Notice Park
Parshuram Municipality
Guidelines

परशुराम नगरपालिकाका प्राविधिक कर्मचारीको (फिल्ड भत्ता, इन्धन तथा सवारी साधन मर्मत) खर्च सम्बन्धी मापदण्ड, २०८३

Summary

प्रस्तावनाः परशुराम नगरपालिकाको विकास निर्माण, पूर्वाधार विकास, आयोजना कार्यान्वयन, प्राविधिक निरीक्षण, नापजाँच, सुपरीवेक्षण तथा अनुगमन कार्यलाई प्रभावकारी, नियमित र गुणस्तरीय बनाउन नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई फिल्डमा खटिई कार्यसम्पादन गरेबापत उपलब्ध गराइने फिल्ड भत्ता तथा फिल्ड…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Parshuram Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(खण्डः ९ संख्याः ०६ मितिः 2003/06/92) स्थानीय राजपत्र परशुराम नगरपालिकाद्वारा प्रकाशित खण्डः ९ संख्याः ०६ मितिः 2063/06/92 जोगबुडा, डडेल्धुरा, सुदूरपश्चिम प्रदेश, नेपाल भाग २ परशुराम नगरपालिका परशुराम नगरपालिकाका प्राविधिक कर्मचारीको (फिल्ड भत्ता, इन्धन तथा सवारी साधन मर्मत) खर्च सम्बन्धी मापदण्ड, २०८३ प्रस्तावनाः परशुराम नगरपालिकाको विकास निर्माण, पूर्वाधार विकास, आयोजना कार्यान्वयन, प्राविधिक निरीक्षण, नापजाँच, सुपरीवेक्षण तथा अनुगमन कार्यलाई प्रभावकारी, नियमित र गुणस्तरीय बनाउन नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई फिल्डमा खटिई कार्यसम्पादन गरेबापत उपलब्ध गराइने फिल्ड भत्ता तथा फिल्ड कार्यसँग सम्बन्धित इन्धन र सवारी साधन मर्मत खर्चलाई व्यवस्थित, पारदर्शी, कार्यसम्पादनमा आधारित र परिणाममुखी बनाउन वाञ्छनीय भएकाले, परशुराम नगरपालिकाको प्रशासनिक कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी परशुराम नगरपालिका, नगर कार्यपालिकाको मिति २०८३/०६/०९ गते बसेको बैठकले यो मापदण्ड बनाएको छ। (खण्डः ९ संख्याः ०६ मितिः 2003/06/92) १. संक्षिप्त नाम र प्रारम्भः (१) यस मापदण्डको नाम “परशुराम नगरपालिकाका प्राविधिक कर्मचारी (फिल्ड भत्ता, इन्धन तथा सवारी साधन मर्मत खर्च) सम्बन्धी मापदण्ड, २०८३” रहेको छ। (२) यो मापदण्ड नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागु हुनेछ। २. उद्देश्यः यस मापदण्डको उद्देश्य देहायबमोजिम हुनेछन्‌:- क) प्राविधिक कर्मचारीलाई फिल्डमा गई कार्यसम्पादन गर्न प्रोत्साहित गर्नु, ख) विकास निर्माण तथा पूर्वाधारसम्बन्धी कार्यको नियमित निरीक्षण, नापजाँच, अनुगमन तथा सुपरिवेक्षण सुनिश्चित गर्नु, ग) फिल्डमा खटिने प्राविधिक कर्मचारीलाई उपलब्ध गराइने फिल्ड भत्ता, इन्धन तथा सवारी साधन मर्मत खर्चमा एकरूपता र पारदर्शिता कायम गर्नु, घ) फिल्डसम्बन्धी खर्चलाई वास्तविक कार्यसम्पादन, स्वीकृत मापदण्ड तथा प्रमाणमा आधारित बनाउनु, ङ) प्राविधिक कर्मचारीको फिल्ड कार्यलाई प्रभावकारी, नियमित र परिणाममुखी बनाउनु | ३. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा,- क) “इन्धन खर्च” भन्नाले फिल्ड कार्यमा प्रयोग हुने सवारी साधनका लागि आवश्यक पेट्रोल, डिजेल वा प्रचलित अन्य इन्धनमा लाग्ने खर्च सम्झनुपर्छ | ख) “कार्यपालिका” भन्नाले परशुराम नगरपालिकाको नगर कार्यपालिका सम्झनुपर्छ। ग) “नगरपालिका” भन्नाले परशुराम नगरपालिका सम्झनुपर्छ । घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले परशुराम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ। ङ) “प्राविधिक कर्मचारी” भन्नाले नगरपालिकामा कार्यरत इन्जिनियर, सब-इन्जिनियर, असिस्टेन्ट सब-इन्जिनियर, सुपरभाइजर तथा नगरपालिकाले तोकेका अन्य प्राविधिक कर्मचारी सम्झनुपर्छ | च) “फिल्ड भत्ता” भन्नाले यस मापदण्डबमोजिम फिल्डमा खटिई कार्यसम्पादन गरेबापत उपलब्ध गराइने भत्ता सम्झनुपर्छ। छ) “फिल्ड” भन्नाले कार्यालय परिसरबाहिर आयोजना, योजना, निर्माणस्थल वा अन्य प्राविधिक कार्यका लागि स्थलगत रूपमा जानुपर्ने कार्यस्थल सम्झनुपर्छ | ज) “सवारी साधन मर्मत खर्च” भन्नाले फिल्ड कार्यमा प्रयोग हुने सवारी साधनको सामान्य मर्मत, सर्भिसिङ, मोबिल, टायर तथा आवश्यक मर्मत सम्भारमा लाग्ने खर्च सम्झनुपर्छ | ४. फिल्ड भत्ता पाउने आधारभूत अवस्थाः फिल्ड भत्ता प्राप्त गर्न देहायका अवस्था पूरा भएको हुनुपर्नेछः- क) सम्बन्धित कर्मचारीलाई कार्यालयको कामका लागि लिखित रूपमा फिल्डमा खटाइएको वा जिम्मेवारी तोकिएको हुनुपर्ने, ख) कर्मचारी वास्तविक रूपमा फिल्डमा गई तोकिएको प्राविधिक कार्य सम्पादन गरेको हुनुपर्ने, २

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.