Notice Park
Ministry of Finance
Press Release

नेपाल सरकार र जापान सरकार बिच अनुदान सम्झौता सम्पन्न

Files

Key details

Organization
Ministry of Finance
Industry
Ministry
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

alk नेपाल सरकार र जापान eels अनुदान सम्झौता सम्पन्न सरकार र जापान रक अनुदान सम्झौता सम्पन्न नेपाल सरकार र जापान सरकारबीच “The Project for the Improvement of Air Traffic Control Facilities at Tribhuvan International Airport” को लागि अनुदान सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि २ अर्ब ८५ करोड ३० लाख जापानी येन (करिब नेपाली रु.२ अर्ब ७३ करोड) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ। यस आयोजनाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर तथा प्रशासनिक एवं सुबिधा भवनहरुको निर्माण गरी हवाई ट्राफिक नियन्त्रण सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुच्याउने अपेक्षा गरिएको छ। उक्त आयोजना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ। अनुदान सहायतासँग सम्बन्धित Exchange of Notes मा अर्थ सचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गर्नुभयो। त्यस्तै, अनुदान सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि श्री मिजुकी मचुजाकीले हस्ताक्षर गर्नुभयो। समारोहको शुरुवात सह-सचिव अमृत लम्सालको मन्तव्यबाट भएको थियो। हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि श्री मिजुकी मचुजाकी, महामहिम राजदूत मायदा तोरु तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल-जापान सहकार्य अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण सेवामा थप सुधार ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले हवाई सुरक्षामा सुधार ल्याउने विश्वास लिइएको gl कार्यक्रममा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, जापानी दूतावास तथा जाइका नेपालका अधिकारीहरूको उपस्थिति रहेको थियो। मितिः २०८३ साल असोज २२ गते (अक्टोबर ०८, २०२६) अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं

Like

0

Views

1

Comments

0

Share

0

Save

Report