बाढीबाट प्रभावित परिवारहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धी सार्वजनिक सूचना
Summary
मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी वाढीको कारण यस उत्तरगया गाउँपालिका भित्र भएको क्षतिको विवरण संकलन गर्न यस गाउँ कार्यपालिकाको कार्यालय मार्फत ५ वटै वडामा कर्मचारी तथा शिक्षकहरु खटाइएको र उहाँहरुबाट प्राप्त क्षतिको विवरण प्रत्येक वडा समिति तथा सर्वदलिय वैठकबाट निर्णय भइ यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3908d167-aeb7-4bf8-90b0-bf8758c04f5a.pdfPDF · 1 page · 160 KBOpen
Key details
- Organization
- Uttargaya Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लहरेपौवा, रसुवा वागमती_प्रद्वेश, नेपाल सि दुछह २ [-.. च.नं. मितिः२०८३/०६/१६ बाढीबाट प्रभावित परिवारहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धी सार्वजनिक सूचना मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी वाढीको कारण यस उत्तरगया गाउँपालिका भित्र भएको क्षतिको विवरण संकलन गर्न यस गाउँ कार्यपालिकाको कार्यालय मार्फत ५ वटै वडामा कर्मचारी तथा शिक्षकहरु खटाइएको र उहाँहरुबाट प्राप्त क्षतिको विवरण प्रत्येक वडा समिति तथा सर्वदलिय वैठकबाट निर्णय भइ यस गाउँपालिकाको कार्यालयमा प्राप्त भएको वेहोरा अवगत गराउन चाहन्छु। उक्त विवरणको आधारमा मिति २०८३ असोज १४ गते वसेको स्थानीय बिपद् व्यवस्थापन समिति र गाउँ कार्यपालिकाको बैठकबाट प्राप्त प्रभावितहरुको सूचीमा नाम समावेश गर्न छुट भए अथवा नाम सञ्चाउनु पर्ने भएमा दावि विरोधको लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भए बमोजिम उत्तरगया गाउँपालिकाका ५ वटै वडाका बाढी प्रभावित परिवारहरुको नामावली तपसिल बमोजिम प्रकाशन गरिएको वेहोरा सम्वन्धित सबैमा जानकारी लागि अनुरोध गरिन्छ। प्रकाशन गरिएको क्षतिको विवरण चित्त नवुझेका वा कसैको विवरण दोहोरो परेको वा क्षति नभएको व्यक्तिको नामथर परेको भए उक्त नाम हटाउने प्रक्रियाको लागि गुनासो गर्न सूचना प्रकाशन भएको मितिले ३(तिन) दिन भित्र उत्तरगया गाउँपालिकाको कार्यालय वा सम्वन्धित वडा कार्यालयहरुमा सम्पर्क गर्न हुन सम्वन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। “समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयावासी ' सभ्य र खशी उत्तरगयाबासी ”