Notice Park
Balephi Rural Municipality
Guidelines

बलेफी गाउँपालिकाको विशेष अनुदान कार्यन्वयन कार्यविधि, २०८३

Summary

नेपालको संविधान बमोजिम गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। बलेफी गाउँपालिकाको विशेष अनुदान कार्यन्वयन कार्यविधि, २०८३ प्रस्तावनाः नेपालको संविधानले कृषि क्षेत्रको विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, खाच सुरक्षा, रोजगारी सिर्जना तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Balephi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खण्ड-१० भाग-२ सङ्ख्या-२ बलेफी स्थानीय राजपत्र प्रकाशित मिति २०८३/०५/३० स्थानीय राजपत्र बलेफी गाउँपालिकाद्वारा प्रकाशित खण्ड-१० सङ्ख्या-२ बलेफी स्थानीय राजपत्र प्रकाशित मिति २०८३/०५/३० भाग-२ बलेफी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सूचना नेपालको संविधान बमोजिम गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। बलेफी गाउँपालिकाको विशेष अनुदान कार्यन्वयन कार्यविधि, २०८३ प्रस्तावनाः नेपालको संविधानले कृषि क्षेत्रको विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, खाच सुरक्षा, रोजगारी सिर्जना तथा कृषकको जीवनस्तर सुधारलाई महत्वपूर्ण विषयका रूपमा लिएको छ। कृषि क्षेत्रमा बढ्दै गएको श्रम अभाव, उत्पादन लागत वृद्धि, परम्परागत कृषि प्रणालीमा निर्भरता, कृषि कार्यमा लाग्ने समय तथा श्रमको अधिकता र आधुनिक कृषि प्रविधिमा कृषकको सीमित पहुँचका कारण कृषि यान्त्रीकरणको आवश्यकता बढ्दै गएको छ। कृषि क्षेत्रमा आधुनिक यन्त्र तथा उपकरणको प्रयोग बढाई कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, उत्पादन लागत घटाउने, कृषि कार्यमा लाग्ने श्रम तथा समय बचत गर्ने, कृषकको आयआर्जन वृद्धि गर्ने तथा जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले विशेष अनुदानबाट प्राप्त रकमको प्रभावकारी, पारदर्शी, समतामूलक तथा १ स्थानीय राजपत्र खण्ड-१० भाग-२ सङ्ख्या-२ बलेफी स्थानीय राजपत्र प्रकाशित मिति २०८३/०५/३० परिणाममुखी उपयोग गर्न आवश्यक भएकोले विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १०२ को उपदफा २ बमोजिम तथा प्रचलित कानूनको अधीनमा रही बलेफी गाउँपालिकाले "बलेफी गाउँपालिकाको विशेष अनुदान कार्यन्वयन कार्यविधि, २०८३" कार्यविधि जारी गरेको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम “बलेफी गाउँपालिकाको विशेष अनुदान कार्यन्वयन कार्यविधि, २०८३” रहेको छ। (२) यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। (३) यो कार्यविधि बलेफी गाउँपालिका अन्तर्गतको विशेष अनुदानबाट सञ्चालन हुने "कृषि उपकरण तथा यान्त्रीकरण मार्फत उत्पादन र उत्पादकत्त्व वृद्धि गरी जीविकोपार्जन सुधार कार्यक्रम" को लागि लाग्‌ हुनेछ। २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा- (क) “गाउँपालिका” भन्नाले बलेफी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सम्झनुपर्छ । (ख) “कार्यालय” भन्नाले गाउँ कार्यपालिकाको कार्यालय सम्झनुपर्छ | (ग) “कार्यक्रम” भन्नाले यस कार्यविधिअन्तर्गत सञ्चालन हुने कृषि उपकरण तथा यान्त्रीकरणमार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी जीविकोपार्जन सुधार कार्यक्रम सम्झनुपर्छ। (घ) “कृषक” भन्नाले गाउँपालिकाभित्र कृषि पेशा वा कृषि व्यवसायमा संलग्न व्यक्ति सम्झनुपर्छ । (ङ) “कृषक समूह” भन्नाले प्रचलित कानूनबमोजिम गठन/दर्ता भई गाउँपालिकामा सूचीकृत कृषक समूह सम्झनुपर्छ। @) “महिला समूह” भन्नाले कृषि क्षेत्रमा कार्यरत महिला सदस्यहरू सम्मिलित तथा प्रचलित कानूनबमोजिम गठन/दर्ता वा गाउँपालिकामा सूचीकृत समूह सम्झनुपर्छ | (छ) “कृषि सहकारी” भन्नाले प्रचलित सहकारी कानूनबमोजिम दर्ता भई कृषि क्षेत्रमा कार्यरत सहकारी संस्था सम्झनुपर्छ। (ज) “कृषि उच्चमी/फर्म” भन्नाले प्रचलित कानूनबमोजिम दर्ता भई कृषि उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण वा कृषि व्यवसायमा संलग्न उद्यमी वा फर्म सम्झनुपर्छ। R स्थानीय राजपत्र

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.