वार्षिक प्रगति प्रतिवेदन
Summary
"मेलम्ची नगर सम्बृद्धिको आधार - कृषि, पर्यटन ,उद्योग र जलाधार " मेलम्ची नगरपालिका नगरपालिका वार्षिक प्रगति प्रतिवेदन, आ.व. 2052/0583 प्रकाशक मेलम्ची नगरपालिका मेलम्ची , सिन्धुपाल्चोक संरक्षक
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bcc43703-2849-419c-a510-dcd6fdc28829.pdfPDF · 277 pages · 25.0 MBOpen
Key details
- Organization
- Melamchi Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"मेलम्ची नगर सम्बृद्धिको आधार - कृषि, पर्यटन ,उद्योग र जलाधार " आ.व. २००%०८३ मेलम्ची नगरपालिका ७ ० सम्पर्क नम्बर । इमेल मेलम्ची ०११-४०११४१, ०११-४०११४२ | [email protected] नगरपालिका बागमती प्रदेश, नेपाल वेबसाइट www.melamchimun gov.np वार्षिक प्रगति प्रतिवेदन, आ.व. 2052/0583 प्रकाशक मेलम्ची नगरपालिका नगर कार्यपालिकाको कार्यालय मेलम्ची , सिन्धुपाल्चोक बागमती प्रदेश,नेपाल संरक्षक आइतमान तामाङ (नगर प्रमुख) उमा प्रधान (उपप्रमुख) सम्पादन तथा प्रकाशन समिति प्र.प्र.अ श्री अनुषा कोइराला - संयोजक प्रशासकीय अधिकृत श्री झपेन्द्रराज खरेल - सदस्य लेखा अधिकृत श्री मुरारी पुडासैनी - सदस्य लेखापाल श्री सुरेन्द्रराज खतिवडा -- सदस्य क.अ. श्री जयराम घोरासनी - सदस्य सहायक पाँचौं श्री राजेन्द्र दुलाल-सचिव सू.प्र.अ. श्री अर्पना श्रेष्ठ - सदस्य सदस्य प्रकाशन मिति वि.सं. २०८३ ,भाद्र २५ प्रकाशकीय...................... नेपालको संविधानको धारा ५७ मा भएको व्यवस्था बमोजिम राज्य शक्तिको बाँडफाँड संघ, प्रदेश र स्थानीय तहमा गरिएको छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लिखित एकल अधिकार सूची अन्तर्गत स्थानीय तहले गर्ने कार्यहरु र स्थानीय सरकार संचालन ऐन, २०७४ मा व्यवस्था गरिएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने क्रममा संघीय संरचना पश्चात निर्वाचित जनप्रतिनिधिहरुको पाँच वर्षिय कार्यकाल समाप्त भई दोश्चो कार्यकालको लागि जनप्रतिनिधिहरुको निर्वाचन सम्पन्न भएको चार वर्ष तीन महिना पूरा भएको छ । आ.व. २०८२/०८३ मा नगरपालिका तथा वडा कार्यालयहरुबाट सम्पादन गरिएका, कार्यान्वयनको चरणामा रहेका मुख्य र महत्वपूर्ण कार्यहरुलाई यस प्रकाशनमा समावेश गरिएको छ । यस प्रतिवेदनमा समावेश गरिएका सामग्रीहरुबाट सम्पूर्ण नगरवासी, सरोकारवाला पक्ष र आम नागरिकहरुमा समृद्ध नगर निर्माणका लागि जनप्रतिनिधिहरुले गरेका कार्यहरुको तथ्यगत र सही सूचना सम्प्रेषण हुने विश्वास लिइएको छ । नगरपालिका र अन्तर्गतका वडा कार्यालय, बिभिन्न शाखाहरुबाट सम्पादन भएका मुख्य कार्यहरुलाई प्रतिवेदनको रुपमा तयार गर्नको लागि सामग्री तथा सूचना एवं सहयोग प्रदान गरी आ-आफ्नो तर्फबाट महत्वपूर्ण योगदान पुग्याउँनुहुने मेलम्ची नगरपालिकाका नगर प्रमुखज्यू उपप्रमुखज्यू प्रमुख प्रशासकीय अधिकृतज्यू वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, शाखा प्रमुखहरु, वडा सचिवहरु र नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु प्रति कृतज्ञता व्यक्त गर्दछौं । चरणबद्ध रुपमा आएका महामारी, बाढी पहिरो जस्ता विपद्को दुखद क्षणमा समेत हामी सम्पूर्ण नगरवासीहरुको मायाँ, ममता र सहयोगबाट नै प्रतिवेदनको नवौं अंक प्रकाशन गर्न सफल भएका छौं ।यस कार्यमा सहयोग पुर्याउनुहुने सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौं । प्रतिवेदनमा समावेश गरिएका सूचना तथा तथ्याङ्कहरु नीति निर्माता, अध्ययनकर्ता र स्थानीय सरकारसंग सरोकार राख्ने सबै व्यक्ति तथा संघ संस्थाहरुलाई उपयोगी हुनेछ भन्ने पूर्ण विश्वास गरिएको छ । यस प्रतिवेदनलाई पाठक र सरोकारवालाहरुको सुझावको आधारमा अध्यावधिक गर्दै लगिने भएकोले सम्बद्ध सबै पक्षबाट रचनात्मक सुझावको अपेक्षा गर्दछौं । धन्यवाद |