Notice Park
Ministry of Finance
Gen Info

आर्थिक समीक्षा बुलेटिन (साउन 2083) (वर्ष ८, अंक १)

आर्थिक समीक्षा बुलेटिन (साउन 2083) (वर्ष ८, अंक १) – document 1

Summary

० आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा नेपालका समग्र आर्थिक परिसूचक सकारात्मक दिशामा रहेका छन्‌। राजस्व परिचालनमा सुधार आई कर तथा गैरकर दुवैतर्फको सङ्कलन बढ्दा कुल राजस्व गत वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २२ करोड पुगेको छ। यस अवधिमा आन्तरिक क्रष्णको साँवा भुक्तानी कम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Finance
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आर्थिक नीति विश्लेषण महाशाखा ae तत हदरवार, काठमाडौ | www.mof.gov.np आर्थिक समीक्षा बुलेटिन Economic Review Bulletin साउन, २०८३ (Mid-July - Mid-August 2026) वर्ष ८, अंक १ नेपाल सरकार, अर्थ मन्त्रालय (आर्थिक नीति विश्लेषण तथा अनुसन्धान महाशाखा) सारांश ० आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा नेपालका समग्र आर्थिक परिसूचक सकारात्मक दिशामा रहेका छन्‌। राजस्व परिचालनमा सुधार आई कर तथा गैरकर दुवैतर्फको सङ्कलन बढ्दा कुल राजस्व गत वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २२ करोड पुगेको छ। यस अवधिमा आन्तरिक क्रष्णको साँवा भुक्तानी कम भएकोले वित्तीय व्यवस्थातर्फको खर्च २९.३ प्रतिशतले कमी आउँदा संघीय सरकारको कुल खर्च भने ९.५ प्रतिशतले घटेको छ। मुलुकको तिर्न बाँकी सार्वजनिक FET २०८३ असार मसान्तको तुलनामा सामान्य कमी Hs Het Meer उत्पादनको ४५.१ प्रतिशत बराबर रहेको छ। ० बाहा क्षेत्रमा वस्तु निर्यात र आयात दुवैमा उल्लेख्य वृद्धि भएको छ। कुल वस्तु निर्यात ६१.७ प्रतिशतले बढेर रु.३८ अर्ब ७० करोड पुगेको छ। आयात समेत ३१.० प्रतिशतले बढेकोले वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बिस्तार भई रु.१ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ। निर्यातमा भएको उच्च वृद्धिका कारण निर्यात-आयात अनुपात सुधारिएर २०.६ प्रतिशत पुगेको छ, जुन पछिल्लो पाँच वर्षकै उच्च हो। ० बार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति बढेको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०८२ साउनको १.६ प्रतिशतबाट बढेर ५.९६ प्रतिशत पुगेको छ। यस अवधिमा area तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.७७ प्रतिशत रहेको छ। यच्चपि, यो दर नेपाल राष्ट्र बैँकको सहनशील सीमाभित्रै रहेको छ। o मौद्रिक तथा वित्तीय क्षेत्रमा निक्षेप र कर्जा वार्षिक बिन्दुगत आधारमा क्रमशः १४.५ प्रतिशत र ७.० प्रतिशतले बिस्तार भएको छ भने ब्याजदर घट्दो क्रममा रहेको छ, तर बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा अनुपात भने ४.६२ प्रतिशतबाट ५.६६ प्रतिशतमा बढेको छ, जसमा निरन्तर निगरानी आवश्यक रहेको देखिन्छ। ० बाह्य क्षेत्रको स्थायित्व थप सुदृढ भएको छ। विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर रु.२ खर्ब १५ अर्ब पुग्दा चालु खाता र समग्र शोधनान्तर स्थिति दुबै बचतमा रहेका छन्‌। विदेशी विनिमय सञ्चिति रु.३९ खर्ब ४६ अर्ब पुगी २१.८ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको छ। नेपाली रुपैयाँ अमेरिकी डलरसँग सामान्य अधिमूल्यन भएको छ। ० समग्रमा, साउन २०८३ का आर्थिक परिसूचकले राजस्व, बाह्य क्षेत्र र बिप्रेषणमा सुदृढीकरण देखाए पनि व्यापार घाटाको विस्तार, मुद्रास्फीतिमा आएको वृद्धि र पूँजी बजारमा देखिएको सुस्तता जस्ता चुनौती कायमै रहेका छन्‌। आगामी महिनाहरूमा राजस्व परिचालन, पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन र मूल्य स्थायित्वमा निरन्तर ध्यान दिनु आवश्यक देखिन्छ। नेपाल सरकार, अर्थ मन्त्रालय (आर्थिक नीति विश्लेषण तथा अनुसन्धान महाशाखा) eee 'कोभिडपछिको सुस्ततासँगै नेपालको आर्थिक वृद्धि दिगो स्तरमा फकँदै १. साउन महिनाका मासिक आर्थिक सूचकहरूले केही उत्साहजनक सङ्केत दिएका छन्‌। राजस्व