन्धी असहजता अनुभव हुन सक्छ | तर यस्ता लक्षणका अन्य शारीरिक कारण पनि हुन सक्छन्‌ | महत्त्वपूर्ण कुरा : मानसिक स्वास्थ्य बिग्रनु भनेको व्यक्ति कमजोर हुनु वा उसको इच्छाशक्ति कमजोर हुनु होइन | मानसिक स्वास्थ्यसम्बन्धी समस्या जोकोहीलाई हुन सक्छ र Shad सहयोग, परामर्श तथा आवश्यक उपचारबाट सुधार सम्भव छ। ३. मानसिक स्वास्थ्य राम्रो राख्न के गर्ने ? @ नियमित निद्रा लिनुहोस्‌ | सकेसम्म निश्चित समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोस्‌ | @ शारीरिक गतिविधि बढाउनुहोस्‌ | नियमित हिँड्ने, व्यायाम गर्ने र खुला वातावरणमा समय

Like

0

Views

0

Comments

0

Share

0

Save

Report