परशुराम नगरपालिकाको अस्पताल फार्मेसी सेवा निर्देशिका, २०८३
Summary
प्रस्तावना: स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्नका लागि फार्मेसी विषयका दक्ष जनशक्तिमार्फत् आफ्नै फार्मेसी सेवा सञ्चालन गरी विरामी एवं सेवाग्राहीहरूलाई सुलभ एवं गुणस्तरीय सेवा Gast वाञ्छनीय भएकाले, परशुराम नगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०८३ को दफा ६ को उपदफा (५) ले प्रदान गरेको अधिकार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e82defed-d3c7-40af-b28b-afcd27104710.pdfPDF · 4 pages · 451 KBOpen
Key details
- Organization
- Parshuram Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(खण्डः ९ संख्याः ०७ मितिः 2063/06/72) स्थानीय राजपत्र परशुराम नगरपालिकाद्वारा प्रकाशित खण्डः ९ संख्याः ०७ मितिः २०८३/०६/१२ जोगबुडा, डडेल्धुरा, सुदूरपश्चिम प्रदेश, नेपाल भाग २ परशुराम नगरपालिका परशुराम नगरपालिकाको अस्पताल फार्मेसी सेवा निर्देशिका, २०८३ प्रस्तावना: स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्नका लागि फार्मेसी विषयका दक्ष जनशक्तिमार्फत् आफ्नै फार्मेसी सेवा सञ्चालन गरी विरामी एवं सेवाग्राहीहरूलाई सुलभ एवं गुणस्तरीय सेवा Gast वाञ्छनीय भएकाले, परशुराम नगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०८३ को दफा ६ को उपदफा (५) ले प्रदान गरेको अधिकार प्रयोग गरी परशुराम नगरपालिका, नगर कार्यपालिकाको मिति २०८३/०६/०९ गते बसेको बैठकले यो निर्देशिका बनाएको छ। (खण्डः ९ संख्याः ०७ मितिः 2063/06/72) १. संक्षिप्त नाम र प्रारम्भः (१) यस निर्देशिकाको नाम “परशुराम नगरपालिकाको अस्पताल फार्मेसी सेवा निर्देशिका, २०८३" रहेको छ। (२) यो निर्देशिका नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागु हुनेछ। २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,- (१) “मन्त्रालय” भन्नाले नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्झनु पर्दछ। (२) “अस्पताल” भन्नाले सरकारी, गैरसरकारी, सामुदायिक तथा निजी अस्पताल भन्ने सम्झनु पर्दछ। (३) “फार्मेसी सेवा” भन्नाले अस्पतालहरूमा सञ्चालनमा रहेका र सञ्चालन गरिने औषधी तथा औषधीजन्य सामाग्रीहरूबाट दिइने सेवा सम्झनु पर्दछ। (४) "ऐन” भन्नाले “परशुराम नगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०८३” सम्झनु पर्दछ। (५) “नियमावली” भन्नाले जनस्वास्थ्य सेवा नियमावली, २०७७ सम्झनु पर्दछ। (६) “मापदण्ड” भन्नाले “स्वास्थ्य सेवा सञ्चालन मापदण्ड, २०७७” सम्झनु पर्दछ। ( ( ७) "कमिटी” भन्नाले दफा ३ बमोजिम गठन भएको ड्रग एण्ड थेराप्युटिक कमिटी सम्झनु पर्दछ। ८) “अस्पताल फर्मुलरी” भन्नाले अस्पतालमा प्रयोग हुने औषधी तथा औषधीजन्य सामाग्रीहरूको विवरण पुस्तिका सम्झनु पर्दछ। ३. ड्रग एण्ड थेराप्युटिक कमिटीः अस्पतालबाट दिइने फार्मेसी सेवालाई व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि देहाय बमोजिम अध्यक्ष तथा सदस्यहरू रहने गरी एक ड्रग एण्ड थेराप्युटिक कमिटी गठन गर्नुपर्नेछ:- १) अस्पताल प्रमुख वा निजले तोकेको वरिष्ठ चिकित्सक - अध्यक्ष २) चिकित्सकीय विभाग वा इकाई प्रमुखहरू - सदस्य ३) नसिँग प्रमुख - सदस्य ४) प्रशासन प्रमुख - सदस्य ५) आर्थिक प्रशासन प्रमुख - सदस्य ६) फार्मेसी प्रमुख — सदस्य सचिव ४. कमिटीको काम, कर्तव्य र अधिकारः कमिटीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (१) फार्मेसीमा राखिने औषधी तथा औषधीजन्य सामाग्रीहरूको सूची निर्धारण गर्ने। (२) आवश्यकता अनुसार औषधी तथा औषधीजन्य सामाग्रीको उत्पादक तथा आपूर्तिकर्ताहरूको योग्यता निर्धारण गर्ने (३) खरिद भई आएको औषधी तथा औषधीजन्य सामाग्रीहरूको बिक्री मूल्य निर्धारण गर्ने। तर, यसरी विक्री मूल्य निर्धारण गर्दा अधिकतम् खुद्रा मूल्य (Maximum Retail ००९) भन्दा बढी हुनु हुँदैन। (४) अस्पताल फर्मुलरीको स्वीकृति दिने, परिमार्जन गर्ने वा संशोधन गर्ने । ( ( ( ( ( (