शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूचना २०८३/०७/१२
Summary
चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत र संस्थागत सुधार गर्न, सेवा प्रवाह सुधारमार्फत सुशासन कायम गर्न आफ्ना विचार, दृष्टिकोणसहित चिकित्सा शिक्षा क्षेत्रलाई मार्गदर्शन गर्ने विषयमा प्रा.डा.गोविन्द के.सी.ले महत्त्वपूर्ण योगदान पुन्याउनुभएको विषय सबैमा विदितै छ। विभिन्न समयमा प्रा.डा. गोविन्द के.सी. र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 57842b30-2caf-465d-be8a-3898062f6f95.pdfPDF · 1 page · 572 KBOpen
Key details
- Organization
- Ministry of Education and Sports
- Industry
- Ministry
- Category
- Scholarship
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार शिक्षा तथा खैल्रूकद मन्त्रालय a ; , ay सिंहदरबार, py पेत be काठमाडौं, नेपाल | चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत र संस्थागत सुधार गर्न, सेवा प्रवाह सुधारमार्फत सुशासन कायम गर्न आफ्ना विचार, दृष्टिकोणसहित चिकित्सा शिक्षा क्षेत्रलाई मार्गदर्शन गर्ने विषयमा प्रा.डा.गोविन्द के.सी.ले महत्त्वपूर्ण योगदान पुन्याउनुभएको विषय सबैमा विदितै छ। विभिन्न समयमा प्रा.डा. गोविन्द के.सी. र नेपाल सरकारबिच भएका सहमति कार्यान्वयन भई चिकित्सा शिक्षा सुधारमा उल्लेखनीय कार्य भएका छन्। राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ जारी भई चिकित्सा शिक्षा आयोगको स्थापना, साझा प्रवेश परीक्षा सञ्चालन, तहगत एवम् विधागत र शैक्षिक संस्थागत कोटा निर्धारण, निःशुल्क शिक्षाका लागि छात्रवृत्तिमा विद्यार्थी छनोट र व्यवस्थापन, चिकित्सा शिक्षासम्बन्धी प्राविधिक मापदण्ड निर्माण र कार्यान्वयन तथा सोको नियमन यस क्षेत्रमा भएका मुख्य उपलब्धि हुन्। चिकित्सा शिक्षा प्रदान गर्ने संस्थालाई दिइने सम्बन्धन व्यवस्थित, पारदर्शी एवम् मापदण्डमा आधारित बनाइएको छ। काठमाडौं उपत्यकाबाहिर चिकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था स्थापना र विस्तार भएका छन्। सुदूरपश्चिम प्रदेशको कैलाली, गेटामा शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भई आवश्यक पूर्वाधारसहित यसै शैक्षिक वर्षबाट चिकित्सा शिक्षाका विभिन्न विधामा पठनपाठन सुरु हुने भएको छ। साथै कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको बर्दिबासमा चिकित्सा शिक्षाका लागि शैक्षिक संस्थाको पूर्वाधार बिकासका कार्य निरन्तर चलिरहेका छन्। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र सोको आधारमा बनेका नियमावली, कार्यविधि, मापदण्डको कार्यान्वयनबाट | चिकित्सा शिक्षाका विषय निःशुल्क एवम् छात्रवृत्तिमा अध्ययन गर्ने अवसरबाट ठुलो सङ्ख्यामा विद्यार्थीहरू वर्षेनी लाभान्वित भएका छन्। यस बिषयमा भएका अध्ययन, अनुसन्धान एवम् अपेक्षित सुधारका विषयको चरणबद्ध कार्यान्वयनबाट आज चिकित्सा शिक्षा सापेक्षित रूपमा व्यवस्थित भई आकर्षणको विषय बन्न पुगेको छ। चिकित्सा शिक्षामा शैक्षिक सेवा प्रवाह सुधार, सुशासन कायम गर्ने विषय प्राथमिकताका साथ कार्यान्वयनमा आएका छन्। tame पटक मिति २०८३ साउन ११ गते प्रा.डा. गोविन्द के.सी.सँग भएको सहमतिका बुँदाका विषयमासमेत माथि चर्चा गरिएका उपलब्धिका साथै समयसापेक्ष नीतिगत, कार्यक्रमिक रूपमा गर्नुपर्ने सुधारका विषयमा नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय जिम्मेवार रहेको छ। सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदलहरू गठन भई क्रियाशील रहेका छन्। आगामी दिनमासमेत चिकित्सा शिक्षा मात्र नभै समग्र शिक्षा क्षेत्रको सेवा प्रवाह सुधारमार्फत शैक्षिक सुशासन कायम गर्ने गराउने विषय प्राथमिकतामा राखी कार्यान्वयन गराउने कुरामा mon मु \ भट्टराई प्रवक्ता एवम् सहसचिव मितिः २०८३/०७/१२ नेपाल संवत् ११४६ फोननं.: वेबसाइट : www.moest.gov.np a