एम्बुलेन्स सञ्चालन कार्यविधि,२०८३
Summary
प्रस्तावना : विभिन्न प्रकारका सर्ने, नसर्ने प्रकृतिका रोगहरू तथा दुर्घटनामा परि आकस्मिक विरामी वा घाइते भएका नागरिकहरूलाई उपचारका लागि एम्बुलेन्स सेवा प्रदान गर्ने उद्धेश्यले यसको व्यवस्थित संचालन, व्यवस्थापन र दिगोपनका गराउनको लागि सिलीचोङ गाउँपालिकाको जनस्वास्थ्य ऐन, २०८३ को दफा २७ बमोजिमको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 43015f9e-0982-4736-ad05-b10387fc11e1.pdfPDF · 12 pages · 682 KBOpen
Key details
- Organization
- Silichong Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सिलीचोङ गाउँपालिकाको एम्बुलेन्स सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ == सिलीचोङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, ताम्कू संखुवासभा सिलीचोङ गाउँपालिकाको एम्बुलेन्स सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ कार्यपालिकाबाट पारित मितिः 3053/08/05 स्थानीय राजपत्रमा प्रकाशित मितिः २०८३/०६/२२ प्रस्तावना : विभिन्न प्रकारका सर्ने, नसर्ने प्रकृतिका रोगहरू तथा दुर्घटनामा परि आकस्मिक विरामी वा घाइते भएका नागरिकहरूलाई उपचारका लागि एम्बुलेन्स सेवा प्रदान गर्ने उद्धेश्यले यसको व्यवस्थित संचालन, व्यवस्थापन र दिगोपनका गराउनको लागि सिलीचोङ गाउँपालिकाको जनस्वास्थ्य ऐन, २०८३ को दफा २७ बमोजिमको एम्बुलेन्स तथा शव वाहन संचालन गर्न वाञ्छनीय भएकोले, UY ऐनको दफा ७८ ले दिएको अधिकार प्रयोग गरी कार्यपालिकाले यो कार्यविधि बनाएको छ। परिच्छेद- एक संक्षिप्त नाम र प्रारम्भ १. संक्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यविधिको नाम “सिलीचोङ गाउँपालिकाको एम्बुलेन्स संचालन सम्बन्धी कार्यविधि, २०८३" रहेको छ । २) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) “एम्बुलेन्स” भन्नाले सिलीचोङ गाउँपालिकाले संचालन गर्ने एम्बुलेन्सलाई जनाउँछ । (ख) "ऐन" भन्नाले सिलीचोङ गाउँपालिका जनस्वास्थ्य ऐन २०८३, लाई जनाउँछ । (ग) "गाउँपालिका" भन्नाले सिलीचोङ गाउँपालिकालाई जनाउँछ । (घ) “गाउँसभा” भन्नाले सिलीचोङ गाउँपालिकाको गाउँसभालाई जनाउँछ । (ङ) "कार्यपालिका" भन्नाले गाउँपालिकाको कार्यपालिका सम्झनु पर्दछ । (च) “समिति” भन्नाले एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि गठन भएको सञ्चालक