Notice Park
Laljhadi Rural Municipality
Guidelines

लालझाडी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३

Summary

यस लालझाडी गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७४ बमोजिम सर्वसाधारण जनताको जानकारीका लागि यो लालझाडी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ प्रकाशन गरिएको छ; संवत्‌ २०८३ कार्यविधि नं. २ प्रस्तावना:- लालझाडी गाउँपालिकाबाट कार्यान्वयन गरिने सार्वजनिक निर्माणसँग…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Laljhadi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लालझाडी राजपत्र खण्ड १० संख्या ६ मिति २०८३ साल असोज १४ गते गाउँ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३ ।०४। २९ भाग २ 'लालझाडी गाउँपालिकाको सूचना यस लालझाडी गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७४ बमोजिम सर्वसाधारण जनताको जानकारीका लागि यो लालझाडी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ प्रकाशन गरिएको छ; संवत्‌ २०८३ कार्यविधि नं. २ प्रस्तावना:- लालझाडी गाउँपालिकाबाट कार्यान्वयन गरिने सार्वजनिक निर्माणसँग सम्बन्धित आयोजना/परियोजना/योजना/ कार्यक्रमहरूको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन उपभोक्ता खण्ड १० em ६ मिति २०८३ याल HAT १४ गते समितिहरूको दर्ता, नवीकरण, नियमन तथा खारेजी सम्बन्धी कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, लालझाडी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी लालझाडी गाउँकार्यपालिकाले देहाय बमोजिमको कार्यविधि बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ:- (१) यस कार्यविधिको नाम “लालझाडी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३” रहनेछ। (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ। २. परिभाषाः- विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा यस कार्यविधिमा, (क) “अध्यक्ष” भन्नाले उपभोक्ता समितिको अध्यक्षलाई जनाउनेछ । (ख) “आयोजना” भन्नाले गाउँपालिका मातहत वा सो अन्तर्गतको पूर्ण वा आंशिक लागत साझेदारीमा सञ्चालित आयोजना/परियोजना/योजना/कार्यक्रमलाई जनाउनेछ । (ग) “उपभोक्ता” भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने क्षेत्रभित्रका व्यक्तिलाई जनाउनेछ । (घ) “उपभोक्ता समिति” भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन तथा मर्मत सम्भार गर्नका लागि उपभोक्ताहरूले आफूहरूमध्येबाट गठन गरेको समितिलाई जनाउनेछ | (ङ) “गाउँपालिका” भन्नाले लालझाडी गाउँपालिकालाई जनाउनेछ । खण्ड १० em ६ मिति २०८३ याल HAT १४ गते (A) “ठूला मेसिनरी तथा उपकरण” भन्नाले बुल्डोजर, एक्साभेटर जस्ता श्रममूलक प्रविधिलाई विस्थापन गर्ने खालका ठूला मेसिनरी/उपकरणलाई जनाउनेछ । (छ) “सम्झौता” भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन एवं मर्मत सम्भारका लागि गाउँपालिका/वडा कार्यालय र उपभोक्ता समितिबीच भएको लिखित करारनामा वा कबुलियतनामालाई WARS | (ज) “दर्ता अधिकारी” भन्नाले प्रमुख प्रशासकीय अधिकृतलाई जनाउनेछ । सो शब्दले गाउँकार्यपालिकाको कार्यालयमा संघ संस्था दर्ता गर्ने अधिकृत समेतलाई जनाउनेछ | ३. उपभोक्ता समिति दर्ता गर्नुपर्ने:- (१) प्रचलित कानून बमोजिम गाउँस्तरीय/प्रदेशस्तरीय/संघीय आयोजनाको लागि गठन भएका उपभोक्ता समितिले लालझाडी गाउँपालिकामा दर्ता गर्न अनुसूची-१ बमोजिमको ढाँचामा देहायका कागजात संलग्न गरी निवेदन दिनुपर्नेछः (क) दर्ता गर्ने विषयमा अधिकार प्रत्यायोजन गरेको निर्णय, (ख) आम भेलाको निर्णय र सोको एक प्रति फोटो, (ग) कार्यसमितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि, (घ) अनुसूची-४ बमोजिमको ढाँचामा दुई प्रति विधान। (२) उपदफा (१) बमोजिम पेश भएका कागजातको आवश्यक जाँचबुझ गरी दर्ता अधिकारीले सम्बन्धित उपभोक्ता समितिलाई अनुसूची-२ बमोजिमको ढाँचामा दर्ता प्रमाणपत्र उपलब्ध गराउनेछ । खण्ड १० em ६ मिति २०८३ याल HAT १४ गते ४. दर्ता नम्बर उपलब्ध गराउनुपर्नेः- दर्ता अधिकारीले गाउँपालिका कार्यालयमा दर्ता भएका उपभोक्ता समितिलाई दर्ता प्रमाणपत्रमा खुल्ने गरी छुट्टै दर्ता नम्बर उपलब्ध गराउनुपर्नेछ । ५, दर्ता नभई योजना सम्झौता गर्न नहुनेः- यस कार्यविधिको दफा ३ बमोजिम दर्ता नभएका उपभोक्ता समितिसँग गाउँ कार्यपालिका वा वडा कार्यालयले योजना सम्झौता गर्नेछैन । ६. उपभोक्ता समिति नवीकरण सम्बन्धी व्यवस्था:- (१) सार्वजनिक निर्माणको लागि गठन भएको उपभोक्ता समिति-प्रचलित कानून बमोजिम दर्ता भएको वा सूचीकरण भएको अवस्थामा निरन्तर रहनेछ । यस्ता समितिहरू वार्षिक रूपमा नवीकरण गरेको आधारमा आयोजना कार्यान्वयनमा संलग्न रहनेछन्‌ | .नंवीकरण गर्न सम्बन्धित उपभोक्ताहरूको आमभेला गराई उपभोक्ता समितिलाई निरन्तरता दिने निर्णय भएको हुनुपर्नेछ | (२) उपभोक्ता समितिलाई निरन्तरता दिने वा नदिने विषयमा सम्बन्धित उपभोक्ता समितिले आर्थिक वर्ष समाप्त भएको सामान्यतया प्रथम चौमासिकभित्र निर्णय गर्नुपर्नेछ | ७.-उपभोक्ता समितिको सूचीकरण गर्नेः- दर्ता अधिकारीले आफ्नो कार्यालयमा दर्ता भएका उपभोक्ता समितिहरूको लगत अनुसूची-३ को ढाँचामा राख्नुपर्नेछ। ८. उपभोक्ता समितिको अनुगमन तथा नियमन सम्बन्धी व्यवस्थाः- (१) गाउँपालिकाले प्रचलित कानून बमोजिम दर्ता भएका उपभोक्ता समितिको अनुगमन तथा नियमन गर्न सक्नेछ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report