सङ्कलन, वस्तु निर्यात, विप्रेषण आप्रवाह र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा लगायतका परिसूचक सकारात्मक रहेका छन्‌। संघीय खर्च र पूँजी बजारमा भने केही सुस्तता देखिएको छ। मुद्रास्फीति दशकभरि औसत ५ प्रतिशतको हाराहारीमा रहे पनि साउन २०८३ मा यो केही बढेको छ, जसलाई आगामी महिनाहरूमा विशेष निगरानी गर्नु पर्ने देखिन्छ। राजस्व परिचालनमा सुधार, तर संघीय खर्च सङ्कचन संघीय खर्च २. आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा संघीय सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको कुल खर्च रु.४६ अर्ब ३० करोड ६१ लाखको तुलनामा ९.५ प्रतिशतले कम भई रु.४१ अर्ब ८८ करोड ५८ लाख रहेको Bl कुल खर्चमध्ये चालु खर्च ५१.१ प्रतिशत, पुँजीगत खर्च ३.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४५.७ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च क्रमशः ३९.९ प्रतिशत, १.६ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो। आन्तरिक क्रणको साँवा भुक्तानी कम भएकोले वित्तीय व्यवस्थातर्फको खर्च २९.३ प्रतिशतले घटेको छ भने चालु र पुँजीगत खर्च क्रमशः १५.८ प्रतिशत र ८२.९ प्रतिशतको उच्च दरले बढेका छन्‌। चालु आर्थिक वर्षको कुल विनियोजनको तुलनामा साउन महिनासम्म २.० प्रतिशत मात्र खर्च भएको छ। तालिका (क): पछिल्लो ५ वर्षको साउन महिनाको खर्चको स्थिति (रु. करोडमा) चालु खर्च ५६५.७२ १२१३.५० १२३५.२२ १०५४७.९८ २१४०.३८ पूँजीगत खर्च १४०५.४६ ५२.३१ THA ७२.६३ १३२.०५ बित्तीय व्यवस्था १५११.६९ २२०७.५१ १९२७.०६ २७१०.०० १९१५.३५ संघीय खर्च जम्मा २२२५.०५७ ३५०३.७० ४०२०.७६ ४६३०.६१ VIEGAS स्रोतः अर्थ मन्त्रालय/महालेखा नियन्त्रक कार्यालय, २०८३ । राजस्व सङ्कलन ३. चालु आर्थिक वर्षको साउन महिनामा राजस्व सङ्कलनमा सुधार आएको छ। संघीय सरकारको कुल राजस्व प्राप्ति गत आर्थिक वर्षको सोही अवधिको रु.८४ अर्ब ७८ करोड ८८ लाखको तुलनामा ८.८ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २२ करोड ५३ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उच्च दरले घटेको गैरकर राजस्व यस अवधिमा ८५.० प्रतिशतले बढेको छ भने कर राजस्व ५.२ प्रतिशतले बढेको छ। कुल राजस्वमा कर राजस्वको अंश ९२.४ प्रतिशत र गैरकरको अंश ७.६ प्रतिशत रहेको छ। अन्य प्राप्ति सहित कुल प्राप्ति रु.९३ अर्ब १९ करोड ६० लाख रहेको छ। नेपाल सरकार, अर्थ मन्त्रालय (आर्थिक नीति विश्लेषण तथा अनुसन्धान महाशाखा) चार्ट (क): पछिल्लो ५ आर्थिक वर्षको पहिलो महिनाको राजस्व सङ्कलनको प्रवृत्ति (रू. करोडमा) ९००० २५.० 5000 LLL 20.0 ७००० ला ५, १५.० ६००० त ५ ee 40.0 ५००० ति ५ ५.0 ४००० ति छ त 0,0 3000 हि ५ जौ -५.० २००० हि ॥ oy -40.0 १००० ) 4१४, -१५.० ० -२०.० २०७९/८० २०८०%०५१ २०८१/८२ २०८२/८३ २०८३%०४ बा कर बा गैरकर ००००" प्रतिशत परिवर्तन (दायाँ aa) स्रोतः अर्थ मन्त्रालय/महालेखा नियन्त्रक कार्यालय | ४. चालु आर्थिक वर्षको साउन महिनामा सङ्घलित कुल राजस्वमा मूल्य अभिवृद्धि कर, गैरकर राजस्व र शिक्षा सेवा शुल्कको हिस्सा बढेको छ भने भन्सार महशुल, अन्तःशुल्क र आयकरको हिस्सा घटेको छ। गत आर्थिक वर्षको साउन महिनामा गैरकर राजस्व उच्च दरले घटेका कारण कुल राजस्वमा गैरकरको हिस्सा न्यून रहेको थियो। ५. चालु आर्थिक वर्षको पहिलो महिनाको कुल राजस्वमा मूल्य अभिवृद्धि करको हिस्सा सबैभन्दा बढी ३४.३ प्रतिशत रहेको छ भने शिक्षा सेवा शुल्कको हिस्सा सबैभन्दा कम ०.६ प्रतिशत रहेको छ। चार्ट (ख): पछिल्लो २ आर्थिक वर्षको साउन महिनामा सङ्कलित राजस्वको संरचना गैर कर भन्सार गैर कर भन्सार ४५ r । 0 महशुल ७.६%_ महशुल शिक्षा सेवा १९.६% OS 15.0% शुल्क i | शिक्षा सेवा ०.५% po. se — अभिवृद्धि ०.६% छौँ मूल्य अभिवृद्धि evs क्र शुल्क प्र ३२.६% 14.8% : २००५२/०३ २०५८३/०४ स्रोतः अर्थ मन्त्रालय/महालेखा नियन्त्रक कार्यालय | नेपाल सरकार, अर्थ मन्त्रालय (आर्थिक नीति विश्लेषण तथा अनुसन्धान महाशाखा)

Like

0

Views

1

Comments

0

Share

0

Save

Report