अधिवेशन-२१, सङ्क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -४५, २०८३-०५-२५
Summary
(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको dare बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा अपराह् १:२१ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7bd795bd-1d08-4102-a4e0-9d23372b444b.pdfPDF · 5 pages · 232 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा बैठक प्रारम्भ :१:२१ बजे एक्काइसौं अधिवेशन बैठक स्थगित :३:२९ बजे & बैठक-४५ सूचनापत्र-२ (बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) नेपाल सम्वतः- ११४६ २०८३ भदौ २५ गते बिहीबार सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको dare बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा अपराह् १:२१ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयोः माननीय सदस्य खम्म बहादुर खातीले बाजुराको बुढीगंगामा १५ शैयाको अस्पताल निर्माण गर्न भएको ढिलाई सम्बन्धी विषय उल्लेख गर्दै निर्माण कार्यलाई गति दिन स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउँदै निर्माण कार्य सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गर्नुभयो। माननीय सदस्य चन्द्र बहादुर के.सी.ले खाना पकाउने ग्याँसको कालोबजारी, जेन-जी सहिदको शालिक अनावरण गर्ने क्रममा ४५ जनाको अनुहार नमिलेको विषय तथा बाढी पहिरो प्रभावितका लागि वेली व्रिजको प्रबन्ध गरी आवतजावतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य जगत तिमिल्सिनाले मन्त्रीहरुले उद्योगी तथा निर्माण व्यवसायीलाई धम्काउने गरेका दृष्टान्त प्रस्तुत गर्दै संविधान र कानून बमोजिम कार्य गर्न सरकारको गम्भिर ध्यानाकर्ण गराउनुभयो | माननीय सदस्य धर्मेन्द्र पासवानले मधेश प्रदेशमा रौतहट लगायतका जिल्लामा सयौं अधुरा पुलहरु रहेकाले सरकारलाई यथाशिघ्र कार्य संचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य मीनासिंह रखालले भोटेकोशी बाढीबाट पीडित महिलालाई सामाजिक सञ्जालमा अश्लिल टिप्पणी गर्ने उपर कानूनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य रंजित कर्णले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेले मिथ्या सूचना तथा भ्रम छर्ने व्यक्ति पार्टीको साधारण सदस्य रहन नसक्ने भनि व्यक्त प्रतिबद्धता अनुरुप राष्ट्रिय सभामाथि गलत आरोप लगाउने कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई कहिले कारबाही हुन्छ? भनी प्रश्न गर्नुभयो। माननीय सदस्य रामकुमारी झाक्रीले सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभामा कानून निर्माणको अवस्थाबारे तथ्यसहित सार्वजनिक गरोस् र कानून मन्त्रीको अभिव्यक्ति बारे सभामा माफी माग्न रुलिङ गर्न सम्माननीय अध्यक्षलाई आग्रह गर्नुभयो | माननीय सदस्य रेखा कुमारी झाले भोटेकोशी बाढीमा प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थीपनलाई छिटो छरितो तुल्याउन तथा खाना पकाउने ग्याँसको सहज आपूर्ती सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य रोश्नी मेचेले मोरङ कारागारमा भएको हिंसात्मक झडप, दादागिरी र राजनीतिक संरक्षणको दीर्घकालिन समाधान हुनुपर्ने उल्लेख गर्दै गजेन्द्र नारायण सिंह अस्पताल अगाडी सडकमै प्रसुती भएको, १ टा धोबीखोलामा ग्याँस नपाएर आत्महत्याको प्रयास तथा माइतीघरमा नागरिकले आत्मदाहको प्रयास गरेका