नदीजन्य पदार्थ धुलाई सेवा केन्द्र (वासिङ सेन्टर) स्थापना तथा सञ्चालन कार्यविधि, २०८३
Summary
गेडहवा गाउँपालिकाको गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको “नदीजन्य पदार्थ धुलाई सेवा केन्द्र (वासिङ सेन्टर) स्थापना तथा सञ्चालन कार्यविधि, २०८३” स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। संवत् २०८३ कार्यविधि नं. २ “नदीजन्य पदार्थ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d3172e0d-69e0-4d68-b8a8-bfad4e4e5110.pdfPDF · 16 pages · 260 KBOpen
Key details
- Organization
- Gaidahawa Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गैडहवा गाउँपालिकाद्वारा प्रकाशित स्थानीय राजपत्र avs १०) रुपन्देही, असौज महिना ६ गते, २०८३ साल (संख्या ४ भाग २ गैडहवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय विष्णुपुरा, रुपन्देही, लुम्बिनी प्रदेश, नेपालको सूचना गेडहवा गाउँपालिकाको गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको “नदीजन्य पदार्थ धुलाई सेवा केन्द्र (वासिङ सेन्टर) स्थापना तथा सञ्चालन कार्यविधि, २०८३” स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। संवत् २०८३ कार्यविधि नं. २ “नदीजन्य पदार्थ धुलाई सेवा केन्द्र (वासिङ सेन्टर) स्थापना तथा सञ्चालन कार्यविधि, २०८३” कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०६/०६ परिच्छेद-१: प्रारम्भिक १.संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम "नदीजन्य पदार्थ gets सेवा केन्द्र (वासिङ सेन्टर) स्थापना तथा सञ्चालन कार्यविधि, २०८३" रहनेछ। (२) यो कार्यविधि गैडहवा गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मिति देखि गाउँपालिका क्षेत्रभित्र तुरुन्त प्रारम्भ हुनेछ। २.परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमाः (क) "गाउँपालिका" भन्नाले गैडहवा गाउँपालिका सम्झनु पर्छ। (ख) "कार्यालय" भन्नाले गैडहवा गाउँ कार्यपालिकाको कार्यालय,गैडहवा-३ बिष्णुपुरा सम्झनु पर्छ। (ग) "कार्यपालिका" भन्नाले गैडहवा गाउँ कार्यपालिका सम्झनु पर्छ। (घ) "धुलाई सेवा केन्द्र" भन्नाले नदी, खोला वा खानीबाट उत्खनन गरिएको बालुवा, गिट्टी तथा ढुङ्गा धोई माटो, लेदो वा अन्य अवाञ्छित पदार्थ अलग गर्ने उद्देश्यले स्थापना गरिने वासिङ सेन्टर सम्झनु पर्छ। (ङ) "प्रशोधन" भन्नाले बालुवा गिट्टी धुने, छान्ने र व्यावसायिक रूपमा वर्गीकरण गर्ने कार्य सम्झनु पर्छ। (च) "अनुगमन समिति" भन्नाले परिच्छेद-५ बमोजिम गठित गाउँपालिका