२०८३/०८४ को नीति तथा कार्यक्रम ।
Summary
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रुकुम (पूर्वी भाग) जिल्लामा पर्ने सिस्ने गाउँपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २७ फागुन २०७३ को निर्णय अनुसार गठन भएको पालिकाहरुमध्ये एक गाउँपालिका हो । साबिक सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट (शोभा) वडा नं. (१-९) र स्यालापाखा वडा नं.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6a01d30d-4945-4f09-a3d5-53e141dd50a5.pdfPDF · 113 pages · 1.8 MBOpen
Key details
- Organization
- Sisne Rural Municipality
- Industry
- Local Government
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सिस्ने गाउँपालिकाको सक्षिप्त परिचय नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रुकुम (पूर्वी भाग) जिल्लामा पर्ने सिस्ने गाउँपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २७ फागुन २०७३ को निर्णय अनुसार गठन भएको पालिकाहरुमध्ये एक गाउँपालिका हो । साबिक सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट (शोभा) वडा नं. (१-९) र स्यालापाखा वडा नं. (१-९) गाविसहरू समाहित गरी यो गाउँपालिकाको निर्माण भएको हो । यो गाउँपालिका रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाममा अवस्थित छ । यस पालिकाको पूर्वमा पुथा उत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिका पश्चिममा मुसिकोट नगरपालिका र बाफिकोट गाउँपालिका उत्तरमा बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिका र दक्षिणमा भूमे गाउँपालिकासँग सीमाना जोडिएको छ | यस गाउँपालिकाको क्षेत्रफल ३२७.१२ वर्ग कि.मी. (१२६.३० वर्ग माइल) रहेको छ । राष्ट्रिय जनगणना २०७ अनुसार यस पालिकामा ४,२९९ घरधुरी रहेका छन् भने १८,५३४ जनसंख्या रहेकोमा जनघनत्व ५७ (१५० जना प्रति वर्ग माइल) छ । साथै साक्षरता प्रतिशत ७५.६ रहेको छ। रुकुम पूर्व जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको छ । जिल्ला सदरमुकामस्थित जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, जिल्ला वन डिभिजन कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला कोष नियन्त्रक कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला सिंचाई कार्यालय आदि सरकारी कार्यालयहरू यसै गाउँपालिकाको रुकुमकोटमा रहेका छन् । रुकुमकोटमा नेपाली सेनाको ब्यारेक र सशस्त्र प्रहरी बल नेपालको गुल्म पनि रहेको छ । यहाँ राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, एन. आइ. सी. एशिया बैंक तथा बिभिन्न ग्रण तथा वचत सहकारी संस्थाहरू रहेका छन् | सिस्ने गाउँपालिका धेरै गाउँहरूको पालिका हो भने केही ठाउँमा साना बजार क्षेत्रहरू पनि छन् । सिस्ने गाउँपालिका विविधताले भरिएको छ । हावापानी, वनजङ्गल, खेतीपाती, पशुपालन, जातजाति, संस्कृति आदिमा विविधताले भरिएको गाउँपालिकाले प्रशस्त विकासको सम्भावना बोकेको छ। सिस्ने गाउँपालिकामा विभिन्न शैक्षिक संस्थाहरूले शिक्षा प्रदान गरिरहेका छन् । यहाँ एउटा मात्र उच्च शिक्षा अध्यापन गरिने सिस्ने शिक्षा क्याम्पस छु । यो क्याम्पस वि.