करार कर्मचारीहरुको व्यवस्थापन सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा नेपाल सरकारका मन्त्रालय र मातहतका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पश्चात सेवा करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०८३/०६/२१ को निर्णयानुसार स्वीकृत भएको अनुसूची-१ बमोजिमको व्यवस्थाहरु कार्यान्वयन गर्न उक्त निर्णय तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4b4a14fc-ab05-4a9a-a823-579173417365.pdfPDF · 7 pages · 653 KBOpen
Key details
- Organization
- Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
- Industry
- Ministry
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार eS 8 भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय (आन्तरिक व्यवस्थान शाखा) पत्र संख्या.: २०८३/८४ च.नं. टु qv मितिः 2063/06/23 नेपाल सम्वत् ११४६ श्री मन्त्रालय/आयोग/सचिवालय/विभाग/कार्यालय (सबै) | fara: करार कर्मचारीहरुको व्यवस्थापन सम्बन्धमा। प्रस्तुत विषयमा नेपाल सरकारका मन्त्रालय र मातहतका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पश्चात सेवा करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०८३/०६/२१ को निर्णयानुसार स्वीकृत भएको अनुसूची-१ बमोजिमको व्यवस्थाहरु कार्यान्वयन गर्न उक्त निर्णय तथा अनुसूची-१ को छाँयाप्रति यसैसाथ संलग्न गरी पठाइएको बेहोरा आदेशानुसार अनुरोध छ। साथै, करार सम्झौता गर्दा प्रयोग हुने सम्झौताको ढाँचा यसैसाथ संलग्न गरिएको छ। टी (दिपेन्द्र पाण्डे) शाखा अधिकृत बोधार्थः श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं | श्री सूचना प्रविधि शाखाः- यस मन्त्रालयको वेवसाइटमा अपलोड गरिदिनुहुन | सिंहदरबार, काठमाडौं सेवा करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्ने सम्बन्धी व्यवस्थाहरु १. नेपाल सरकारको स्वीकृत दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीको हकमा देहायबमोजिम सेवा करार अन्त्य गर्नेः क. सम्बन्धित कर्मचारीको शुरु करार मिति, सेवा अवधि, सेवा अभिलेख तथा कार्यसम्पादनको अवस्था समेतलाई आधार मानी सेवा करारको निरन्तरतासम्बन्धी निर्णय गर्ने । ख. अन्ठाउन्न वर्ष उमेर पूरा भएका कर्मचारीको सेवा करार अन्त्य गर्ने । २. संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट दरबन्दी कटौती भई फाजिलमा पर्ने करारमा कार्यरत कर्मचारीको हकमा देहायबमोजिम सेवा अन्त्य गर्नेः क. नेपाल सरकारका बिभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको स्वीकृत दरबन्दीमा सेवा करारमा कार्यरत रही संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट दरवन्दी कटौती भई फाजिलमा पर्ने पाँच वर्षभन्दा वढी सेवा अवधि पूरा गरेका कर्मचारीको सेवा अन्त्य गर्दा एक पटकका लागि सम्वन्धित कर्मचारीले कार्य गरेको प्रत्येक वर्षका लागि निज कार्यरत रहेको पदको नेपाल सरकारबाट तोकिएको सुरु तलब स्केलको आधा महिनाको पारिश्रमिक वरावरको रकम उपलब्ध गराई सेवा अन्त्य गर्ने । ख. उपखण्ड (क) बमोजिम गणना भएको रकम सम्बन्धित कार्यालयवाट एकमुष्ट रूपमा उपलब्ध गराउने। कार्यालयमा विनियोजित बजेट अपुग हुने भएमा सम्बन्धित मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा माग गर्ने। ३. आगामी दिनमा स्वीकृत दरबन्दीमा सेवा करार गर्दा देहायका सेवा सर्तहरू करार सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नेः ३.१ पारिश्रमिक तथा सुविधा क. सम्बन्धित पदका लागि नेपाल सरकारले निर्धारण गरेको सुरु तलव स्केललाई आधार मानी मासिक पारिश्रमिक निर्धारण गर्ने । ख. महंगी भत्ता वापत मासिक रू. २,०००।- रकम मिति २०८३/४/१ देखि उपलब्ध गराउने । ग. कम्तीमा छ महिना सेवा करारमा कार्य गरेका कर्मचारीलाई सालबसाली रूपमा एक महिनाको पारिश्रमिक वराबरको रकम चाडपर्व खर्च उपलब्ध गराउने । घ. निजामती कर्मचारीसरह सालबसाली रूपमा एक पटक चैत्र महिनामा पोशाक भत्ता उपलब्ध गराउने ।