घटनामा सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य वासुदेव घिमिरेले नेपालमा वर्षेनी ७००० जनाले आत्मदाह गरिरहेकाले यसको न्यूनीकरणका लागि सरकारले गरेका काम कारबाहीको जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य सम्झना देवकोटाले जेन-जी आन्दोलनका नाममा तथा भोटेकोशी बाढीका कारण BL भौतिक तथा मानवीय क्षति भएको उल्लेख गर्दै यस्तो अब कहिल्यै नहोस् र सरकारलाई उत्तरादायी बन्न ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य सुनिल बहादुर थापाले कानून निर्माणमा राष्ट्रिय सभाको भूमिका सम्बन्धमा माननीय कानून मन्त्री साथै फरक प्रसंगमा उद्योग मन्त्री तथा पूर्वाधार विकास मन्त्रीका अभिव्यक्तिहरु रणनीति तथा दृष्टिकोणको अभावका उपज हुन् भन्ने जिकीर गर्नुभयो। माननीय सदस्य सोमनाथ पोर्तेलले माननीय गृहमन्त्रीले "हामीले राजनीति सिक्न आएका होइनौं, राजनीति सिकाउन आएका हौं" भन्ने अभिव्यक्तिको कटाक्ष गर्नुभयो। त्यसपछि, सम्माननीय अध्यक्षले विशेष समयमा बोल्नका लागि दलीय आधारमा देहाय बमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य सुनिल बहादुर थापाले भोटेकोशी बाढीप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा संलग्न सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा पूर्वसूचना प्रणालीको स्तरोन्नती, उत्थानशील पूर्वाधार निर्माण, sare क्षमता विकास, व्यवस्थित पुनर्निर्माण प्रणालीको सुनिश्चितता, प्रभावित नागरिकलाई सहायता लगायतका विषयको आवश्यकता उजागर गर्नुभयो | त्यसैगरी, विश्वसनीय तथ्याङ्क र प्रमाणसहित अन्तर्राष्ट्रिय जलवायू वित्त, Loss and Damage Fund, संयुक्त राष्ट्रसंघका मञ्च, कोप सम्मेलन लगायत संयन्त्रमा क्षतिपूर्तिका लागि आवाज उठाउन तथा राष्ट्रिय एकता कायम गर्दै महाविपत्तिको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य नर बहादुर विष्टले महाविपत्तिको समयमा समेत सरकार संवेदनशील बन्न नसकेको तथा राजनीतिक लाभ-हानीमा लागेको जिकिर गर्नुभयो। जेन-जी आन्दोलनका क्रममा भएको भौतिक संरचनाको क्षति, हाल भइरहेको खाना पकाउने ग्याँसको अभाव, अस्वभाविक मूल्य वृद्धिलगायत विषय उल्लेख गर्दै सरकारले स्पष्ट दृष्टिकोणसहित कार्य गर्न नसकेको र आफ्नो असक्षमता लुकाउन दोषारोपण गर्ने गरेको बताउनुभयो। त्यसैगरी, कर्णाली प्रदेशको हुम्ला जिल्लामा रहेको ५०० वाटको विद्युत गृह संचालनमा अवरुद्ध हुँदा नागरिक प्रभावित भएकाले यथाशिघ्र संचालनमा ल्याउन तथा प्रणालीगत सुधार एवम् विज्ञहरुको सरसल्लाहमा शासकीय गतिविधि संचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्यराम कुमारी झाक्रीले कार्वन उत्सर्जनमा न्यून भूमिका रहेपनि जलवायू परिवर्तन, विश्वव्यापी उष्णताका कारण नेपालले ठूलो विपत्तिको सामना गर्नुपरेको चर्चा गर्दै अन्तर्राष्ट्रिय समुदायको सहानुभूति नभएर सहयोग र ऐक्यवद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो। समयमा सूचना प्रवाह नभएको, जलविद्युत आयोजनाका सुरुङमा ढिलो गरी उद्धार भएको जस्ता विषयमा प्रश्न उठाउँदै सरकार सामाजिक सञ्जालमा सीमित भएको जिकिर गर्नुका साथै व्यवस्थित पुनर्निर्माण तथा पुनर्स्थापना हुनुपर्नेमा जोड दिनुभयो। जेन- जी आन्दोलन पश्चात सरकारविहीनताको अवस्था स्मरण गर्दै २०८२ भदौ २४ मा भएको विध्वंशको राजनीतिक जिम्मेवारी कोही-कसैले लिनुपर्ने लगायतका विषयमा धारणा राख्नुभयो। rn