सं. २०६४ सालमा स्थापना भएको हो । यो यस गाउँपालिकाको वडा नं. ५ टाकुरामा रहेको छ । यस गाउँपालिकामा १० वटा माध्यमिक विद्यालयहरू छन् । त्यसमध्ये रूक्मिणी माध्यमिक विद्यालय रुकुमकोट, जनता माध्यमिक विद्यालय पोखरा, हिमालय माध्यमिक विद्यालय नायगाड र त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा कक्षा १२ सम्मको पठनपाठन हुन्छ । अन्य माध्यमिक विद्यालयहरूमा कक्षा १० सम्मको पठनपाठन हुन्छ । यस गाउँपालिकामा २८ वटा आधारभूत विद्यालयहरू छन् । नेपालकै प्रसिद्ध हिमाल सिस्नेबाट यस गाउँपालिकाको नामाकरण गरिएको कुरा माथि नै उल्लेख भैसकेको छ । यस गाउँपालिकाको पश्चिममा मुसिकोट नगरपालिकाका घोरखानी काप्रीवास र छिङगाउँ अनि बाँफिकोट गाउँपालिकाको लागिम गाउँ पर्दछन् । यसको पूर्वमा पुथा उत्तरगङ्गा गाउँपालिका सिस्ने गाउँपालिका <a> वार्षिक नीति, बजेट तथा कार्यक्रम 203 /0T8 गाउँहरू पर्दछन। यस गाउँपालिकाको दक्षिणमा भूमे गाउँपालिकाकै कचिवाङ र चुनवाङ पर्दछन् | चार गाउँ गुडग गराली, खराड र खारखोला), भूमे गाउँपालिकाका डालिबाङ, साकिम, सेरावाङ, काँडा उत्तरतिर बाँफिकोट गाउँपालिकाका कालाखारा, असुबी गाउँ र आठबीसकोट नगरपालिका अन्तर्गत पर्ने रोकाजाखेत, चैतेखारा गाउँहरू तथा डोल्पा जिल्लाका ताली, दुरगाउँ, थरगाउँ पर्दछन् । सिस्ने गाउँपालिकामा जम्मा आठवटा वडाहरू रहेका छन् । वडा र वडाकेन्द्रहरूको नाम तल प्रस्तुत गरिएको छ। वडा नं. वडा केन्द्र १ पाखापानी २ नायगाड ३ पोखरा १ दादिड भझाँकिपोले ५ बाहुन्ठाना ६ छिप्रिदह ७ खाजीमेला सान्चौर = ay सिस्ने गाउँपालिकाको वडा नं. १ मा सिस्नेपोखरी, बाल्लेचौर, धुमी, लाम्पाखा, पाखापानी, पसन्धारा, ओखेना, खरन्धारा, दमार, टाँगेधारा, भट्टेचौर, टोटीखोला, रतुवामारे, भङ, सल्लीबिसौना, टाँडकाटे र तिखेजुर गाउँहरू पर्दछन् | सिस्नेपोखरीलाई ठूलो सिस्ने पनि भनिन्छ । यस वडाका ठूलो सिस्ने, पाखापानी, ओखेना, लाम्पाखा र भट्टेचौर प्रमुख गाउँहरू हुन् । धार्मिक दृष्टिकोणबाट हेर्दा यस पालिकाका मानिसहरु अधिकांश मानिसहरु हिन्दू धर्म मान्दछन् भने इसाई धर्म मान्नेहरु रहेका छन् । यो पालिकामा विभिन्न खालका प्राकृतिक तथा सस्कृतिक सम्पदाहरु रहेका छन् । यस गाउँपालिकामा रहेका प्राकृतिक सौन्दर्य, धार्मिक तीर्थस्थल, भेषभूषा, रीतिरिवाज, रहनसहन, जडिबुटी, वन्यजन्तु तथा पशुपंक्षी यहाँका पर्यटन विकासका आधारहरू हुन् । यो गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न छ । सुन्दर उपत्यका रुकुमकोट, सिस्ने हिमाल, सानोभेरी नदी, रुकुमगार खोला, नाथीगार खोला, तुबाङ खोला, Aes बाउले खोला, कमल ताल, गुप्ता दह, देउराली ओढार, ढार छहरा, चिनारासी छहरा, कबगार झरना, पुर्मुली पाटन, घिउपोखे पाटन, बुगेरी पाटन, तातोपानी आदि यहाँका प्राकृतिक सम्पदाहरू हुन् । यो गाउँपालिका धार्मिक पर्यटनका दृष्टिकोणले पनि त्यत्तिकै सम्पन्न Blame तीर्थ स्थल, कमलजैसी gar मन्दिर, बराहा मन्दिर, शिवालय, विन्ध्यवासिनी भगवतीको मन्दिर, देउवर काजीको मन्दिर आदि यहाँका धार्मिक पर्यटनका महत्वपूर्ण गन्तव्य हुन् । यो गाउँपालिका युद्ध पर्यटनका दृष्टिकोणले पनि त्यत्तिकै महत्वपूर्ण छ । ठाँटिडाँडा द्वन्द्व स्थल तथा सहिद स्मारक, द्वारे- झुम्कामारे