प्रेस विज्ञप्ति।
Summary
कान्ति लोकपथ अन्तर्गत टिकाभैरव-लेले सडक खण्डमा मिति २०८३ असोज १२ गते गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भई स्थानीय नागरिक, यात्रु, व्यवसायी तथा यस क्षेत्रको समग्र जनजीवनमा गम्भीर असर परेको विषय सर्वविदितै छ। उक्त विपद्जन्य परिस्थितिलाई मध्यनजर गर्दै गोदावरी नगरपालिकाले स्थानीय व्यवसायीहरूसँग…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a0762a5f-37b0-40d3-828e-ac96853e3ba9.pdfPDF · 1 page · 365 KBOpen
Key details
- Organization
- Godawari Municipality Lalitpur
- Industry
- Local Government
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss) गोदावरी नगरपालिका हि Godawari Municipality Sata Aleta नगर atte ected Office of the Municipal Executive बज्रबाराही, ललितप्र/ Bajral बागमती प्रदेश, नेपाल/ Bagm ५०३५ प. सं/। 0. No. FLT नेपाल च. नं. Ref. No. मितिः२०८३/०७/१३ कान्ति लोकपथ अन्तर्गत टिकाभैरव-लेले सडक खण्डमा मिति २०८३ असोज १२ गते गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भई स्थानीय नागरिक, यात्रु, व्यवसायी तथा यस क्षेत्रको समग्र जनजीवनमा गम्भीर असर परेको विषय सर्वविदितै छ। उक्त विपद्जन्य परिस्थितिलाई मध्यनजर गर्दै गोदावरी नगरपालिकाले स्थानीय व्यवसायीहरूसँग आवश्यक समन्वय र सहकार्य गरी मिति २०८३ असोज १३ गतेदेखि नै पहिरो पन्छाउने कार्यको प्रारम्भ गरेको थियो तर, उक्त दिन विभिन्न निकायबाट उत्पन्न अवरोधका कारण सुरु गरिएको कार्यलाई निरन्तरता दिन सम्भव भएन तत्पश्चात् मिति २०८३ असोज १६ गतेदेखि पूर्वाधार विकास कार्यालय, ललितपुरले पहिरो पन्छाउने कार्यको जिम्मेवारी लिई काम अगाडि बढाएको थियो तथापि, ११ दिनसम्म निरन्तर प्रयास गर्दा समेत पहिरोको विशाल आकार र जटिल भौगोलिक अवस्थाका कारण सडक खुलाउन नसकिएपछि उक्त कार्यालयबाट नगरपालिकालाई पहिरो पन्छाउने कार्यमा सहजीकरण तथा आवश्यक पहल गरिदिन औपचारिक अनुरोध प्राप्त भएको थियो। यसै सन्दर्भमा, पत्र we मिति देखि काम शुरु गरिएको र दशैं बिदा समाप्त भएलगत्तै नगरपालिकाले स्थानीय व्यवसायीहरूसँग पुनः समन्वय र सहकार्य गरी व्यवसायीहरूका चारवटा स्काभेटर तथा १५ वटा टिपरहरु परिचालन गर्दै पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको थियो। विभिन्न प्राविधिक तथा व्यवस्थापकीय चुनौती र विभिन्न निकायबाट सिर्जित अवरोध एवम् सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणीका बाबजुद पनि नगरपालिकाको सक्रिय पहल, स्थानीय व्यवसायीहरूको महत्वपूर्ण सहयोग र निरन्तर प्रयासको परिणामस्वरूप आज मिति २०८३ कार्तिक १३ गते उक्त सडक खण्डको अवरुद्ध भागमा सवारी आवागमनका लागि सडक पूर्ण रुपमा खोलिएको जानकारी गराइन्छ। यस कार्यमा सहयोग पुन्याउनुहुने स्थानीय जनप्रतिनिधिहरु, स्थानीय व्यवसायी, स्काभेटर सञ्चालक, प्राविधिक तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सबैप्रति नगरपालिका हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। साथै, सार्वजनिक सडक तथा पूर्वाधारसँग सम्बन्धित विपद् व्यवस्थापन र पुनःस्थापनाका कार्यमा निकायगत समन्वय, सहकार्य र जिम्मेवारी बोध अपरिहार्य हुने तथ्य यस घटनाले पुनः उजागर गरेको छ। यस्ता संवेदनशील विषयमा अनावश्यक अवरोध भन्दा पनि आपसी समन्वय, सहजीकरण र साझा प्रतिबद्धता मार्फत विकास निर्माण, सेवा प्रवाह र सार्वजनिक हितलाई सर्वोपरि राख्न सम्बन्धित सबै निकायलाई नगरपालिका हार्दिक आग्रह गर्दछ। अन्त्यमा, सडक खोल्ने कार्य सम्पन्न भए पनि सडकको स्थायित्व, आवश्यक प्राविधिक परीक्षण तथा सुरक्षित आवागमन सहित सम्पूर्ण कार्यको व्यवस्थापन पूर्वाधार विकास कार्यालय ललितपुरबाट हुने व्यहोरा समेत जानकारी गराइन्छ । नागरिकको दुःख र समस्यालाई आफ्नै समस्या ठानी समाधानका लागि अग्रसर हुनु स्थानीय सरकारको दायित्व हो। कठिन परिस्थितिमा समेत स्थानीय स्रोत, साधन, सीप र सहकार्य परिचालन गरी सार्वजनिक समस्याको समाधान गर्न नगरपालिका सदैव प्रतिवद्ध रहेको व्यहोरा जानकारी गरिन्छ । %, eee नगर प्रमुख Email: [email protected], Ph. 01-5572592 “कृषि, पूर्वाधार, पर्यटकीय नगरी, स्वच्छ, समावेशी, समृद्ध गोदावरी”