Notice Park
Vyas Municipality, Tanahu
Press Release

प्रेश विज्ञप्ति

प्रेश विज्ञप्ति

Summary

आज मिति २०८३/०५/२३ गते व्यास नगर कार्यपालिकाको २४६ औं नियमित बैठक नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेज्यूको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सम्बन्धित शाखा प्रमुखहरुको उपस्थितिमा भएका मुख्य मुख्य निर्णयहरु सम्बन्धित सबैको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Vyas Municipality, Tanahu
Industry
Local Government
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“विविधतायुक्त गाउँ शहर, समृद्ध मेरो व्यास नगर” & व्यास नगरपालिका eS WR me कार्यालय बि मिति २०८३/०५/२३ प्रेस विज्ञप्ति आज मिति २०८३/०५/२३ गते व्यास नगर कार्यपालिकाको २४६ औं नियमित बैठक नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेज्यूको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सम्बन्धित शाखा प्रमुखहरुको उपस्थितिमा भएका मुख्य मुख्य निर्णयहरु सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ। १. मिति २०८३/०५/०८ गते भएको २४५ औं कार्यपालिकाका बैठकका निर्णयहरुको समीक्षा गरियो । २. मिति २०८३/०५/१० गते वागमती प्रदेशको भोटेकोशी नदीमा आएको बाढीबाट यस नगरपालिकाका आकृती कुमाल (वडा नं.५), प्रताप राना (वडा नं.७) र जिल्लाभर सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजतलास तथा उद्धारका लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक पहल गरिदिन सम्बन्धित निकायलाई अनुरोध गर्ने, दिवंगतहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने तथा घरपरिवारविहीन भएका व्यक्तिहरूको सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरियो । साथै, यस व्यास नगरपालिका विपद्‌ पुनःस्थापना कोषबाट रु. ५,५१,०००/- (अक्षरेपी पाँच लाख एकाउन्न हजार रुपैयाँ मात्र) र नगरपालिकाका जनप्रतिनिधिहरूबाट र कर्मचारीहरूबाट समेत गरी जम्मा रु. २१,७४,९५९.८८ (MAT एक्काइस लाख चौहत्तर हजार नौ सय उनन्साठी रुपैयाँ अठासी पैसा मात्र), प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएकोमा सो कार्यलाई अनुमोदन गर्ने निर्णय गरियो । यस नगरपालिका अन्तर्गत कार्यरत सम्पूर्ण शिक्षकहरूको हकमा विद्यालयमार्फत सहयोग रकम संकलन तथा जम्मा गर्न गराउन अनुरोध गर्ने निर्णय गरियो | ३. मिति २०८३ असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा उक्त अवसरमा यस नगरपालिका अन्तर्गत बसोबास गर्ने बिगत १० वर्षको अवधिमा विद्यावारिधि (PhD) उपाधि हासिल गर्ने अनुसन्धानकर्ता, २०८२/०८३ मा विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गराउने शिक्षक, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षाको क्षेत्रमा विशेष योगदान पुन्याउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षकहरूलाई सम्मान तथा पुरस्कृत गर्ने गरी आवश्यक व्यवस्थापन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरियो | ४. व्यास नगरपालिका अन्तर्गतका विभिन्न जाति तथा समुदायले परम्परादेखि प्रयोग गर्दै आएका घाट, चिहान, कब्रिस्तान/ समाधिस्थल लगायतका अन्त्येष्टि स्थलहरूको पहिचान तथा अभिलेखीकरण गर्ने कार्यका लागि सम्पूर्ण वडा कार्यालयहरू, भूमि प्रशासन शाखा तथा घर नक्सा शाखालाई आवश्यक समन्वय गरी कार्य अघि बढाउन निर्देशन दिने निर्णय गरियो | ५. व्यास नगरपालिका भित्रका घरनक्सा पास वा घर कायम नभएका घरहरूको सम्पत्तिकर लिन कठिनाइ भइरहेको गुनासो प्राप्त भएकाले, हाल नेपाल सरकारले घर कायममा रोक्का लगाएको अवस्थामा घर कायम खुलेपछि सोहीअनुसार निर्णय हुने गरी, हाललाई घरले चर्चेको जग्गाको हकमा निर्धारित मूल्य तथा घरको हकमा सम्बन्धित प्राविधिकबाट गरिएको नापजाँच एवं तला सङ्ख्याका आधारमा सम्पत्तिकर लिने व्यवस्था गर्न वडा कार्यालयहरुलाई निर्देशन दिने निर्णय गरियो | ६. नेपालीहरूको २०८३ को चाडपर्वहरू प्रारम्भ भइसकेकाले, व्यास नगरपालिका अन्तर्गतका सडक, नाला एवं पैदलमार्ग, सार्वजनिक चौतारा लगायतका सार्वजनिक स्थानहरूको सरसफाइ एवं मर्मत-सम्भार व्यवस्थापन गर्न सम्बन्धित वडाका टोल विकास संस्थाहरूसमेतको सहभागितामा प्रक्रिया अघि बढाउन सबै वडाहरूलाई निर्देशन दिने निर्णय गरियो । ७. हालसालै आएको भोटेकोशीको बाढीले गर्दा सिंगै देश शोकमा रहेको यस दुखदः घडीमा २०८३ सालको तिज पर्वलाई भड्किलो रुपमा नमनाउन सम्पूर्ण नगरवासीमा हार्दिक अनुरोध गर्ने निर्णय गरियो | ८. हालसालै बजारमा देखिएको ग्यासको अभावलाई समाधान गर्न यसअघि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसमेतको रोहवरमा खुद्रा विक्रेतामार्फत बिक्री गर्ने गराउने निर्णय भएकोमा कतिपय खुद्रा विक्रेताकोमा हालसम्म ग्यास नपुगेको तथा कतिपय =e मूल्य थप गरी बिक्री गर्ने गरेको गुनासो आएकाले अतिरिक्त मूल्य थप गरी बिक्री गर्ने तथा लिने कार्यमा संलग्नलाई प्रचलित द्‌ गर्ननिका गराउन सुरक्षा/यलाई अनुरोध गर्ने निर्णय गरियो | सुरेश त त त उ उति त ती] “भुकम्प प्रतिरोधी संरचना निर्माण गरौं, सम्भावित प्रकोपबाट welt र बचाऔं” phoneno, 065-563162/563163, Fax No.:977-65-563233 Email:[email protected] Web : www.vyasmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report