गुरिल्ला पदमार्ग, पेटारी जनसेना तालिम केन्द्र, सहिद स्मृति पार्क आदि युद्ध पर्यटन क्षेत्रका महत्वपूर्ण उदाहरणहरू हुन् । सिस्ने गाउँपालिका ट २) वार्षिक नीति, बजेट तथा कार्यक्रम २०८३/०८४ सिस्ने गाउँसभाको बैठकमा अध्यक्ष श्री कृष्ण रेग्मीज्यूबाट प्रस्तुत सिस्ने गाउँपालिकाको आर्थिक २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम nee LP 7 or oe ५ rare र सिस्ने गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रुकुमकोट, रुकुम (पूर्वी भाग) २०८३०१०९ सिस्ने गाउँपालिका <2> वार्षिक नीति, बजेट तथा कार्यक्रम 2073 /078 आर्थिक वर्ष 20T3/0TS को नीति तथा कार्यक्रम गाउँसभाका सदस्यज्यूहरु, यस गाउँसभा समक्ष सिस्ने गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेश गर्न गइरहेको छु। यस अवसरमा म नेपाली समाजको राजनीतिक परिवर्तनको लागि भएका जनयुद्ध, जनआन्दो लन, मधेश, जनजाति, थरुहट, जेन्जीलगायत सशस्त्र संघर्षका क्रममा आफ्नो जीवनको आहति दिनुहुने सबै ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै बेपत्ता नागरिक र घाइते योद्धाहरूप्रति भावपूर्ण स्मरण एवं हार्दिक सम्मान व्यक्त गर्दछु | स्थानीय सरकार स्थापना भएको ९ वर्षको कार्यकालमा राजनीतिक प्रतिनिधित्वको दृष्टिले नीति निर्माण तहमा सिमान्तकृत समुदायको उपस्थिति उल्लेखनीयरूपमा बढेको देखिन्छ भने सेवा प्रवाहको दृष्टिले प्रशासनिक सुगमताको औचित्य थप पुष्टि हुँदै गएको छ । 'समृद्ध सिस्ने हाम्रो गन्तव्य' भन्ने मूल नाराका साथ कृषिमा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीयता कायम गर्ने, सेवा प्रवाहमा सुधार बृद्धि गर्ने, सुशासन स्थापना गर्ने, पर्यटन र पूर्वाधारका क्षेत्रमा निर्माणलाई निरन्तरता दिने लगायतका कार्यक्रमहरू अगाडि बढाउँदै आएका छौं | अस्थिरताका कारण गरिबी निवारण साथै आर्थिक एवं सामाजिक कार्यक्रमहरू परिणाममुखी हुन सकिरहेका छैनन् | कतिपय अवस्थामा पालिकामा खर्च धान्न नसक्ने स्रोत र हाम्रो जस्ता कतिपय पालिकामा न्यून आर्थिक स्रोतका कारण उल्लेख्य एवं ठूला परिणाममुखी विकासका कामलाई सम्पन्न गर्न सकिरहेका छैनौं । उपरोक्त वस्तुगत र आत्मगत अवस्थाका बाबजुद विगत चार आर्थिक वर्षदेखि उल्लेखनीय प्रयासको थालनी गरिरहेका छौं । आर्थिक वर्ष २०८२/०८३ मा अगाडि बढाइएका नीति तथा कार्यक्रमको समीक्षा सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा गरेका प्रगति तथा उल्लेखनीय कार्यहरू: थु, कृषि विकास १. व्यवसायिक कृषिमा किसानहरुलाई उत्प्रेरित गर्न लागत सहभागितामा २५ वटा कृषि फार्म, समूहहरुलाई अनुदान प्रदान । २. सुन्तला बगैंचामा देखिने विभिन्न ढुसीजन्य रोगहरु नियन्त्रण गर्न (BORDOEUX PASTE) बोर्डो पेस्ट वितरण | ३. किवि कृषकहरुलाई बोटमा तालिम र काँटछाट गर्न सहज पुग्याउन सिकेचर आरी वितरण | ४. मकै बालीमा देखापरेको हानिकारक किरा नियन्त्रण गर्न परामर्श तथा वानस्पातिक विषादी वितरण गरिएको । ५. किसानहरुलाई घुम्ती शिविरमा तरकारीका बिउहरु वितरण | ६. किसानहरुलाई व्यवसायिक कृषिमा आकर्षण गर्न कृषि क्षमता विकास तालिम सञ्चालन गरेको । सिस्ने गाउँपालिका टङ) वार्षिक नीति, बजेट तथा कार्यक्रम २०८३/०८४