तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि, २०८३
Summary
गैडहवा गाउँपालिकाको गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको “तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि, २०८३” स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ । संवत २०८३ कार्यविधि नं. २ “तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि, २०८३”…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9210fb62-c043-420a-a0e8-4a5609fc01c5.pdfPDF · 27 pages · 802 KBOpen
Key details
- Organization
- Gaidahawa Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गैडहवा गाउँपालिकाद्वारा प्रकाशित स्थानीय राजपत्र avs १०) रुपन्देही, असौज महिना ६ गते, २०८३ साल (संख्या ४ भाग २ गैडहवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय विष्णुपुरा, रुपन्देही, लुम्बिनी प्रदेश, नेपालको सूचना गैडहवा गाउँपालिकाको गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको “तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि, २०८३” स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ । संवत २०८३ कार्यविधि नं. २ “तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि, २०८३” कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०६/०६ प्रस्तावनाः सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीमा व्यवस्था गर्न, सार्वजनिक यातायात क्षेत्रको व्यवस्थापन गरी सर्वसाधारणलाई सरल एवम सुलभ यातायात सुविधा उपलब्ध गराउन र यातायात सेवालाई सुदृढ तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले नेपालको संविधान,२०७२को अनुसूची ९को साझा अधिकार, लुम्बिनी प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था(दोस्रो संशोधन) नियमावली २०८३, स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ११ को उपदफा ४ को(ट) र १०२ को उपनियम(२) बमोजिम यो कार्यविधि जारी गरि लागू गरेको छ। परिच्छेद-१ प्रारम्भिक १)संक्षिप्त नाम र प्रारम्भः क) यस कार्यविधिको नाम गैडहवा गाउँपालिकाको तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि,२०८३ रहेको छ। ख) यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ। २)परिभाषाः विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा क) "कार्यपालिका"भन्नाले गैडहवा गाउँकार्यपालिका सम्झनुपर्छ |